के बिसिजी खोप कोरोना भाइरस विरुद्ध प्रयोग गर्न सकिन्छ ? यसो भन्छ अध्ययन



काठमाडौं । पछिल्लो पटक कोरोना भाइरस विरुद्धको लडाईमा नयाँ बहस शुरु भएको छ । संसारभर नै कोरोना भाइरस विरुद्ध बिसिजीको खोप प्रयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल शुरु भएको हो ।

वैज्ञानिकहरुका अनुसार उक्त खोपको प्रयोग गर्ने विषयमा आवश्यक पहल एवम् परामर्श शुरु भएको छ । बेलायतका वैज्ञानिकले परिक्षण शुरु गरेका छन् । जसमा देखिएको छ अब के बिसिजीको खोपको सहयोगले कोरोना संक्रमितको ज्यान जोगाउन सकिन्छ ।

बेलायतको एक्सेटर विश्वविद्यालयमा परिक्षण चलीरहेको छ । खोपको १ हजार जनामा परिक्षण चलीरहेको छ । सो खोप १९२१ मा विकास गरिएको हो । उक्त खोप क्षयरोगको रोगथामका लागि तयार गरिएको छ ।

क्षयरोगमा प्रयोग गरिएको खोपको प्रयोगका कारण संक्रामक बिरामीको बचावटका लागि प्रभावकारी सावित हुन सक्नेछ । लाखौं नागरिक बचाउनका लागि नै भएपनि खोप लिन सकिन्छ ।

उक्त खोप यसरी बनाइएको छ, जसको सहयोगका कारण मानव शरिरमा रोग प्रतिरोधी क्षमता बढाउनेछ । प्रतिरोधी क्षमता बढाउनका लागि उक्त खोपले सहयोग पुर्याउने विश्वास लिइएको छ ।

यस भन्दा पहिले गरिएको क्लिनिकल परिक्षणमा यो कुरा पत्ता लागेको थियो कि बिसिजीको खोपका कारण दक्षिण अफ्रिकी देश गिनीमा नवजात शिसुको मृत्युदरमा ३८ प्रतिशतले कमी आएको थियो ।

नवजात शिसुको मृत्युदरलाई रोक्नका लागि कामयावी देखिएको खोपको प्रयोग कोरोनाको नियन्त्रणका लागि उपयोग गर्न सकिन्छ कि भनेर खोजबिन जारी छ ।

मृत्युदरमा आएको कमीका कारण बिसिजी खोप निमोनियालगायतका अन्य मामिला कम गर्नका लागि समेत उपयोग गर्ने गरिएको छ ।

दक्षिण अफ्रिकामा गरिएको परिक्षणमा जुटेका अनुसन्धानकर्ताले यो पत्ता लगाएका छन् कि नाक, घाटी तथा अन्य श्वास प्रश्वास सम्बन्धी समस्यामा कमी आएको थियो ।

त्यस्तो कमी आउने प्रतिशत ७३ को हाराहारीमा थियो । यस्तै यल्लो फिभर देखाउने भाइरसमा समेत नियन्त्रण गर्न बल मिलेको थियो । यल्लो फिभरको भाइरस शरिरमा कमी ल्याउने तर्फ पनि प्रमाण मिलेको थियो ।

एक्सेटर विश्व्विद्यालयका प्रोफेसर जोन क्यापबेलले बिबिसीलाई दिएको जानकारी अनुसार विश्वव्यापी रुपमा यसेको महत्व असाध्यै बढी हुन सक्छ । भलै हामी यो मान्न सक्छौ कि कोरोनाको विरुद्धमा यसले केही न केही काम गर्न सक्छ ।

हालसम्म कोरोना भाइरसको खोप तयार भइ नसकेको सन्दर्भ तथा कुनै औषधी समेत तयार नभएको अवस्थामा बिसिजी खोप एउटा राहत दिन सक्ने भने देखिन्छ ।

बिसिजी खोपलाई लिएर बेलायतमा चलीरहेको परिक्षण एक अन्तर्राष्ट्रिय हिस्साको रुपमा समेत देखिएको छ । अष्टे«लिया, नेदरल्याण्ड, स्पेन तथा ब्राजिल जस्ता देशमा समेत १० हजार मानिसमा परिक्षण भइरहेको छ ।

परिक्षणको समयमा स्वास्थ्यकर्मी तथा नजिकबाट हेरिरहेका मानिसको विशेष अवस्थाको बारेमा ध्यान दिइएको छ । जसमा कोरोना भाइरसका संक्रमण भएको आशंका गरिएका मानिस सबैभन्दा बढी थिए ।

यदि उक्त खोप प्रभावकारी भएको खण्डमा पनि एउटा नयाँ आयाम खुल्ने देखिएको छ ।

बिसिजीले कोरोनाका बिरामीलाई बढी च्याप्न दिँदैन । त्यसको प्रबल सम्भावना बढी देखिएको छ । सोही कारण यस्तो सम्भावना बढ्दै गएको छ कि बिसिजीले केही न केही काम गर्न सक्छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोस एडनाम ग्रेबियेसनले एक लेख मार्फत बिसिजी खोपको यस्तो क्षमता रहेको बताएका छन् ।

कोरोना तथा आगामी दिनमा आउने कुनै पनि महामारीको मुकाबिला गर्नका लागि पनि यो एउटा यादगर हुनसक्छ ।

जबकी बिसिजीको लामो यात्रामा कुनै न कुनै नयाँ समाधान भने दिने छैन । बेलायतमा सन् २००५ पछि बिसिजी खोपको प्रयोग नियमित रुपमा भएको थिएन ।यसको बाबजूत क्षयरोगको मामिला समेत असाध्यै कमी आएको थियो ।

त्यसको अलावा यो खोपले रोग प्रतिरोधी क्षमताको विकास तथा एन्टीबडी तथा सेतो रक्तकोषिकाको विकास गर्नका लागि तयार गरिएको थिएन । तथापि, अहिलेको मुख्य उद्देश्य भनेको विशेष तरिकाले केवल कोरोना खोपको खोजी गर्नु नै हो ।

सोही उद्देश्यका साथ विभिन्न १० वटा खोपको क्लिनिकल परिक्षणको अन्तिम चरणमा रहेको छ । त्यो मध्ये एक खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको छ ।

अक्सोफोर्ड विश्वविद्यालयका खोप समूहका प्राध्याक एन्ड्यू पोलार्डका अनुसार धेरैजसो खोप यस्तो तरिकाले तयार पारिन्छ , जुन रोगका लागि त्यो केन्द्रीत गरिन्छ, उसको रोगप्रतिरोधी क्षमताको विकास गर्न नै हुन्छ ।  बिबिसीबाट


पुष्प दुलाल