अर्थमन्त्रीज्यू हिम्मत गरेर सेयर बजारमा T+1 को व्यवस्था गरौंः राधा पोखरेलको लेख



पूँजी बजारलाई विश्वभर नै अर्थतन्त्रको ऐना वा मेरुदण्ड मानिन्छ । सम्बन्धित देशका सरकार वा नियामक निकायले सिंगो अर्थतन्त्रको ऐना मानिने पूँजी बजारलाई समय सापेक्ष बनाउँदै लैजानुपर्ने हुन्छ । जति–जति पूँजी बजार चलायमान हुँदै जान्छ त्यति राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्दै जान्छ ।

मैले यसो भनिरहँदा नेपाली पूँजी बजारले ‘वरको सिन्को पर’सम्म सारेको छैन वा ‘सिन्को भाँच्ने काम पनि गरेकै छैन’ भन्न खोजिएको कदापि होइन ।

विगत केही वर्षयता नेपाली पूँजी बजारमा उल्लेख्य सुधारका काम नभएका भने होइनन् । त्यसको ज्वलन्त उदाहरण पछिल्लो पटक अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माण गरेको उच्चस्तरीय कार्यदल नै हो । कार्यदलले पूँजी बजार र मुद्रा बजारलाई समेटेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन चरणमा विभाजन गरी त्यसैअनुसार अधिकारप्राप्त निकायले काम गर्ने गरी सरकारलाई प्रतिवेदन बुझायो ।

म समेत उक्त आयोगको सदस्य हुनुको नाताले विभिन्न मितिमा नेलाल राष्ट्र बैंक र अर्थमन्त्रालयमा भएका चरणबद्ध बैठकमा के चैँ भन्न छुटाइन भने कारोबारको राफसाफ मिति (समय)लाई अब टीप्लस ३ होइन टिप्लस १ गरिनुपर्छ । जुन त्यसअघि पनि भन्दै आएको थिए । अहिले पनि भनिरहेको छु ।

मैले यसो भन्दै गर्दा अहिलेलाई यो असम्भव जस्तै छ, समयानुकुल बनाउँदै लैजानका लागि टि प्लस २ गरौं न त भन्ने सहमति समेत बनिसकेको थियो । तर आज यो निर्णय कुन निकायको वा कसको दराजमा थन्किएको छ त्यसको हेक्का सम्बन्धित निकाय प्रमूखले राखिदिन म अनुरोध गर्न चाहन्छु ।

हामीले धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाउनासाथ भिष्मराज ढुंगानासँग यो विषयमा कुरा गरेका थियौ । उहाँसँगको भेटपछि तत्काल टिप्लस १ नभएपनि टिप्लस २ कार्यान्वयनमा आउला भन्ने अपेक्षा सबै लगानीकर्तामा थियो ।

अब पनि पूँजी बजारलाई पुरातनवादी सोचबाट माथि नउठाउने हो भने १५ लाखभन्दा बढी लगानीकर्ताको भविष्य अन्योलपूर्ण हुनेछ । लगानीकर्ताको भविष्य अन्धकारतर्फ नधकेल्नका लागि पनि यो काम अहिलेको आवश्यक हो ।

चालु आर्थिक वर्ष २०७७÷०७८ को पहिलो दिनबाट नै आज किनेको सेयर भोलि नै बेच्न नपाउने निर्णय गरियो । जबसम्म डिम्याटमा सेयर आउँदैन तबसम्म बेच्न नपाईने नियम बन्नुगँगै टिप्लस १ लार्ई कार्यान्वायनमा लगिनु पर्दथ्यो ।

थाहा छ, यसबाट राज्यलाई कति आर्थिक क्षति भएको छ ? यसको फेहरिस्ता म दिन्छु समय भए बाँकी सबै पढ्नु लाभदायक नै हुन्छ । हाम्रो पूँजी बजारमा १५ लाखभन्दा बढी लगानीकर्ता छन् यो तथ्याड्क मैले डिम्याट खाताबाट लिएकी हुँ ।

