वैदेशिक मुद्रा अपचन गरेको आरोपमा जेल, ८ वर्षमा ३१ विषयमा डिग्रीको उपाधी



काठमाडौं । कुनै समयको रत्नाकर डाकु पछि सप्रियर वाल्किमी ऋषी भए । नामूद चोर फटाहाहरु समयक्रमसँगै सुधार भएर समाजसेवी तथा साधु भएका छन् । कर्मले नै मानिसलाई कस्तो बनाउने हो भन्ने कुराको निर्धारण गर्दछ । किनकी, कर्ममा विश्वास गर्ने गर्ने मानिसहर नै सफल भएको उदाहरण छ । राम्रा भनिएका र ठानिएका मानिस पनि समयक्रममा असफल भएको तथ्य हाम्रा सामू स्पष्ट नै छ ।

वैदेशिक मुद्रा अपचलन गरेको आरोपमा भारतमा कारागार चालन भएका व्यक्तिले गरेको प्रगति आफैमा लोभलाग्दो रहेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार जेलमा रहेको समयमा उनले स्वअध्ययन तथा खुला विश्वविद्यालयबाट लगातार अध्ययन गरेर विभिन्न ३१ विषयमा स्नातकोत्तरको उपाधी समेत लिए ।

सामान्यतया जेल परेका मानिसलाई सरकारी निकायमा कुनै पनि सेवा गर्ने अवसर प्रदान गरिदैन, तर ती व्यक्तिका लागि भने सहज रुपमा नै सरकारी सेवाका लागि समेत योग्य मान्दै काम गर्ने अवसर प्रदान गरिएको छ ।

उनको प्रसिद्ध मानिएको लिम्का बुक अफ रेकर्डसमा समेत नाम दर्ता गरिएको छ । भारतको अहमदावादका भानूभाई पटेलले १३ औं विधानसभाको निर्वाचनमा एक अधिकृतको जागिर समेत पाएका छन् । उनी हाल ६५ वर्षमा भए । उनी हालसम्म अविवाहित रहेका छन् ।

वैदेशिक मुद्राको अपचन गरेको तथा सो सम्बन्धी कानूनको उल्लंघन गरेको आरोपमा उनी ५० वर्षको उमेरमा जेल परेका थिए । उनी १० वर्ष जेल बसे र अहमदावाद जेल नै उनका लागि सकारात्मक सोचको विश्वविद्यालय बनीदियो । जुन आम मानिसका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।

जेल परेका मानिसहरु सामान्यता उनीहरुको आगामी भविस्यका बारेमा सायदै सोच्छन् र विचार पनि गर्छन् । किनकी उनीहरुलाई जीवनको गोरेटो अब यहाँ भन्दा अगाडि बढ्दैन । किनकी जेलका चार दिवारभित्र पिजडामा परेको सुगा जस्तै हुनुले जीवनको सार्थकतालाई समेत कमजोर बनाइदिन्छ ।

अहमदावादका भानूभाइ पटेलले भने जेलमा नै रहेर आफनो अधुरो पढाई मात्रै पूरा गरेनन्, सजायको अवधि मध्ये ८ वर्षको समयमा उनले ३१ विभिन्न विषयमा डिग्री समेत हासिल गरेका छन् ।

राम्रो पढाई गरेको र नाम राखेको भन्दै जेलबाट छुट्ने बित्तकै उनलाई सरकारी जागिर समेत मिलेको छ । यस्तै जागिरसँगै उनले थप २३ वटा विषयमा डिग्रीको उपाधी लिएको भारतीय सञ्चारमाध्यमको भनाइ छ । उनले आफ्नो नाम लिम्का, एशिया बुक अफ रेकर्डस, यूनिक वल्ड रेकर्ड, इन्डिया बुक अफ रेकर्डस, युनिभर्सल रेकर्ड फोरम तथा वल्ड रेकर्डअफ इन्डियामा समेत दर्ज गरेका छन् ।

पटेल अहमदावादको भावनगरमा बस्दथे । सोही स्थानको बिजे मेडिकल कलेजबाट एमबिबिएस डिग्री लिएपछि सन् १९९२ मा मेडिकल डिग्रीका लागि उनका साथी अमेरिका गए । विद्यार्थी भिसामा उनका लागि अमेरिका गएका थिए र त्यहाँ काम गर्थे ।

उनले मासिक रुपमा गर्ने कमाइको रकम भानुभाईको बैंक अकाण्टमा ट्रान्सफर गर्थे । सोही विषयलाई लिएर उनलाई फरेन एक्सचेञ्ज रेगुलेशन एक्ट उल्लंघन गरेको आरोप लाग्यो । सोही कारण ५० वर्षको उमेरमा उनलाई १० वर्षको जेल सजाय भयो । उनलाई अहमदावाद पठाइयो ।

भानुभाईका अनुसार कैद सजाय भुक्तान गरेर छुट्ने बित्तिकै उनलाई अम्बेडकर विश्वविद्यालयमा कामका लागि प्रस्ताव आयो । यहाँ बुझन्पर्ने कुरा के छ भने जेल परेका मानिसलाई सायदै सरकारी जागिरको अफर गरिदैन । तर डिग्रीका कारण उनलाई सरकारी जागिरको अफर आएको थियो । जागिर गर्दै उनले थप विषयमा समेत डिग्रीको उपाधी लिए ।

उनले जेल बस्दाको आफनो अनुभव समेटेर विभिन्न बिताब समेत लेख्न भ्याए । कोरोनाको महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा उनले विभिन्न ३ भाषामा पुस्तक समेत लेखे । उनले गुराती,अग्रेजी र हिन्दी भाषामा आफनो जेल अनुभवलाई सपाट उतारेका छन् । उनले सोही कारण १३ औं विधानसभाको निर्वाचनमा थप राम्रो अवसर पाए ।

भारतको नेशनल क्राइम रेकर्डस व्यूरोका अनुसार गुजरातको जेलमा अनपढको तुलनामा शिक्षित कैदीको संख्या बढी रहेको छ । स्नातक, इन्जिनियरिङ गरेका कैदी रहेका छन् । गुजरात जेलमा ४४२ स्नातक, १५० प्राविधिक विषयमा डिग्री गरेका, २१३ जना पोस्ट ग्रयाजुयट गरेका कैदी छन् । कूल ५ हजार १७९ कैदीबन्दी छन् । सबैभन्दा बढी हत्या तथा अपहरण मुद्दामा जेल परेका कैदी छन् ।

कैदीबन्दीको पढाईका लागि गुजरातमा खुल्ला विश्वविद्यालयबाट व्यवस्था मिलाइएको छ । जसका कारण उनीहरुले आफूलाई मन परेको विषयमा उच्चा शिक्षा हासिल गर्न सक्छन् । हरेक वर्ष उनीहरुको परीक्षा समेत नियमित हुने गरेको छ ।


पुष्प दुलाल