पैसासँग जोडिएका ५ कुरामा सधै ध्यान दिऔं, कहिल्यै हुँदैन वित्तीय संकट



एजेन्सी । मानिसलाई पैसा जति भए पनि पुग्दैन । किनकी, धन र सम्पत्ति भन्ने नै अपार विषय हो ।

पछिल्ला दिनमा त कोरोना भाइरसका कारण मानिसको आर्थिक संकट चुलिदै गएको छ । संकटले अनेकन समस्या समेत खडा गरेको छ ।

समस्याबाट बाहिर निस्कन समेत अनेकन प्रयास गर्नुपर्ने अवस्था आएको छ । आर्थिक संकट यस्तो खालको संकट हो, जुन विषय आफैमा असाध्यै कठिन हुन जान्छ । यसबाट निस्कनका लागि समयमै केही पहल गर्नुपर्छ ।

कोरोना भाइरसको महामारीले आर्थिक योजनालाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने विषयमा आम मानिसलाई सोच्न बाध्य बनाइदिएको छ ।

यस क्रममा हामी बचत तथा खर्चको बारेमा पनि खास गरी सोच्नुपर्ने आवश्यकता महसुस गराइदिएको छ ।

यसक्रममा आम मानिसले नगदको संकट समेत व्योहोर्नु परेको छ । जुन मानिसले हरेक महिना ऋणको किस्ता तिर्नुपरेको छ, उसलाई झनै समस्या पारिदिएको छ ।

यस्तो समस्याको समाधानका लागि केही सामान्य लाग्ने सुझाव पनि समयक्रममा काम लाग्न सक्छ । त्यसका लागि तपाईको सामान्य बानीमा भने सुधार गर्नु जरुरी हुन्छ नै ।

त्यस्ता केही ५ कुरा यस आलेखमा बताउन खोजिएको छ, जसले तपाईको आर्थिक संकटको समाधानका लागि सहयोगी बन्न सक्छ भने तपाईको वित्तीय स्थितीलाई मजबूत बनाउनका लागि समेत सहयोग पुग्छ नै ।

आपतकालीन कोष बनाउनुस्
कोरोना भाइरसको दोस्रो लहरका कारण मृत्युदरमा उल्लेख्य मात्रामा वृद्धि भयो । यस्तो समस्यामा परेर जुनसुकै उमेर समूहका मानिसले समेत ज्यान गुमाउनु पर्यो ।

यस्तो बेलामा आपतकालीन कोष बनाउनुपर्ने रहेछ भनेर आम मानिसको मनमा कुरा खेलेको पक्कै छ ।

त्यस्तो कोषबाट आपतकालमा खर्च गर्न सकियोस । त्यस्तो कोषको पैसा खर्च गर्नका लागि तपाईले आफना परिवारका सदस्यलाई नोमिनीका रुपमा समेत राख्नुपर्छ । त्यसो हुँदा समस्या परेको बेला सहजै त्यस्तो कोषको पेसा चलाउन पाइयोस ।

बढी उधारो नलिनुस्
तलबमा कटौती भएको वा व्यवसायमा समेत प्रतिबन्ध लागेको यस समयमा मानिसले आफनो इएमआई चुक्ता गर्नका लागि संघर्ष गरिरहेका छन् । जसमा यस्तो सम्पत्ति खरिद गर्नका लागि ऋण लिइएको छ ।

तर, कुनै पनि प्रकारको आय भने भएको छैन । जुन मानि आफनो भविष्यको आयको बारेमा खास धारणा बनाएर काम गरेको हुन्छ । यस्ता विपदले थप जटिलता पैदा गरेको छ । भविष्य राम्रो हुन्छ भन्ने धारणाका साथ उधारोमा कुनै पनि सामान लिइएको छ भने त्यसले हैरानी खेप्नुपर्ने बनाइदिन्छ नै ।

