आफ्ना समर्थकलाई नेता नबन्न एलन मस्कको सुझाव



एजेन्सी । महत्वाकांक्षा र मेहनतको बलमा संसारका धनीहरुको शीर्ष स्थानमा पुगेका एलन मस्कले नेता बन्नबाट जोगिन आफ्ना समर्थक एवं प्रसंशकहरुलाई आग्रह गरेका छन् ।

नीति नै नभएका र अग्रगामी सोच भएका मानिसहरु पाउन मुस्किल रहेको तथा राजनीति गर्नेहरुको चिन्तन राम्रो नभएको भन्दै मस्कले नेताबाट जोगिन र नेता समेत नबन्न आग्रह गरेका छन् ।

उनले गरिरहेको काममा समेत अमेरिकी प्रशासनबाट सहयोग नपाएको विवरणहरु सार्वजनिक भइरहेको बेला मस्कले नेता नेतृत्वका लागि भएको तथा नीतिबाट निर्देशित हुनुपर्नेमा त्यसो नभएकाले त्यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनले हरेक मानिस सिर्जनशिल बन्नपर्नेमा जोड दिएका छन् । प्रकृतिले हरेक मानिसलाई एउटा न एउटा फरक क्षमता दिएर पठाएका हुन्छन्, सोही कारण पनि सिर्जनात्मक बन्ने प्रयास गर्नु सबैको कर्तव्य नै भएको उनको भनाइ छ ।

टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत रहेका मस्कले आर्टिफिसियल इन्टेलिजेन्ट अनुसन्धानकर्ता लेक्स प्रिडक्यानसँगको अन्तर्वार्तामा विद्यार्थीलाई विशेषगरी उपयुक्त पुस्तक पढ्ने बानी बसाल्न समेत सुझाव दिए ।

उनले भने ‘नेता बन्नबाट जोगिए आफू सबैलाई सहयोग गर्न सक्ने बताए । उनले सहयोग गर्ने क्षमताको विकास गर्न समेत आग्रह गरे ।

ठूलो काम गर्न चाहे युवालाई के सल्लाह दिनहुन्छ भनी सोधिएको प्रश्नको उत्तरमा मस्क भन्छन् ‘खासमा तपाईहरु उपयोगी बन्ने प्रयास गर्नुहोला ।

मस्कले युवा पुस्ताले मानव जाती र विश्वका लागि उपयोगी हुने खालका कामहरु गर्नुपर्नेमा जोड दिएको दि इकोनोमिक टाइम्सले प्रकाशित गरेको एक समाचार विवरणमा उल्लेख गरिएको छ ।

उनले अगाडि भनेका छन् ‘खासमा उपयोगी हुन धेरै नै गाह्रो छ । युवाले आफ्नो खपत भन्दा बढी योगदान गर्नु जरुरी छ ।’

दक्षिण अफ्रिकामा जन्मिएकै कारणले आफुले पनि धेरै दुःख गरेर आजको स्थानमा आइपुगेको भन्दै उनले उपयोगी हुने कामले नै संसारभरमा आफूलाई स्थापित गर्न सकिने सो कुराकानीका क्रममा बताए ।

जीवनका विभिन्न क्षेत्रहरु र विभिन्न उद्योगहरु र पेशा तथा सीप र क्षमता भएका मानिसहरुसँग कुरा गर्न सुझाउँदै उनले उपयोगी संगत र कामले मात्रै सफल बनाउन सकिने धारणा राखे ।

सन् २०१४ को एक अन्तरवार्तामा पनि मस्कले भनेका थिए कि प्रतिष्ठित विश्वविद्यालयबाट प्राप्त भएको औपचारिक शिक्षाको डिग्रीको सट्टा कर्मचारमिा असाधारण क्षमता होओस् भन्ने खोजेका थिए ।

उनले कलेजको डिग्री वा हाई स्कुलको पनि कुनै आवश्यकता नपर्ने भन्दै जर्मन अटोमोटिभ प्रकाशन अटो बिल्डसँग भनेका थिए कि आफ्नो संस्थाका आउने कर्मचारी कस्ता हुनुपर्छ भन्ने बारेमा बताउने प्रयास गरेका थिए ।

उनले आफ्ना प्राथकिताका क्षेत्रहरुका बारेमा समेत उल्लेख गरेका थिए । उनले यदि कसैले ठूलो र प्रतिष्ठित विश्वविद्यालयबाट स्नातक गरे भने त्यो एउटा संकेत मात्रै हुन सक्ने बताएका थिए ।

त्यसमा हुन सक्छ कि उनीहरु खासमा ठूला विषयहरुमा आफ्नो क्षमता देखाउन सक्षम होलान् त भन्ने जिज्ञासा भने बाँकी नै रहन्छ । उनी भन्छन् ‘तर यो आवश्इक छैन ।’

यदि तपाईंले बिल गेट्स वा ल्यारी एरिसन, स्टिभ जबजस्ता मानिसलाई हेर्नुभयो वा भेट्नुभयो भन्नुहोस् कि यो कसरी भयो ?

उनीहरुले भन्नेछन्, ‘इमान, मेहनत र प्रतिवद्धता । कलेजबाट स्नातक गरेन, तर यदि तपाईले उनीहरुलाई आफ्नो काममा लगाउनुभयो भने पक्कै पनि त्यो तपाईका लागि खास अर्थमा राम्रो हुनेछ । बहुयपयोगी हुनेछ ।’

उनले अगाडि सारेको स्पेसएक्स र स्टारलिंकका कारण संसारभर रहेका उनका प्रतिद्धन्द्धीले उनको आलोचना समेत गरिरहेका छन् । कनि त्यस्तो भयो होला त ? भन्ने जिज्ञासा पनि छ ।

जिज्ञासासँगै उत्तर पनि छ । त्यो हो, उनको अभियानले धेरैले चल्ती गाडीहरु रोकिनेवाला छन् । तिनको सबै साम्रज्यहरु एक निमेषमा नै ध्वस्त हुनेछन् । सोही कारण प्रतिस्पर्धीहरुले उनको आलोचना गरिरहेका छन् वा हुन्छन् ।


क्लिकमान्डु