कुन बैंकमा कति छ मुद्दति निक्षेप ? (सूचिसहित)



काठमाडौं । बैंकहरुको कर्जा लगानीको मुख्य स्रोत नै निक्षेप संकलन हो । सार्वसाधारणले गरेको बचतबाटै बैंक तथा वित्त कम्पनीले कर्जा लगानी गर्छन् ।

नेपालमा हालसम्म बैंकहरुले खासगरी करेन्ट डिपोजिट, सेभिङ डिपोजिट, कल डिपोजिट र फिक्स डिपोजिट गरी ४ प्रकारका निक्षेप खाता सञ्चालन गरिरहेको छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुलाई असोज मसान्तसम्म व्यक्तिगत आवधिक प्रकारका कर्जाको ब्याजदर दिर्घकालिन रुपमा नै फिक्स्ड गर्न निर्देशन दिएको छ ।

तर बैंकहरुले भने लामो समयका स्थिर ब्याजदरका प्रोडक्ट ल्याउन सोही अनुसारको स्रोत नभएको गुनासो गरिरहेका छन् ।

बैंकहरुमा प्राप्त निक्षेपमा पनि लामो समयको लागि कर्जा लगानी गर्न भने बैंकहरुले फिक्स्ड डिपोजिट अर्थात् मुद्दति निक्षेपमा प्राप्त स्रोतको आधारमा लगानी गर्छन् ।

बैंकहरुको कर्जा लगानी गर्ने क्षमता कति छ भनेर थाहा हुने भनेको त्यो बैंकमा कति समयको लाति कति परिमाणमा मुद्दति निक्षेप संकलन छ भन्ने हो ।

केही समयअघि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ नियामक निकायको निर्देशन कार्यान्यवन गर्ने समस्या हुने भन्दै बैंकहरु नेपाल राष्ट्र बैंक पुगेको थियो ।

संघले आवधिक प्रकृतिका व्यक्तिगत कर्जा ५ वर्ष भन्दामाथिको तर बैंकहरुसँग २ वर्षभन्दा बढिको मुद्दती निक्षेप एकदमै कम रहेको भन्दै राष्ट्र बैंकमा सुझावपत्र बुझाएको थियो ।

राष्ट्र बैंककाअनुसार हाल बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमध्ये १ वर्षे २३ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मको २० प्रतिशत र २ वर्षदेखि ७ वर्षसम्मको ७.५ प्रतिशत हिस्सा रहेकोे छ । नेपालमा ७ वर्षभन्दा माथिको मुद्दति निक्षेप अत्याधिक न्यून हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले चालु आवको भदौ मसान्तसम्म कुल ३५ खर्ब ८ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छन् । जसको ४८.२० प्रतिशत अर्थात् १६ खर्ब ९१ अर्ब ९ करोड रुपैयाँ मुद्दति निक्षेपको हिस्सा छ । र, त्यसमा पनि ५० प्रतिशतभन्दा धेरै हिस्सा १ वर्षसम्मको मुद्दतिको हिस्सा रहेको बैंकरहरुको भनाइ छ ।

यद्यपि केही बैंकहरुले भने फिक्स्ड ब्याजदरमा व्यक्तिगत आवधिक प्रकृतिका प्रोडक्टहरु ल्याइसकेका छन् ।

बैंकर्स संघबाट प्राप्त तथ्यांकअनुसार भदौ मसान्ससम्म प्राप्त कुल निक्षेपमा साधारण बचत खाताको हिस्सा ३२ प्रतिशत अर्थात् ११ खर्ब ६ अर्ब ८१ करोड रुपैयाँ छ ।

त्यसैगरी, चालु बचत खाताको हिस्सा ८ प्रतिशत अर्थात् ३ खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ र कल डिपोजिटको हिस्सा ८.७५ प्रतिशत अर्थात् ३ खर्ब ७ अर्ब १२ करोड रुपैयाँ छ ।

कुन बैंकमा कति फिक्स्ड डिपोजिट ?

बैंकहरुले कर्जा लगानी गर्दा लामो समयका मुद्दति निक्षेपको आधारमा गर्ने हुँदा सोहीको आधारमा बैंकको कर्जा लगानी क्षमता कति छ ? थाहा हुन्छ ।

मुद्दति निक्षेप निश्चित अवधिका लागि बैंकमा जम्मा गरिने रकम हो । मुद्दति खातामा जम्मा गरिएको रकम निर्धारित अवधिभन्दा अगाडि निकाल्न मिल्दैन । सोही काराण मुद्दति निक्षेपमा अरु निक्षेपको तुलनामा बढी ब्याज बैंकहरुले दिन्छन् ।

बैंकर्स संघको तथ्यांकअनुसार भदौ मसान्तसम्म सबैभन्दा बढी एनआइसी एशिया बैंकले मुद्दति निक्षेप संकलन गरेको छ भने सो अवधिमा संकलित निक्षेपमा भने सबैभन्दा धेरै मुद्दति निक्षेपको हिस्सा भने सिभिल बैंकको छ ।

एनआइसी बैंकले सो अवधिमा २ खर्ब ३२ अर्ब ९९ करोड रुपैयाँ नितक्षेप संकलन गरेको छ । जसको ५०.५१ प्रतिशत अर्थात् १ खर्ब १७ अर्ब ६९ करोड रुपैयाँ मुद्दति निक्षेपको हिस्सा बैंकले कायम गरको छ ।

सिभिल बैंकले भदौ मसान्तसम्म ६७ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जसमो ६७.०९ प्रतिशत अर्थात् ४५ अर्ब ६० लाख रुपैयाँ मुद्दति निक्षेपको हिस्सा कायम गरेको छ ।

संघबाट प्राप्त तथ्यांकअनुसार २७ वाणिज्य बैंकमध्ये १९ वटा बैंकले सो अवधिमा संकलन गरेको निक्षेपमा ५० प्रतिशतभन्दा बढी मुद्दति निक्षेपको हिस्सा छ ।

त्यसैगरी, कुल निक्षेपमा ५ वटा बैंकको ४० प्रतिशत र ३ वटा बैंकको २० प्रतिशतभन्दा बढी हिस्सा मुद्दति निक्षेपको हिस्सा छ ।

कुल निक्षेपमा कुन बैंकको कति मुद्दति ?


पुष्प दुलाल