यसरी बन्छ सिमेन्ट (भिडियो रिपोर्ट)



भैरवहा । राजमार्गमा बेतोडले कुद्ने टिप्पर लाइनमा छन् । करिब २ दर्जनजति टिप्पपर पहाडबाट ल्याउको चुनढुंगालाई उद्योग परिसरमा राखेर पुनः पहाड जाने तयारीमा छन् । अर्कोतर्फ सिमेन्ट लोड गर्न ट्रकहरु लामवद्ध छन् ।

यो दृष्य हो रुपन्देहीमा सियारी गाउँपालिका २ मा रहेको अर्घाखाँची सिमेन्टको हो ।

अर्घाखाँची सिमेन्टको उद्योग भ्रमण हामीलाई गराउनका लागि उद्योगका प्लान्ट युनिटका सहायक महाप्रवन्धक कृष्ण पाण्डे साथ दिए ।

देशभरका सिमेन्ट उद्योगहरुमा ठूलो उद्योगमा पर्ने अर्घाखाँची सिमेन्टले क्लिङकर तथा अर्घाखाँचीको ब्राण्डमा ओपीसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

नेपालका तीनवटा व्यवसायिक घराना र भारतको उमा सिमेन्टको लगानी क्लिङकर सहित उत्पादन गर्ने गरेर अर्घाखाँची सिमेन्ट स्थापना भएको हो । चारवटै लगानीकर्ताको अनुभव सिमेन्ट उद्योगमा थियो ।

मुरारका अग्रनाइजेशन, सिदार्थ ग्रुप र भारतको उमा सिमेन्टको लगानीमा स्थापना भएको अर्घाखाँची सिमेन्ट अहिले सिमेन्टमा चर्चित ब्राण्डमा स्थापित भएको छ । जसले अहिले दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिङकर गरेर ६ हजार टन उत्पादन गर्ने क्षमता छ ।

जलविद्युत् आयोजनादेखि संवेदनशिल मानिएका परियोजनामा अर्घाखाँची सिमेन्टको प्रयोग हुनुले यसको गुणस्तर भएको थप प्रमाणित गर्छ ।

‘देशमा बनेका जलविद्युत् आयोजनामा अर्घाखाँची सिमेन्टको प्रयोग हुन्छ, यसले हाम्रो सिमेन्ट उद्योगको गुणस्तर रहेको थप पुष्टी हुन्छ,’ पाण्डेले उद्योगको भ्रमण गराउने क्रमामा भने ।

उद्योगले क्लिङकर सिमेन्ट उत्पादनको प्रयोग हुने हिट (ताप) बाट साढे २ मेगावाटको विजुली समेत उत्पादन गरेको छ । चुनढुंगालाई क्लिङकर बनाउने प्रक्रियामा अत्याधिक तापक्रमको प्रयोग हुन्छ । यही तापक्रमबाट उद्योगले साढे २ मेगावाटको विद्युत निकालेको हो ।

अर्खाखाँची सिमेन्टको स्थलगत भ्रमणपछि चुनढुंगाबाट सिमेन्ट बन्ने प्रक्रियाको सम्मको जानकारी हामीले भिडियो कन्टेन्टमार्फत् तपाईंहरुलाई जानकारी गराउँदै छौं ।


पुष्प दुलाल