नेपाल निर्यात परिषद्ले छैठौं दिवसको अवसरमा ठमेलमा प्रदर्शन आयोजना



काठमाडौं । नेपाल निर्यात परिषद्ले छैठौं दिवस अवसरमा ठमेलको नेपाली घर होटलमा प्रर्दशन आयोजना गरेको छ । परिषद्ले आजदेखि २२ गतेसम्म छैठौं दिवसको अवसरमा सीमित व्यवसायीको संलग्नतामा प्रदर्शन आयोजना गरेको हो ।

परिषद्ले नेपाली निकासी योग्य वस्तुहरूको प्रदर्शनीसहित छैठौं निर्यात दिवस आयोजना गरेको हो ।

परिषद्ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्वन केन्द्र र नेपाल हस्तकला महासंघको सहकार्यमा ‘निकासी व्यापारको सुधार, राष्ट्रिय अर्थतन्त्रको मुल आधार’ भन्ने नाराका साथ छैठौं निर्यात दिवस मनाइरहेका छन् ।

परिषद्ले दिवसको अवसरमा निकासीका सीमित वस्तुहरू प्रदर्शनमा राखेका छन् । उक्त प्रदर्शन पहिलोपटक शुरुवात गरेकाले वृहत् हुन नसकेको परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले जानकारी दिए ।

अध्यक्ष कार्कीले निकासीको तुलनामा आयात वृद्धि भएकोले व्यापारघाटा वृद्धि हुन गएको छ । उक्त आयात वृद्धिले दिगो आर्थिक विकाससहितको समृद्धि हासिल गर्न गुणास्तरीय एवम् प्रतिस्पर्धी उत्पादन र अन्तर्राष्ट्रिय बजारमा निर्यातमा उल्लेख्य वृद्धि गर्नुको विकल्प नरहेको बताए ।

उनकाअनुसार राष्ट्रको आर्थिक उन्नतिको लागि स्वदेशी उत्पादनहरूको उत्पादकत्व अभिवृद्धि गरी वस्तुहरूलाई प्रवद्र्वनको माध्यमबाट समग्र आर्थिक स्थितिलाई सबल बनाउन सके मात्र समृद्ध नेपाल सुखी नेपाली हुनेछ ।

परिषद्ले निर्यात दिवस मनाउनुको मुख्य उद्देश्य निर्यात व्यवसायिकबीचको समस्या र व्यवसायिक एकबद्धता देखाउने रहेको जनाएको छ ।

त्यस्तै, परिषद्ले आयातमुखी बजारलाई निर्यातमुखी बनाउने, सरोकारवालाहरूको ध्यानाकर्षण गर्ने, सम्बन्ध कायम गर्ने र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको कार्कीको भनाइ छ ।

साथै, कोभिडले निर्यात क्षेत्रमा पुर्याएको असर र समस्यालाई समाधान गर्नका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालीन रणनीतिहरू सम्बन्धमा उद्यामी व्यवसायीहरूका जनाकारी दिई निकासीमा अभिवृद्धितर्फ केन्द्रित गर्नेमा जोड दिएको कार्कीले बताए ।

त्यसैगरी, परिषद्ले निर्यात सम्बन्धी विभिन्न समस्या रहेको कार्कीले जिकिर गरे । निर्यात क्षेत्रमा चर्को हवाई भाडा, दक्ष जनशक्तिको कमी, तरलताको संकट, चर्को बैंक ब्याजदर, नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियात्मक झन्झट, बजार प्रवर्द्धनमा कमी, बजार विविधिकरणको कमीलगायत अन्य धेरै समस्याहरू रहेको जनाएको छ ।

परिषद््काअनु्सार निर्यात बढाउनका लागि सरकारले निर्यात व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । कार्कीले निर्यात बढाउनका लागि नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटको अन्य हुनुपर्ने बताए ।

त्यससँगै निर्यातयोग्य वस्तुको भन्सार प्रणालीमा सहज हुने अनलाइन् सिस्टम लागु गर्ने, कर मुक्तिको घोषणा गर्नुपर्ने, सहुलियत दरमा बैंकिङ ब्याज उपलब्ध दिनुपर्ने, निर्यात एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, निर्यात मूलक उद्योग व्यवसायका लागि कम्तीमा १० वर्षसम्म विभिन्न प्रकारका छ्टको सुविधा उपलब्ध गराउनुपर्ने परिषद्ले माग गरेको छ ।


क्लिकमान्डु