सिरमका प्रमुख पूनावालाले भने- खोप उत्पादन बढाउन थप ३ हजार करोड चाहिन्छ



एजेन्सी । कोरोनाको दोस्रो लहरले भारत आक्रान्त छ । जनजीवन यति प्रभावित छ कि, हरेक दुई मिनेटमा एक जनाको ज्यान गइरहेको छ ।

अक्सिजनको अभाव उत्तिकै रहेको छ । सरकार करिब करिब नकाम सिद्ध भएको छ । अदालतको सक्रियता उत्तिकै बढेको छ ।

राजनीतिक नेतृत्व करिब करिब असफल भएको छ । जानकारहरुका अनुसार भारत सरकारले अगाडि सारेको खोप अभियान समेत निष्प्रभावी बनेको छ । किनकी भारतमा खोप निर्माण गरिरहेको सिरम इन्स्टिच्यूटमा आगलागी भएका कारण खोप उत्पादनमा समस्या भएको जनाएको छ ।

काभिसिल्ड नाम दिइएको सो खोप १२ देखि १६ हप्ताको बीचमा लगाउनुपर्ने बताइदै आएको छ ।

सरकारी प्यानलले खोप लगाउने समयसीमा समेत तोकेको छ । तर, खोप पाइने हो वा होइन भन्ने बारेमा आम मानिस विश्वस्त छैनन् ।

सिरम इन्स्च्यिूटका प्रमुख कार्यकारी अधिकृत अधर पूनावालाले खोप उत्पादनमा देखिएको समस्या क्रमशः हटाउँदै उत्पादन बढाउने दावी गरेका छन् । भारत संसारभर नै खोप उत्पादनमा अग्रणी रहेको दावी गरिरहँदा कोरोना कालमा उनीहरुको हैसियत पनि सतहमा देखिएको छ ।

सरकारको राष्ट्रिय खोप अभियानको सल्लाहकार समूहले कोभिसिल्ड खोपको दुई डोजको समय अन्तर १२ देखि १६ हप्ता हुनुपर्ने गरी सिफारिश गरेको छ ।

भारतमा खास गरी सिरम इन्स्च्यिूटको कोभिसिल्ड तथा भारत बायोटेकको कोभ्याक्सिन नामक कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको छ । यी दुई खोपको दुई दुई डोज दिनुपर्नेछ । कयौं राज्यमा खोपको मात्रा नै पुगेको छ । खोपको तेस्रो चरणमा खोप अभियान हालसम्म शुरु हुन सकेको छैन ।

भारत सरकारले राष्ट्रिय खोप अभियानको सल्लाहकार समूहले खोपको उपलब्धताको अवस्थालाई ख्याल गर्न भनेको छ । खोपको समयतालिका सार्वजनिक भइरहेको बेला कोभिसिल्डको उत्पादनमा नै संघर्ष गरिरहेको छ । खोप उत्पादनकर्ता कम्पनी सिरम इन्स्च्यिूटलाई भने चर्को दबाव परेको छ । माग अनुसार खोप उत्पादन हुन सकेको छैन । कारण उसले आफनो कारखानामा आगो लाग्नुलाई खास कारण बताइरहेको छ ।

यसरी खोपको समयसीमा बढाइएको यो तेस्रो पटक हो । जब कोभिसिल्डको पहिलो र दोस्रोबीचको अन्तर बढाइएको छ । मार्चमा केन्द्र सरकारले राज्य सरकारहरुलाई भनेको थियो कि राम्रो परिणामका लागि २८ दिनको समयसीमा बढाएर ६ देखि ८ हप्ताको समय ठीक हुने बताएको थियो ।

यस्तै, महत्वपूर्ण विषय यो थियो कि गर्भवती महिलाका लागि खोपको प्रयोगका विषयमा पनि त्यस्तै दुविधा देखिएको थियो । जानकारी अनुसार गर्भवती महिलाका लागि कोभिड १९ विरुद्धको खोप लगाउने विषयमा विकल्प दिन सकिन्छ ।स्तनपान गराउने महिलालाई भने खोप दिन सकिने बताइएको थियो ।

सरकारी परामर्श समितिले कोभिड १९ को खोप ६ महिनासम्म उपलब्ध हुन नसके कारवाही गर्नुपर्ने सिफारिश समेत गरेको थियो । कोभिसिल्ड उत्पादक कम्पनीका प्रमुख कार्यकारी अधिकृत पूनावालाले आफूहरु असाध्यै दबाबमा रहेको बताएका छन् ।

उनले हरेक महिना ५० देखि ६५ मिलियन डोज उत्पादन भइरहेको जानकारी दिए । त्यसमा १०० मिलियन डोज केन्द्र सरकारलाई र ६० मिलियन डोज निर्यात गर्ने उनको भनाइ छ । उनले खोप आवश्यक पर्ने भारतीयलाई उपलब्ध गराउन आफूहरु प्रयासरत रहेको उल्लेख गरेका छन् ।

पूनावालाले आगामी जुनसम्म उत्पादन बढाउने हो भने ३ हजार करोड थप लगानी आवश्यक पर्ने जनाएका छन् । खास गरी खोपको मूल्य २० अमेरिकी डलर बराबर पर्ने देखिएको छ । तर, मोदी सरकारको अनुरोध पछि भने खोपमा अनुदान दिन लागिएको छ । हामीले कुनै मुनाफाको कुरा गरेका छैनौ, हामीले थप लगानी गर्न खोजिरहेका छौ ।

पूनावालाले थप ३ हजार करोड लगानी उपलब्ध भए थप ८५ दिनमा क्षमता विस्तार हुने बताएका छन् । यस्तै बैंकहरुसँग ऋणको विषयमा समेत कुराकानी भएको छ ।

पूनावालाले मासिक १० करोड डोज खोप उत्पादन गर्ने गरी क्षमता विस्तारमा लागेको र त्यसो भए मात्रै आवश्यकता परिपूर्ति हुने जनाएका छन् । पछिल्ला दिनमा भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि यसअघि गरिएको सम्झौता के गर्ने भन्ने बारेमा समेत छलफल जारी रहेको उनको भनाइ छ ।

यस्तै रसियन खोप स्पुतनीक भी भारतमा उत्पादन गर्ने विषयमा समेत कुराकानी भइरहेको र त्यसको अनुमति आवश्यक रहेको पूनावालाको भनाइ छ ।

यस्तै कोडाजेनिक्स खोपको बारेमा पनि कुराकानी भइरहेको छ । सो खोपभ ने नाकमा हालिने खोप हो । त्यसले गेमचेञ्जरको भूमिका निर्वाह गर्ने सम्भवना रहेको छ । त्यसको विकासका लागि भने केही थप समय लाग्नेछ । भारतले ८ करोड ३० लाख बढी खोप लगाइसकेको छ । गत जनवरी १६ देखि हालसम्मको तथ्यांक हो यो । यस्तै, अमेरिकाले ७९ दिनमा ७९.११ मिलियन डोज खोप लगाइसकेको छ ।


क्लिकमान्डु