आईएमएफ भन्छ- भौतिक पूर्वाधारमा गरिने लगानी नै अर्थतन्त्र निर्माणको आधार



काठमाडौं । कोरोनाका कारण संकटमा परेको अर्थतन्त्रको पुनरुत्थानका लागि भौतिक निर्माणका कामलाई बढावा दिनुपर्नेमा जोड दिइएको छ ।

भौतिक पूर्वाधारको निर्माण नै आर्थिक समृद्धिको आधार हो भन्ने तथ्य आमरुपमा स्थापित भएको छ । आर्थिक गतिविधिलाई प्राथमिकता दिएर मात्रै यसको सुधार तथा पुनरुत्थान गर्न सकिने सम्भवना पनि उत्तिकै रहेको छ ।

यस्तै, रोजगारीको सिर्जना गर्नुपनि अर्को अहम् विषय बन्न पुगेको छ । आइएमफले गरेको एक अध्ययनअनुसार भौतिक पूर्वाधारको क्षेत्रमा सरकारले जे जति मात्रामा लगानी बढाउन सक्छ, सोही आधारमा मात्रै रोजगारीको सिर्जना हुनसक्छ र आर्थिक विकासको काम अगाडि बढ्न सक्छ ।

त्यसमा विशेष गरी विद्युत्, सडक, विद्यालय, अस्पताल र खानेपानी एवम् सरसफाईको काम प्रमुख रुपमा रहन सक्छ । पछिल्लो १९ वर्षमा कूल ५ हजार ६०० निर्माण कम्पनीले काम गरिरहेका छन् ।

लगानीको आधारमा नै रोजगारी समेत वृद्धि हुने भएकाले आएफएफले त्यसैमा लगानी बढाउन समेत सुझाव दिएको छ । कामदारको सहज उपलब्धताले पनि कामको वातावरण बढाउने र रोजगारीको मात्रामा वृद्धि गर्ने अवस्था रहेको छ ।

उत्थानको प्रक्रियामा रहेको अर्थतन्त्र भएका देशमा त झनै लगानीको बिस्तार जरुरी रहेको छ । खानेपानी तथा सरसफाईको क्षेत्रमा मात्रै थप १ मिलियन डलर बराबरको थप लगानी गर्दा सामान्य हिसाबले पनि ३५ वटा रोजगारीको अवसर सिर्जना हुन सक्छ ।

कम तथा मध्यम आय भएका देशका जति बढी लगानी त्यति धेरै रोजगारी सिर्जना हुनसक्छ । कम आय भएका देशमा भने मध्यम आय भएका देशको तुलनामा कम लगानीबाट पनि धेरै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । यस्तै, दक्ष जनशक्तिको विकास र खोजीका लागि गरिने लगानीले पनि थप रोजगारीको अवसर सिर्जना हुन सक्छ ।

आइएमएफका अनुसार पूर्वाधार क्षेत्रमा गरिने लगानी मात्रै त्यस्तो लगानी हो, जसले ठूलो मात्रामा रोजगारी र अर्थतन्त्र निर्माणमा सहयोग पुग्न सक्छ ।

विश्वव्यापाी रुपमा पनि यही मान्यता विकास भएको देखिन्छ । प्रत्यक्ष रुपमा बेरोजगारीको अन्त्यका लागि पनि यो उपाय एउटा समाधानको स्रोत हुन सक्छ । कोरोनाले खोसेको रोजगारीको थप अवसरका लागि पनि ठूलो मात्रामा भौतिक पूर्वाधारका क्षेत्रमा नै लगानी विस्तार गर्न आइएमएफले सुझाएको छ ।


क्लिकमान्डु