कोरोनाविरुद्धको खोपः संसारभर १४ अर्ब डोज आवश्यक, ८ हजार पटक उड्नुपर्नेछ ७४७ जम्बो जेट
काठमाडौं । संसारभर कोरोना कहर जारी छ । अमेरिका, भारत, ब्राजिल जस्ता देशमा दैनिक नै ठूलो संख्यामा कोरोना प्रभावित भइरहेका छन् । त्यसमध्ये झण्डै ९० प्रतिशत मानिस निको भएपनि १० प्रतिशत मानिस भने अकालमा ज्यान गुमाइरहेका छन् ।
यतिबेला संसारभर नै कोरोना विरुद्धको खोपको तयारी भइरहेको छ । अमेरिकी, चीन, बेलायत, भारत, अष्ट्रेलिया तथा रसियाले खोप बनाइरहेका छन् ।
खोपको प्रभावकारिताका विषयमा समेत पनि अनेकन अनुमान समेत सार्वजनिक भइरहेका छन् । कोही कसैले खोप धनी देशका लागि मात्रै बनेको बताइरहेका छन् ।
गरिब तथा अल्पविकसित देशका लागि खोप आउन अझै लामो समय लाग्ने देखिएको छ ।
संसारभर सात अर्ब बराबरको जनसंख्या रहेको छ । ती सबैलाई खोप प्रदान गर्ने विषय आफैमा गम्भीर र चुनौतीपूर्ण रहेको छ । के कसरी खोप संसारभरका सबै मानिसमा पुग्ला र के कसरी उनीहरुलाई वितरण होला भन्ने बारेमा पनि आम चिन्ता र प्रश्न रहेको छ ।
जानकारहरुका अनुसार ७ अर्ब मानिसलाई खोप उपलब्ध गराउनका लागि मात्रै ८ हजार वटा जम्बो जेट प्रयोग गर्नुपर्नेछ । यस्तो काममा लागि कम्तीमा पनि २ वर्षको समय लाग्नेछ ।
कूल ७ अर्ब मानिसलाई खोप पुर्याउने कुरा आफैमा सहज विषय पक्कै पनि छैन । यो आफैमा सबैभन्दा ठूलो चुनौतीको काम हो । कूल ११० टन क्षमताका जम्बो जेटले ८००० पटक फेरो मानुपर्नेछ ।
किनकी एक जनाका लागि २ डोज खोप लगाउनुपर्ने भएकाले १४ अर्ब डोज आवश्यक पर्नेछ । खोप उपलब्ध गराउन विमान मात्रै नभई कार, बस, ट्रक तथा मोटरसाइलकको समेत मद्दत लिनुपर्नेछ । कयौ. स्थानमा पैदल यात्रा समेत गरेर लैजानुपर्नेछ ।
इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आइटा) ले सामाजिक सञ्जालमा बताए अनुसार ११० टन क्षमता भएका ७४७ विमानले ८००० चक्कर लगाउनुपर्नेछ । तब मात्रै खोप पुग्न सक्छ ।
यसको अलावा तापक्रम नियन्त्रण तथा अन्य अत्यावश्यक काम समेत यसमा जोडिएर आउँछ । खासगरी फाइजर खोप अमेरिका र यूरोपमा अनुमति पाउने क्रममा छ ।
उक्त खोपलाई ६ महिनासम्म ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने आवश्यकता रहेको छ । आइएटिएका प्रमुख एलेक्जान्ड्रो डी जुनियाकका अनुसार संसारभर नै खोप उपलब्ध गराउनका लागि सबैभन्दा जटिल तथा कठिन लजिस्टिक काम गर्नुपर्नेछ । सारा संसारको नजर पनि हवाई क्षेत्रमा नै परेको छ ।
ब्लुमवर्गको विवरण अनुसार संसारको सबैभन्दा ठूलो कार्गो क्यारियर लफथान्साले आगामी अप्रिलदेखि खोप डेलिभरी गर्ने योजना बनाएको छ ।
सोही अनुसारको काम गर्ने योजना समेत तय गरेको छ । त्यसका लागि २० सदस्यीय कार्यदल बनाएर काम शुरु गरिरहेको छ ।
मोडेर्ना, फाइजर र एस्ट्राजोनको खोप संसारको कुना कुनामा पुर्याउनका लागि प्रयास रहनेछ । कार्यदलका अनुसार एयरलाइन्ससँग रहेको १५ वटा ७७७ मिावनलाई कसरी मेडिकल सामाग्री बोक्ने बनाउने भन्ने प्रश्न पनि रहेको छ ।