त्यसकारण कम मात्रामा उधारो लिनुस । किनकी आयको तुलनामा खर्चको मात्रा बढ्दा तपाईलाई उधारो तिर्न थप समस्या हुन सक्छ । अपेक्षा अनुसार आम्दानी नहुँदा खर्च मात्रै गर्नुपर्यो भने त्यसले समस्या खडा गर्न सक्छ ।

जानकारहरुका अनुसार ऋण तपाईंको मौजुदा आय, खर्च तथा बचतको आधारमा लिनुपर्छ । एक नियम अनुसार इएमआईको राशी तपाईंको वर्तमान आयको ५० प्रतिशतभन्दा बढी हुनु हुँदैन ।

केवल ऋणका लागि मात्रै ऋण नलिनुस् । त्यसका लागि तपाईंसँग उपलब्ध स्रोतको हिसाब गर्नुु् । यदि तपाईं आफनो इएमआई आयको तुलनामा धेरै भयो भने पनि त्यसले समस्या नै पार्छ । तपाईको महत्वपूर्ण वित्तीय लक्ष्यलाई पनि ध्यान दिनुपर्छ ।

ठूलो ऋणलाई अलग योजनाका साथ कभर गर्नुस्
यदि तपाईंले होम लोन वा ठूलो मात्रामा व्यक्तिगत ऋण लिनु भएको छ ? छ भने त्यस्तो बेलामा पनि ध्यान दिनुस् । त्यस्तो ऋण लिँदा टर्म कभर हुने गरी गर्नुस् । ताकि तपाईंको यदि कुनै कारणले असमायिक निधन भयो भने त्यसको बोझ परिवारले व्योहोर्नु नपरोस् ।

महामारीको समयमा कमाउने मानिसको मृत्यु पनि हुन सक्छ । त्यस्तो अवस्थामा तपाईंलाई बीमाले पनि सहयोग गर्न गाह्रो हुन्छ । त्यसकारण ध्यान दिएर मात्रै ऋण लिने काम गर्नुस् । आर्थिक स्रोत बलियो भएको खण्डमा तपाईलाई समस्या नआउनसक्छ । आर्थिक स्रोत बसलयो नहुँदा ऋणकै कारणले पनि थप समस्या खडा गर्न सक्छ ।

बचतको केही हिस्सा नगदै राख्नुस्
जानकारहरुले बचतको केही हिस्सा नगद नै राख्न सल्लाह दिन्छन् । महामारीको समयमा कयौ धनीमानी मानिस समेत नगदको जोहो गर्न ठूलै संघर्ष गर्नुपरेको देखिन्छ ।

किनकी अधिकांश सम्पत्ति रियल स्टिेट, बीमा पोलिसी तथा अन्य उपकरण खरिदमा खर्च भएको हुन्छ ।

जबकी गैर नगदी सम्पत्तिमा पैसा राख्नु गलत त होइन, तर तपाईको बचतको एक हिस्सा भने तरल सम्पत्ति हुनु जरुरी हुन्छ । तपाईंलाई चाहिएको बेला प्रयोग गर्न मिल्ने गरी नगद नै हुनुपर्दछ । नगद राख्नु पर्दैन भन्ने मान्यताबाट बाहिर निस्केर नगद पनि चाहिन्छ भन्ने सोच बनाउनु जरुरी हुन्छ ।

स्वास्थ्य उपचारका लागि अलग्गै पैसा
महामारीको दोस्रो लहरका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या हजारौ रहेको थियो । त्यसमा अनेकन प्रकारको औषधी तथा पिपिई किट तथा अन्य स्वच्छता उपकरणको लागत समेत जोडिएको थियो । अधिकांश स्वास्थ्य बीमा कम्पनीले समेत बीमा दावी अस्वीकार गरेका थिए ।

आपतकालमा स्वास्थ्य उपचारका लागि अत्यावश्यक खर्च राख्नु जरुरी हुन्छ । स्वास्थ्य उपचारका लागि हरेक मानिसले पैसाको जोहो गर्दा त्यसले तपाईंलाई सहयोग नै गर्छ ।


क्लिकमान्डु