डेढ सय होटल तथा रेस्टुराँले पाए २१ अर्बबढी पुनरकर्जा, कुन होटललाई कति (सूचीसहित)



काठमाडौं । सरकारी ब्याजअनुदानमा १ सय ४९ वटा होटल, रेस्टुराँ तथा रिसोर्टले पुनरकर्जा सुविधा उपयोग गरेका छन् । चालु आर्थिक वर्षको असार १५ गतेसम्म यी होटल, रेस्टुराँ तथा रिसोर्टले २१ अर्ब ३ करोड ७५ लाख रुपैयाँ पुनरकर्जा सुविधा लिएका हुन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो अवधिमा कुल १ खर्ब १ खर्ब ४८अर्ब १३ करोड रुपैयाँ पुनरकर्जा राष्ट्र बैंकले ग्राहक ऋणी मूल्यांकनका आधारमा र विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत् एकमुष्ट रुपमा प्रवाह भएको छ । जसमध्ये एकमुष्ट पुनरकर्जा ९२ अर्ब ३५ करोड रुपैयाँ, ग्राहक मूल्यांकनका आधारमा ४५ अर्ब ८४ करोड रुपैयाँ र लघुवित्त संस्थामार्फत् १० अर्ब २३ करोड रुपैयाँ पुनर कर्जा प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

पुनरकर्जाको वितरण र ब्याजदर
ऋणीले दिएको आवेदनका आधारमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा एकमुष्ट पुनरकर्जा माग गर्छ । जुलाई मागको आधारमा ग्राहक मूल्यांकन गरी बैंक तथा वित्तीय संस्थाले नै कर्जा प्रवाह गर्छन् ।

तर ग्राहक मुल्यांकनमा भने बैंक तथा वित्तीय संस्थाले ऋणीले दिएको पुनरकर्जाको आवेदनलाई राष्ट्र बैंकमा नै बुझाउँछन् । सोही अनुसार ग्राहक मूल्यांकन गरी राष्ट्र बैंक स्वयमले नै पुनरकर्जा सुविधा ऋणीलाई दिन्छ ।

राष्ट्र बैंकले कोभिड प्रभावित क्षेत्रलाई वर्गीकरण गरी सोहीअनुसार पाउने प्रवधान गरेको छ । कोभिड प्रभावित क्षेत्रलाई अति, मध्यम र न्यून गरी वर्गीकरण गरिएको छ । अति प्रभावित क्षेत्रलाई विषेश पुनरकर्जा र मध्यम र न्यून प्रभावितलाई साधारण पुनरकर्जा प्रवाह गरिन्छ भने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा राष्ट्र बैंक वा बैंकहरुले मूल्यांकनको आधारमा प्रवाह गर्छ ।

बिषेश पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई १ प्रतिशतमा र बैंकहरुले ऋणीलाई ३ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्छन् ।

साधारण पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई ३ प्रतिशत ब्याजदरमा र बैंकहरुले ऋणीलाई ५ प्रतिशतमा र लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई २ प्रतिशतमा र बैंकहरुले ऋणीलाई ५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्छन् ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने एकमुष्ट एकमुष्ट पुनरकर्जाको ऋणीका साथै क्षेत्रगत विवरण राष्ट्र बैंकमा पठाउन पदैन । बैंकहरुले पठाएको ग्राहक ऋणी मुल्याकनको विवरणमात्र राष्ट्र बैंकमा हुन्छ ।

कुल होटल, रेस्टुराँ तथा रिसोर्टले कति पुनरकर्जा पाए ?
राष्ट्र बैंकले वर्गिकरण गरेको कोभिड प्रभावित क्षेत्रमा पर्यटन क्षेत्र अति प्रभावित क्षेत्रमा परेको थियो । सोही पर्यटन क्षेत्रका १ सय ४९ वटा होटल, रेस्टुराँ तथा रिसोर्टले ग्राहक ऋणी मूल्यांकनको आधारमा ६ महिनाका लागि ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा पाएका हुन् । राष्ट्र बैंकले यस्तो पुनरकर्जा पुनः १ पटकका लागि ६ महिना थप गरी नवीकरण गर्न पाउने व्यवस्था गरेको छ ।

पुनरकर्जा सुविधा अति प्रभावित क्षेत्रका ऋणी बिषेश पुनरकर्जा पाउने प्रावधान राष्ट्र बैंकले गरेको छ । जसअनुसार पर्यटन क्षेत्रका होटल व्यवसायीले चालु आवको असार १५ गतेसम्म २१ अर्ब बढी बिषेश पुनरकर्जा उपयोग गरेका हुन् ।

पुनरकर्जा उपयोग गर्ने होटल, रेस्टुराँ तथा रिसोर्टमध्ये ४४ वटाले २० करोड रुपैयाँ, ४५ वटाले १० करोड रुपैयाँदेखि २० करोड रुपैयाँसम्म र ४४ वटाले ५ करोड रुपैयाँदेखि १० करोड रुपैयाँसम्म र १६ वटाले ५ करोड रुपैयाँभन्दा थोरै पुनरकर्जा लिएका छन् ।

होटल, रेस्टुराँ तथा रिसोटलाई कुन बैंकबाट कति पुनरकर्जा ?
चालु आवको असार १५ गतेसम्म २२ वटा बैंक तथा वित्त कम्पनीमार्फत् आएका होटल, रेस्टुरेन्ट तथा रिसोर्टलाई ग्राहकऋणी मूल्यांकनको आधारमा पुनरकर्जा प्रवाह भएको छ ।
होटल, रेस्टुराँ तथा रिसोर्टलाई पुनरकर्जा प्रवाह गर्नेमा १८ वटा वाणिज्य बैंक, ३ वटा विकास बैंक र १ वटा फाइनान्स कम्पनी छन् ।

जसमध्ये सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकमार्फत् पुनरकर्जा प्रवाह भएको छ । तर, होटल, रेस्टुरेन्ट तथा रिसोर्टको संख्याको आधारमा भने सबैभन्दा धेरै बैंक अफ काठमाण्डूमार्फत् ग्राहक ऋणी मूल्यांकल आधारमा पुनरकर्जा प्रवाह भएको छ ।

चालु आवको असार १५ गतेसम्म ग्लोबल आइएमई बैंकले १३ वटा होटल, रेस्टुराँ तथा रिसोर्टलाई २ अर्ब २५ करोड ८० लाख रुपैयाँ पुनरकर्जा प्रवाह गरेको छ । भने, सो अवधिमा बैंक अफ काठमाडौंले १६ वटा होटल, रेस्टुराँ तथा रिसोर्टलाई २ अर्ब २ करोड ८६ लाख रुपैयाँ ग्राहकऋणी मूल्यांकनको आधारमा पुनरकर्जा प्रवाह गरेको हो ।


क्लिकमान्डु