डिजल कार उत्पादन बन्द गर्दै मारुती, ल्यायो नयाँ नारा ‘नो डिजल कार’



‘नो डिजल कार’ । विश्वविख्यात कार निर्माता कम्पनी मारुतीले अब यस्तै नारा दिने भएको छ । जलवायु परिवर्तनमा सबैभन्दा बढी भूमिका रहेको भनिएको डिजलको प्रयोगलाई कम गर्ने उद्देश्यका साथ मारुतीले अब नो डिजल कारको नारा दिएको छ ।

उसले पेट्रोल कार उत्पादनमा ध्यान दिने र विद्युतीय कार उत्पादनलाई जोड दिने नीति अख्तियार गरेको छ । यो खबर खास रहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सुजुकीको पक्षमा विभिन्न समाचार विवरण समेत सार्वजनिक गरेका छन् ।

मारुती किन यस्तो निर्णयमा पुग्यो होला त ? जिज्ञासा छ । लाग्न सक्छ, जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताको दबाबले काम गर्यो होला । खासमा भएकै त्यस्तै हो ।

इकोनोमिक्स टाइम्सको समाचार विवरणलाई आधार मान्ने हो भने अब केही नयाँ नगरीकन बजारमा टिकिरहन सकिदैन । त्यसका लागि पनि केही नयाँ काम गर्नैपर्छ । सुजुकीले अगाडि सारेको नो डिजल कारको नारा पनि त्यस्तै नयाँ मध्येको एक हो ।

एलन मस्कको टेस्ला विद्युतीय सवारीमा प्रख्यात छ । उसका हरेक सेगमेन्टमा के नयाँ दिने भन्नेमा नै केन्द्रित भएको छ ।

चिनियाँ कम्पनीहरुको बोलवाला पनि उस्तै छ । विद्युतीय सवारी साधन निर्माता कम्पनीले दिएको झट्काका कारण पनि अब विश्वविख्यात अन्य कम्पनीहरु विद्युतीय सवारीमा नगई नहुने अवस्था सिर्जना भएको छ ।

जापानी र भारतीय कम्पनीको साझेदारी व्यवसाय खासमा खास बन्दै अगाडि आएको छ । मारुती, सुजुकी इण्डियालाई मारुती उद्योगको नाममा पनि चिनिन्छ । यो खासमा जापानी मोटर गाडी ताथ मोटरसाइलक निर्माता कम्पनी हो ।

सन् १९८१ मा स्थापना भएको उद्योगमा झण्डै १५ हजार कर्मचारी कार्यरत छन् । कम्पनीले वार्षिक रुपमा ५० हजार बढी कार निर्यात गर्छभ ने हरेक वर्ष १० लाख भन्दा बढी कार भारतमा नै बिक्री गर्छ ।

भारतको हरियााणस्थित गुडगाँउ र मानेसरमा यसको उद्योग केन्द्रित गरिएको छ । गुडगाँउमा वार्षिक ९ लाख इकाइ र मानेसरमा गरी वार्षिक १४ लाख ५० हजार युनिट उत्पादन गर्न सक्छ ।

शुरुवाती रुपमा कम्पनीको १८.२५ प्रतिशत हिस्सेदारी भारत सरकारको स्वामित्वमा थियो । बाँकी हिस्सा भने जापानी कम्पनीको थियो । सन् २००३ मा आइपीओमार्फत् २५ प्रतिशत बराबरको सेयर बिक्री गरिएको थियो । सन् २००७ मा भारत सरकारले आफ्नो सबै हिस्सेदारी भारतीय वित्तीय संस्थाहरुलाई बिक्री गरेको थियो ।

कम्पनीले मारुती ८००, मारुती ओम्नी, जिप्सी किंग, स्वीफ्ट, ए स्टार, ईको, अल्टो के १० लगायतका सवारी साधन उत्पादन गर्छ । ठूलो सञ्जाल भएको तथा विश्वव्यापी रुपमै नाम कमाएको कम्पनी अब विद्युतीय दुनियाँमा फकृन तयार भएको छ । खासमा यसको पछाडि वातावरणसँग जोडिएका मुद्दा नै प्रमुख कारण भएको अटो क्षेत्रका जानकारहरुको भनाइ छ ।

सुजुकीका एक वरिष्ठ अधिकारीका अनुसार अब सबै डिजल सेगेमन्टहरु बन्द गरिनेछनु । उनका अनुसार सन् २०२३ सम्म उत्सर्जनको मापदण्ड अनुसार नै नयाँ चरण शुरु हुन लागेकाले डिजल बाहन उत्पादनलाई क्रमशः घटाइदै लगिनेछ ।

संसारभरनै इन्धनको मूल्यमा लगातार भइरहेको मूल्यवृद्धिका कारण पनि मानिसहरु हैरान भइरहेका छन् । उनीहरुले विकल्प खोजीरहेको बेला डिजल गाडी उत्पादन नै कटौती गर्ने विषय आफैमा अर्को महत्वाकांक्षा पनि लाग्न सक्छ ।

यस्तै, विद्युतीय सवारीको खोजी र बढी माइलेजको खोजीका बीचमा कही न कही अन्तरसम्बन्ध जोडिएका छन् ।

कार्बन डाइअक्साइडको उत्सर्जन तथा त्यसले पारेको प्रभाव न्यूनीकरणका लागि अब कोही न कोहीले प्रयास गर्नैपर्ने देखिएको छ । बढ्दो तापमानलाई कम गर्ने तथा १.५ डिग्री भन्दा बढी बढ्न नदिने विश्वव्यापी संकल्पको बीचमा सवारी साधन निर्माता कम्पनीले गर्ने निर्णय पनि अर्को महत्वपूर्ण सन्देश हुन सक्छ ।

मारुती इण्डियाका अनुसार उत्सर्जन मापदण्डको अर्को चरण कार्यान्वयनमा जाँदा डिजल गाडीको लागतमा उल्लेख्य वृद्धि हुन जान्छ । जसबाट बजारमा बिक्रीको मात्रा समेत घटन जान्छ ।

कम्पनीका चिफ टेक्निकल अफिसर सीवी रमनका अनुुसार अब मारुती डिजलको चक्करमा पर्ने छैन । उनले डिजलबाट चल्ने सबै प्रकारका सवारीको विषयमा अब प्रश्न अह्म बनेर गएको छ । ग्राहकको माग त होला नै, तर त्यसलाई पनि नजरअन्दाज गर्नुपर्ने अवस्था आएको छ । उनले कार्बनसँग जोडिएको विषयलाई नै त्यसमा जोड दिएका छन् ।

उद्योगको अनुमान अनुसार डिजल सवारीको हिस्सेदारी वर्तमानमा कूल यात्री बहानको बिक्रीमा १७ प्रशितले कमी आएको छ । त्यसमा सन् २०१३–१४ को तुलनामा भारी मात्रामा कमी आएको छ ।

कूल बिक्रीमा पनि डिजलको हिस्सेदारी ६० प्रतिशत रहेको थियो । त्यो क्रमशः ओरालो यात्रामा छ । सन् २०२० को अप्रिल १ देखि बीएस ६ उत्सर्जनको शुरुवात गरियो ।

सवारी साधन निर्माता कम्पनीले आफ्नो पोर्टफोलियोमा डिजल ट्रिम्स पूर्णरुपमा नै बन्द गरेका छनु । मारुतीले पनि कडा रुपमा बीएस भिआइ उत्सर्जन मापदण्डको शुरुवातीको साथमा आफनो पोर्टफोलियोबाट डिजल मोडलको बन्द गरेको छ ।


क्लिकमान्डु