लकडाउनपछि ‘सेकेन्ड ह्यान्ड’ सवारी बिक्रीमा चाप, अफरमा पनि माग आएन



 

काठमाडौं । कोरोना महामारी रोकथामका लागि लागू भएको करिब ४ महिना लामो लकडानपछि खुलेको बजारमा सेकेन्ड ह्यान्ड गाडी खरिद गर्नेभन्दा पनि बिक्री गर्नेको चाप बढेको व्यवसायीहरुले बताएका छन् ।

सार्वजनिक सवारीमा कोरोनाको जोखिम बढी हुने भएकाले निजी सवारीमा मानिसहरुको आकर्षण बढ्छ भन्ने अनुमानविपरीत यतिबेला धेरै ग्राहकहरु पुरानो गाडी बिक्रीमा जोड दिएका छन् भने सीमित ग्राहकले मात्रै सेकेन्ड ह्यान्ड गाडी खरिद गरेका छन् ।

थापाथलीस्थित सिप्रदी एस्युर्ड प्रालिका उप-महाप्रबन्धक ध्रुब रेग्मीका अनुसार लकडाउन खुलेसँगै मानिसहरुको चाप बिस्तारै बढेको छ । तर यो विगतको तुलनमा ५० प्रतिशतभन्दा कम हो ।

लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा धेरैको आय संकुचित भएको छ । जसका कारण कर्जामा सवारी साधन खरिद गरेका ग्राहकहरु यतिबेला सकेसम्म बिक्री गर्ने मुडमा देखिएको व्यवसायीहरुको बुझाइ छ ।

काठमाडौं अटोमोबाइल सेन्टरका प्रबन्धक विशाल पौडेलको अनुसार लकडाउनपछि महंगो गाडी बिक्री गरी सस्तो गाडी खरिद गर्नेहरु बढेको बताए । उनले आयमा संकुचन आउँदा ग्राहकहरु आफूसँग भएको महंगो गाडी बिक्री गरी सस्तो नै चढौं न भन्ने सोच बढेको छ । लकडाउनका कारणले महँगोको गाडी बिक्री हुन छोडेको र सस्तो गाडीमा रुचि देखिएको उनले बताए ।

लकडाउनले गर्दा ठूला-ठूला व्यवसायीहरूले पनि सस्ता गाडीमा रुचि राखेको उनीहरुको भनाइ छ । जसले गर्दा सस्तो मूल्यका गाडीको माग भने थोरै भए पनि देखिएको उनीहरुको बुझाइ छ ।

‘कोरोनाले गर्दा धेरै महँगो चढ्नेले सस्तो गाडी चढ्ने भएका छन्’, सिप्रदी एस्युर्ड प्रालिका उप-महाप्रबन्धक ध्रुब रेग्मीले भने, ‘विगतमा महँगो चढ्ने मानिसले सस्तोका गाडी चढ्न थालेपछि सस्तो गाडीको माग बढेको छ ।’

उनका अनुसार विगतका ७०/८० लाख मूल्यका गाडी किन्नेहरुले ३०/४० लाखको गाडी हेर्न थालेका छन् । यसले गर्दा व्यवसाय प्रभावित भएको उनीहरूको भनाइ छ । साथै, १० देखि २० लाखसम्मको गाडी किन्ने ग्राहक भने बढेको उनले बताए ।

नयाँ किन्न छोडे, पुरानो बिक्री गर्ने बढे

कोरोनाले गर्दा बजारमा नयाँ मोडलका गाडी आएका छैनन् । तर, कोरोना कहरसँगै नयाँ गाडी किन्ने मोह कम भएको व्यावसयीहरूले बताए । उनीहरूका अनुसार पुरानो ल्याएर बिक्री गर्ने र नयाँ लग्ने प्रवृत्ति पनि बढेको जनाए ।

मानिसहरुको आर्थिक मन्दी देखिएसँगै मानिसहरूले सवारी साधनमा खर्च गर्न नचाहेको उनीहरूको भनाइ छ । मानिसहरुको मासिक शुल्क घटिरहेको बेलामा जे छ त्यसैमा काम चलिरहेको उनको भनाइ छ ।

वर्षातको मौसममा छुटमा आकर्षित नभएका ग्राहकहरु दशैं र तिहार जस्ता चाडमा भने खरिद गर्ने र त्यसले व्यवसायको गती बढाउनेमा व्यवसायीहरु विश्वस्त छन् ।


क्लिकमान्डु