पेटिएमको साढे ३ अर्बको आइपिओमा विवाद, पूर्वलगानीकर्ताले दावी गरेपछि अदालतमा मुद्दा



एजेन्सी । भारतीय अनलाई भुक्तानी सञ्जाल पेटिएमको साधारण सेयर बिक्रीका खास अवरोध देखा परेको छ । नेपालको इसेवाजस्तै भारतमा प्रख्यात पेटिएमले साधारण सेयर (आइपिओ) बिक्रीको तयारी गरेको थियो ।

कम्पनीले ३ अर्ब ५२ करोड (२.२ अर्ब भारतीय रुपैयाँ) बराबरको आइपिओ बिक्रीको तयारी गरेको हो । तर, एक प्रकारको अड्चन खडा भएको छ । त्यसका पछाडि एक ब्रेकर कम्पनीका पूर्वसञ्चालक अशोककुमार सक्सेनाका कारण समस्या खडा भएको छ ।

उनले बजारको नियमानकारी निकाय सेवीमा आइपिओ रोक्नका लागि आवेदन दिएका थिए । उनको आरोप छ कि ‘म सो कम्पनीको सहसंस्थापक हो, तर मैले कहिल्यै कम्पनीको स्वामित्व पाइन ।’ उनले कम्पनीमा २७ हजार ५०० डलर बराबरको लगानी गरेको दावी गरेका छन् । त्यो भनेको भारतीय मुद्रामा २०.४२ लाख रुपैयाँ हो ।

रोयर्टसका अनुसार पेटिएममा अशोक कुमारले गरेको दावी पूर्णत गलत हो । दिल्लीको एक प्रहरी कार्यालयमा उनीविरुद्ध शोषणको मुद्दा दर्ता गरिएको छ । पेटिएमले गत जुलाईमा साधारण सेयर बिक्रीका लागि आवेदन दिएको थियो । सोही आरोपसहितको मुद्दाका कारण कम्पनीको आइपिओमा झट्का लागेको छ ।

अशोककुमारले सो आरोपको अस्वीकार गर्दै पेटिएमले नै शोषण गरेको दावी गरेका छन् । उनले भनेका छन् कि पेटिएमको स्थान उच्च छ, सोही कारण पनि उनको व्यत्तिःगत हैसियत सो बराबर छैन । सोही कारण शोषण भयो भन्ने कुरा मिल्दो छैन ।

रोयटर्सका अनुसार सक्सेनाले बजार नियामकलार्य सम्कर्प गरी आइपिओ रोक्न सकियोस । जबकी, यस मामिलामा सेवीले हालसम्म कुनै भनाई सार्वजनिक गरेको छ ।

सेयरहोल्डर रहेको एडभाइजरी फर्म इन गभर्ननका श्रीराम सुब्रमण्यमका अनुसार यही विवादका कारण सेवीले अनुसन्धानको आदेश दिन सक्छ वा आइपिओ निष्काशनमा थप केही समय लाग्न सक्छ ।

उनका अनुसार सेवीले यो सुनिश्चित पनि गर्न सक्छ सूचीकृत भएपछि त्यसको असर कम्पनीमा तथा उसका सेयरधनीमा पर्छ वा पर्दैन भनेर पनि हेर्न सक्छ ।

उक्त विवादकौ एक खास कारणको पछाडि एक पन्ने सम्झौता रहेको छ । जो अशोककुमार सक्सेना र पेटिएमका अर्बपति प्रमुख कार्यकारी अधिकृत विजयशेखर शर्माकाबीचमा भएको छ ।

सो सम्झौता सन् २००१ मा भएको थियो । सोही अनुसार सक्सेनाको प्यारेन्ट कम्पनी वान ९७ कम्युनिकेशनमा ५५ प्रतिशत स्वामित्व मिल्नेछ । त्यसमा बाँकी रहने ४५ प्रतिशत स्वामित्व शर्माको हुनेछ । जबकी यस मामिलामा पेटिएमले केही भन्न चाहेको छैन ।

यसबारेमा दिल्ली पुलिसले भनको छ कि यो केवल एउटा आशयपत्र मात्रै हो । त्यसमा कुनै सम्झौता भउको थिएन । पेटिएमले सम्झौता भनिएको मागजात समेत दिल्ली पुलिसलाई देखाएको छ । पेटिएमले भनेको छ यो सम्झौतापत्र पनि होइन र उनी कम्पनीको को फाउण्डर समेत होइनन् ।

सरकारसँग रहेको पेटिएमको शुरुवाती कागजातमा भने अशोककुमार स्क्सेना २०० देखि २००४ सम्म कम्पनीको सञ्चालक रहेका थिए । पुलिसले दिएको जवाफमा समेत पेटिएमको उक्त जानकारीको बारेमा सहमति जनाएको छ । कम्पनीको मूल कम्पनीमा उनी पहिले सञ्चालक थिए । पछि उनको विस्तारै कम्पनीप्रति मोह भंग भएको देखिन्छ ।

पेटिएमको दावी यो छ कि २००३ देखि २००४ मा उनले कम्पनीको सेयर ट्रान्सफर गरेका थिए । त्यसमा सक्सेनाले निजी सहमतिसमेत जनाएका थिए । जबकी सक्सेनाले आफूले कम्पनीको सेयर कहिल्यै नपाएको र कहिल्यै सहमति समेत नजनाएको दावी गरेका छन ।

त्यसो भए यति लामो समयसम्म उनी चुप बसे भन्ने बारेमा पनि प्रश्न उठेको छ । उनको परिवारमा कुनै समस्या थियो वा उनले कुनै कागजात हराए भन्ने बारेमा समेत प्रश्न रहँदै आएको छ ।

सक्सेनाले गत वर्ष मात्रै आफूले कम्पनीको कागजात पाएको दावी गरेका छन् । उनले भनेका छन्– सेयर वा पैसा एउटा कुरा हो । त्यो मध्ये म केही चाहन्छु । किनकी, म कम्पनीको को फाउण्डरको रुपमा पहिचान स्थापित होस् भन्ने चाहन्छु । यो आउने पुस्ताका लागि समेत एक सवाल हो ।

यो विवाद अब दिल्लीको अदालतमा पुगेको छ । यो मामिलाको सुनुवाई अब २३ अगस्टमा हुने बताइएको छ ।


क्लिकमान्डु