कोरोना कहरमै पनि सिटिजन्स बैंकले गर्यो लोभलाग्दो प्रगति, ‘टप टेन’ बन्ने रणनीति



काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको असरका बाबजुत पनि सिटिजन्स बैंकले विभिन्न सूचकहरुमा राम्रो प्रगति हासिल गरेको छ ।

बैंकका डेपुटी सीइओ बोधराज देवकोटा र प्रवक्त उमङ्ग शर्माले मंगलबार पत्रकारहरुसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दै प्रगतिको फहरिस्त सुनाए ।

‘विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण धेरै बैंक तथा वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा असर परेको देखिन्छ तर, सिटिजन्स बैंकको हकमा भने त्यति धेरै असर परेन,’ उनले भने, ‘हामीले लिएको रणनीति र कार्ययोजना अनुसार अघिबढ्दा बैंकका अधिकांश सूचकहरुमा सकरात्मक प्रगति हासिल भएको छ ।’

आफूभन्दा साना अर्थात् विकास बैंक र फाइनान्स कम्पनीलाई मर्ज तथा एक्वायर गरी आफ्नो अस्तित्व जोगाउँदै प्रतिस्पर्धी बजारमा खरो उत्रिँदै ढिलोमा आगामी २ वर्षभित्र हरेक सूचकका आधारमा टप टेन बैंकमा पर्ने रणनीति अनुसार बैंकले काम गरिरहेको डेपुटी सीइओ देवकोटाले जानकारी दिए ।

कोरोना कहरकैबीच बैंकले आफ्नो ३ वर्षे रणनीति पारित भइसकेको देवकोटाले सुनाए ।

‘हाम्रो मुख्य रणनीति भनेको ढिलोमा २ वर्षभित्र हरेक सूचकका आधारमा टप टेन हुने हो,’ उनले भने, ‘अहिलेको अवस्था हेर्दा अर्को वर्ष नै हामी टप टेन भित्र पर्ने विश्वास छ ।’

‘यो अफ्ठ्यारोको परिस्थितिका बाबजुत पनि यो सफलता हासिल गर्नु हाम्रा लागि गर्वको विषय हो,’ बैंककी प्रवक्ता उमङ्ग शर्माले भनिन्, ‘हाामी यसलाई अझै सुधार गर्दै लैजान्छौं । र, आगामी वर्षहरुमा कम्तिमा पनि सेयरधनीलाई दोहोरो अंकको प्रतिफल दिन्छौं ।

बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई मर्जर तथा एक्वायर गर्ने रणनीति बनाएको छ । सहयोगी विकास बैंकसहित केही संस्थालाई एक्वायर गरिसकेको बैंक तिनाउ मिशन विकास बैंक एक्वायर गर्ने अन्तिम चरणमा छ । वार्षिक साधारणसभाले त्यसलाई अनुमोदन गरिसकेकाले फागुनभित्रै एकीकृत कारोबार गर्न लागिएको छ ।

‘कसरी र कुन बैंक तथा वित्तीय संस्थालाई एक्वायर गर्यो भने हामी अझ शसक्त हुन्छौं भनेर हामी संस्थाहरुको हरेक पक्ष अध्ययन गरेर मात्रै निर्णय गर्र्छौंं,’ देवकोटाले भने, ‘प्रादेशिक सन्तुलनका लागि हाामीले छिट्टै अर्को संस्था एक्वायरको खबर सुनाउने संभावना प्रवल छ ।’

बैंकको अर्को, रणनीति वैदेशिक साझेदार भित्र्याउने भएको र हालै सम्पन्न विशेष साधारणसभाले यो विषयलाई पनि पारित गरिसकेको उनले जानकारी दिए ।

कुन सूचकमा कस्तो प्रगति ?

देवकोटाका अनुसार २०७६ पुसको तुलनामा ०७७ पुसमा २३ वटा बैंकको प्रतिसेयर आम्दानी २ देखि ७० प्रतिशतसम्मले घटेको छ । तर, यो अवधिमा सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी भने १२ प्रतिशतले बढेको छ ।

त्यस्तै, १७ वटा बैंकको खुद ब्याज आम्दानी घटेको छ । तर, यो अवधिमा सिटिजन्स बैंकको खुद ब्याज आम्दानी भने १२.३९ प्रतिशतले बढाउन सफल भएको छ ।

त्यसैगरी, १२ वटा बैंकको फि एण्ड कमिसन घटेको छ । तर, सिटिजन्स बैंकको फि एण्ड कमिसन १८ प्रतिशतले बढेको छ ।

त्यस्तै, १६ बैंकको सञ्चालन नाफा १.४ देखि ५३.४ प्रतिशतसम्म्ले घटेको अवस्थामा पनि सिटिजन्सले भने २१.५ प्रतिशतले बढाएकोछ ।

त्यस्नैगरी, ६ बैंकको गैरब्याज आम्दानी घटेको अवस्थामा पनि सिटिजन्सको भने ५३.७ प्रतिशतले बढाएको छ ।

‘हाम्रो मुख्य रणनीति भनेको ढिलोमा २ वर्षभित्र हरेक सूचकका आधारमा टप टेन हुने हो,’ डेपुटी सीइओ देवकोटाले भने, ‘अहिलेको अवस्था हेर्दा अर्को वर्ष नै हामी टप टेन भित्र पर्ने विश्वास छ ।’

त्यस्तै, ११ बैंकको व्यापारबाट हुने आम्दानी १.९ प्रतिशतदेखि ३१.१९ प्रतिशतले घटेको अवस्थामा सिटिजन्सको भने ७८.२८ प्रतिशतले बढेको छ ।

त्यसैगरी, १८ बैंकको खुद नाफा घटेको अवस्थामा सिटिजन्स बैंकको खुद नाफा भने २७.६० प्रतिशतले बढेको छ ।

लगानीकर्ताका लागि सबैभन्दा महत्वपूर्ण सूचक हो वितरणयोग्य नाफा । १९ बैंकको वितरणयोग्य नाफा घटेको अवस्थामा पनि सिटिजन्स बैंकको भने ३६.५५ प्रतिशतले बढेको छ ।

त्यस्तै, २ बैंकको निक्षेप र कर्जा घटेको अवस्थामा सिटिजन्स बैंकको निक्षेप १८.८५ प्रतिशतले र कर्जा ११.२७ प्रतिशतले बढेको छ ।

कोरोना महामारीका कारण राष्ट्र बैंकले दिएको सहुलियतका कारण गत आर्थिक वर्षमै बैंकले राहतका लागि २६ करोड रुपैयाँ खर्चिएको पनि देवकोटाले सुनाए ।

‘यो अफ्ठ्यारोको परिस्थितिका बाबजुत पनि यो सफलता हासिल गर्नु हाम्रा लागि गर्वको विषय हो,’ बैंककी प्रवक्ता उमङ्ग शर्माले भनिन्, ‘हाामी यसलाई अझै सुधार गर्दै लैजान्छौं । र, आगामी वर्षहरुमा कम्तिमा पनि सेयरधनीलाई दोहोरो अंकको प्रतिफल दिन्छौं ।’

बैंकको अध्यक्षमा राजनसिंह भण्डारी र प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल छन् ।


पुष्प दुलाल