लुफथान्साका कार्यदलका प्रमुख थार्टन ब्रानका अनुसार खोप आपूर्तिको क्षमता कसरी बढाउने भन्ने प्रश्न नै महत्वपूर्ण प्रश्न हो ।
विश्व स्वास्थ्य संगठनका इमयुनाइजेशन चीफ क्याथरिन ओब्रायनले गत साता मात्रै भनेका थिए, खोपको डेलिभरी गर्ने काम सगरमाथा चढ्नु भन्दा कठिन काम हो । महिनौको मेहनतपछि खोप बनेको छ । त्यो भनेको सगरमाथाको आधार शिविर पुगे जस्तै मात्रै हो ।
यी ५ चुनौती छन् खोपका
कार्गोः आजको दिनमा २००० मालवहाक विमान तयार भएका छन् । संसारभर नै जति मात्रामा सामानको माग आउँछ । सोही आधारमा आधा माल लिएर लान्छन् वा ल्याउँछन् । बाँकी रहने २२ हजार नियमित उडानमा जान्छन् । मालवहाक विमानले त काम गर्छ नै । त्यस्तै गरी नियमित उडानमा रहने विमानले समेत काम गर्नुपर्नेछ ।
डिप फ्रिजः फाइजर बायोएन टेकको खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा यात्रा गर्नुपर्ने हुन्छ । यो अन्टाटिकाको चिसो मौसमको तापक्रम भन्दा पनि कम हो ।
कम्पनीले जिपिएस इनेबल्ड थर्मल सेन्सरको प्रयोग गर्ने योजना बनाएको छ । त्यसबाट खोपको सिपमेन्टको लोकेशन ताथ तापमानको बारेमा थाहा पाउन सकियोस । जमिनबाट नै खोपको अल्ट्रा लो टेम्परेचर कायम गर्न सकियोस् ।
तब मात्रै ६ महिनासम्म सोही तापक्रममा खोप रहन सकोस् । तर, हालसम्म विमानहरुमा कुनै पनि सामानलाई यति तापक्रममा चिसो राख्ने व्यवस्था छैन ।
भण्डारणः खोपको भण्डारण गर्ने विषय अर्को ठूलो चुनौती हो । ठूला ठूला शहरमा मात्रै डिप फ्रिज रहन्छन् । यूनाइटेड पार्सल सर्भिसेजको साथमा ६०० वटा डिप फ्रिज रहेको छ । जहाँ ८० डिग्री सेल्सियस भन्दा कम तापक्रममा ४८ हजार डोज खोप भण्डारण गर्न सकिन्छ । फेडएक्स कार्पले आफनो कोल्ड चेन नेटवर्कमा फ्रिजर्स तथा रेफ्रिजेरेटर ट्रकको संख्या बढाइदिएको छ ।
गरिबलाई खोप पुर्याउन समस्याः उत्पादक कम्पनीहरुले ठूला शरहमा सहजै रुपमा खोप उपलब्ध गराउन सक्छन् । तर विकासशील तथा गरिब देशमा यो काम आफैमा सबैभन्दा ठूलो मुस्किलको काम हो । त्यस्ता देशमा गाँउ र शहरको भौतिक पूर्वाधार बराबर नै हो ।
युनिसेफले नोभेम्बरमा नै ४० वटा आपूर्तिकर्ताबाट ९२ गरिब देशमा खोप पुर्याउने योजना बनाएको छ । एजेन्सीको कोशिश छ कि संसारका ७० प्रतिशत बढी मानिसलाई खोप उपलब्ध गराउनेछ ।
अस्थिर खोपः संसारका सबैभन्दा ठूलो खोप निर्माता कम्पनी मध्येको एक सिरम इन्टिच्यूट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाका अनुसार जुनकुनै स्थानमा डिप फ्रिज छैन ।
फ्रोजन खोप असाध्यै अस्थिर रहन्छ । विकासकर्ताले स्टेबलाइज गर्ने तर्फ काम गर्नुपर्नेछ । सिरम इन्टिच्यूटसँग ५ खोप निर्माताले सम्झौता गरेका छन् । एस्ट्राजोनले ४ करोड खोप बनाएको छ । चाँडै नै नोभाभ्याक्स नामक खोप बनाउने काम समेत शुरु हुनेछ ।