मारुती सुजुकीलाई नम्बर वान कार बनाउने श्रेय पाएका जगदिश खट्टरको निधन



यस्तो समय थियो जतिबेला कार भनेकै मारुती कार जस्तै थियो सानो गाडी, अन्यभन्दा मूल्यमा पनि सस्तो भएकाले मिडल क्लासपरिवारको पहिलो रोजाइमा पर्दथ्यो मारुती ८०० कार धेरैको रोजाइमा परेको थियो भने मारुती कार हुँदा शान हुन्थ्यो

मारुती कारलाई नम्बर वान बनाउन महत्वपूर्ण योगदान गर्ने जगदिश खट्टर हुन् जसको ७८ वर्षको उमेरमा हृदयघातका कारण सोमबार निधन भयो

उनले १४ वर्षसम्म मारुती कारका लागि काम गरेका थिए उनले सन् १९९३ मा मारुती कम्पनीमा निर्देशकका रुपमा काम गरेका थिए

उनी सन् २००२  मा भारतीय सरकारको नोमिनीका रुपमा म्यानेजिङ डाइरेक्टर समेत बने उनले सन् २००७ सम्ममा मारुती सुजुकी कम्पनीका लागि काम गरेका थिए

६५ वर्षको उमेरसम्म उनले कम्पनीका लागि काम गरे यस अवधिमा उनले कैयन मारुती कारका मोडल सार्वजनिक गरे जुन मोडलनिकै मन पराइयो जसमा मारुती सुजुकी स्विफ्ट पनि एक हो यो कार अहिले पनि धैरैको मनपर्ने कारमध्येमा पर्छ

उनको नेतृत्वमा मारुती सुजुकी कार भारतमा सबैभन्दा घेरै कार बिक्री गर्ने कम्पनी समेत बन्न सफल भयो सन् २००० देखि २००८ को अवधिमा कम्पनीले हजार करोड भारु २२ हजार करोड वार्षक आम्दानी गर्ने कम्पनी समेत बन्यो यसबीचमा कम्पनीको मुनाफा ५ गुणासम्म बढ्यो जुन ३३० करोड भारुदेखि १७३० करोड भारुसम्म पुग्यो

यसबीचमा हुन्डाई, फोर्ड, फियाट, होन्डा जस्ता कम्पनीका कार बजारमा आउँदा चुनौती थपिए पनि मारुतीको व्यापारमा उल्लेख्य फरक भने परेन

मारुती कम्पनीमा प्रवेश गर्नु अघि उनी भारतीय सरकारी कम्पनीमा अधिकारीका रुपमा कार्यरत थिए मारुतीबाट विदा भएपछि उनी कारनेशन अटो नामक कम्पनी स्थापना गरे यो कम्पनीले मल्टी ब्रान्ड कार डिलरसिप तथा सर्भिसेजको काम गर्दछ

उनको कम्पनी कारनेशनले सन् २००८ मा रणनीति परिवर्तन गरी कार सर्भिसेजमा ध्यान केन्द्रित गर्यो उनले कम्पनीमा ठूलो लगानी गरे र भारतभरी वर्कसपको शाखा बिस्तार समेत गरे तर त्यो समयमा कार निर्माता कम्पनीहरुले आफ्ना अटो पार्टस् खुला बजारमा बिक्री गर्न मानेनन्

त्यसपछि उनी सेकेन्ड ह्यान्ड कार खरिद बिक्री गर्न थाले यो काममा उनले खासै सफलता हासिल गर्न सकेनन्

सन् २०१८ मा कारनेशनको ब्रान्डिङ राइट्स सम्पत्ति महिन्द्रा फस्ट च्वाइसले खरिद गर्यो

सन् २०१९ मा उनी उनको कम्पनी कारनेशनविरुद्ध त्यहीँको सीबीआइले ११० करोड भारु बराबरको धोखाधडी क्रिमिनल मिसकन्डक्टको केस दर्ता गर्यो उनको कम्पनीले पञ्जाब नेशनस बैंकलाई ११० करोड भारतीय रुपैयाँ बराबरको नोक्सानी पुर्याएकोआरोप पनि लाग्यो

तर जे भए पनि भारतीय अटो बजारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा उनी परिचित छन् । 


क्लिकमान्डु