१२ वर्षे बालकले घरमै बसेर कमाए ३ करोड ६० लाख, तर कसरी ?



१२ वर्षको बालकले कमाई गर्न सक्ला ? एकाध बालकले गर्न सक्छ । तर आम बालकले भने सो उमेरमा राम्रो अझ सोचेभन्दा बढी कमाई गर्न सक्दैन । सो उमेरका बालबालिका विद्यालय जाने, अध्ययन गर्ने मात्रै हुन्छ ।

एकाध बालक भने फरक क्षमताका हुन्छन् । उनीहरुले राम्रै आम्दानी समेत गर्न सक्छन् । विशेष क्षमताका कारण त्यस्ता केही बालक सानो उमेरमा नै विश्वप्रसिद्ध समेत हुन्छन् ।

त्यस्तै मध्येका एक हुन्–बेन्यामिन अहमद । उनले घरमै बसेर ३ करोड ६० लाख बराबरको आम्दानी गरेका छन् । उनको सिर्जनशिलतालाई लिएर यतिबेला संसारभर नै प्रशंसा भइरहेको छ ।

विद्यालयमा विदा भएको बेला १२ वर्षको बेन्यामिनले ‘वीयर्ड व्हेल्स’ नामक एक पिक्सलेटेड आर्ट बनाएका थिए । जसलाई बिक्री गरेर उनले ३ करोड ६० लाख बराबरको कमाई गरेका हुन् ।

बेन्यामिनले सो डिजिटल तस्बिर एनफटीमा बिक्री गरे । जहाँ उनको उक्त सिर्जनशिलताका लागि रकम भुक्तानी गरियो । एनएफटीको माध्यमबाट कुनै पनि कलाकृतिका लागि टोकन दिन सकिन्छ ।

त्यसका आधारमा एक डिजिटल सर्टिफिकेट बन्न जान्छ । त्यसबाट कलाकृतिको खरिद बिक्री गर्न सकिन्छ । यो आम रुपमा खरिद गरिने वास्तविक कलाकृतिको जस्तो त्यसमा उनको कुनै कपिराइट भने रहनेछैन ।

बेन्यामिनको उक्त कलाकृतिलाई क्रिप्टोकरेन्सीमा भुक्तानी गरिएको छ । यसको अर्थ अझ यो पनि हो किन उनको कलाकृतिको मूल्य अझै बढ्न पनि सक्छ ।

बेन्यामिनका साथ अध्ययन गर्ने उनका साथीहरुलाई हालसम्म पनि यो कुरा थाहा छैन कि उनीको साथी घरमा नै बसेर एकाएक तीन करोडभन्दा बढी रकम कसरी कमाए होला ।

जबकी, बेन्यामिनले आफनो सौखमा रुपमा रहेको वा मन पर्ने वा नपर्ने कयौ भिडियोलाई आफनो यूट्यूब च्यानमा शेयर गर्न सक्छन् । १२ वर्षका बेन्यामिन पौडी, ब्याडमिन्टन खेल्छन् भने तेक्वान्दोको पनि अभ्यास गरिरहेका छन् ।

उनी भन्छन् मेरा अरु कुनै साथी वा कम उमेरका बच्चाहरुले कोही कसैको दबाबमा परेर जरबजस्ती रुपमा आफै कोडिङ गर्नका लागि बाध्य नबनाइयोस् । तपार्इंको के क्षमता छ भन्ने कुरा तपाईंलाई नै थाहा हुन्छ । अरु कसैको दबाबमा परेर गरिने कामबाट केही पनि गर्न सकिदैन ।

बेन्यामिनका पीता एक सफ्टवेयर डेभलपर हुन् । उनले नै बेन्यामिन र उनका भाई यूसफलाई ५ देखि ६ वर्षको उमेरदेखि नै कोडिङ शुरु गर्नका लागि प्रोत्साहित गरेका थिए । इमरानका अनुसार यो कुरा कुरा सही हो कि बच्चालाई आफनो रुचिको विषयमा काम गर्नका लागि सल्लाह दिनुपर्छ र मद्दत पनि गर्नुपर्छ । त्यसबाट उसले केही गर्न सकोस् । यो नै गर्वको विषय हुन सक्छ ।

उनका अनुसार उनका दुई बच्चा हरेक दिन २० देखि ३० मिनेटसम्म कोडिङको अभ्यास गर्थे । विद्यालय छुट्टी भएको दिनमा उनीहरु त्यसमा लाग्थे । यस पटक उनले लोकप्रिय पिक्सेलयुक्त व्हेल मीमको प्रेरणा लिए । यस पटक उनले आफनो प्रोगाममा ३३५० प्रकारको इमोजी जस्तै व्हेल बनाए ।

इमरानाका अनुसार उनका बच्चाले कुनै पनि कपिराइट कानून उल्लंघन गरेका छैनन् । बेन्यामिनले उनले आफनो कामको अडिट गराउने र डिजाइनको टे«डमार्क दर्ता गराउने विषयमा समेत कुराकानी गरिरहेका छन् । बीबीसी हिन्दीबाट


क्लिकमान्डु