तर पनि १५ लाख लगानीकर्ता आजको बजारमा सक्रिय छैनन् । यसमध्ये धेरै लगानीकर्तालाई दोस्रो बजारको ‘द’ समेत थाहा छैन । बजारमा हालिमुहाली गर्ने र राज्यलाई बिभिन्न किसिमले कर तिर्ने सीमित लगानीकर्ता मात्रै छन् । चाहे त्यो आज किनेको सेयर भोलि नै बेचेर किन नहोस् एकखाले छिटो दौडिने लगानीकर्ताले राज्य सञ्चालानार्थ सहयोग पुर्याएकै थिए ।

मेरो यो लेखको आशय विगतमा जस्तो अब पनि सेयर बजारमा विकृती र विसंगतिले डेरा नजमाओस भन्ने होइन ।

गतवर्षको माघको पहिलो हप्ता कसरी ४०० करोडको नजिक कारोबार भएको थियो ।

त्यसबाट राज्यकोषमा करको रुपमा कति धनराशी आयो ? खोई त्यसको लेखाजोखा ? सोझै आज किनेको सेयर भोलि नै बेच्न पाइन्न भनेर किन अर्गैल्याई गर्नुपर्याे । सेयर हुनेलाई बेच्ने दिँउ न, यसमा नियामक निकायको कपाल किन दुखेको हो ? जसले हिजो किनेर आज बेच्न तम्सिन्छ त्यसका लागि सरकारले नियम बनाई दिएको छ, २० प्रतिशत पेनाल्टी ।

यदी कसैले हिम्मत गरेर आज किनेको सेयर भोलि बेच्छ तर उसले किन्नेलाई सेयर दिन सक्दैन भने क्लोज आउट वापतको दण्डको भागिदार स्वयम् हुन्छ कि होइन ? यसका लागि नियामकले कालो मुख लाउनु पर्ने ठाँऊ नै छैन ।

मैले यसो भनिरहँदा विगतमा जस्तो सर्ट सेल गरेर समयमा सेटलमेन्ट गर्न नसकेर महिना दिनसम्म किन्नेले सेयर नपाउने र बेच्नेले पनि २० प्रतिशतको उन्मुक्ति पाउनु पर्छ भन्ने मेरो धारणा कदापी होइन ।

नेपालको त्यसैले पूँजी बजारलाई छिटो छिटो हिँडाउनु छ । यसका लागि टि प्लस १ को अवधारणा ल्याऔं । मैलेमाथि अभिव्यक्त गरेका धारणामा पूर्वाग्रही नभइ सम्बन्धित निकायले जिम्मेवारी बोध गर्ने हो भने नेपाली पूँजी बजार आम लगानीकर्तामुखि हुनुका साथै पूँजी बजारमा लगानी गर्ने लगानीकर्ता मित्रहरुको छाति चौडा हुने थियो । निर्धक्कसँग म पूँजी बजारमा लगानी गर्ने नागरिक हुँ भनेर हिँड्न सकिने अवस्था आउने थियो ।

लगानीकर्ताहरु धेरै घुमाउरो बाटो हिँड्नु पर्ने दिनको अन्त्य हुने थियो । यसमा अर्थमन्त्रीले उत्तरार्धमा यि कामहरु फाष्ट ट्रयाकबाट गर्न निर्देशन दिने हो भने उहाँको पनि आगामी भदौ २० पछिका दिन सुखमयका साथ व्यतित हुने थिए ।

२०६६ सालताका जसरी उहाँ नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा बिग्रिसकेका बैंकहरुलाई समेत सही मार्गप्रशस्त गरी सहीबाटोमा हिडन प्रेरित गर्नुभयो । त्यसैगरी जाँदा-जाँदै नेपाली पूँजी बजारलाई समेत मार्ग प्रशस्त गरिदिनु हुनेछ भन्ने अपेक्षा आम लगानीकर्ताले गरिरहेका छन् ।


क्लिकमान्डु