लकडाउनमा जीवन बीमा कम्पनीको बीमा शुल्क बढ्यो, नेपाल लाइफ पहिलो हुँदा युनियनको टक्कर



काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत वर्ष १९.१८ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बढाएका छन् । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले बीमा समितिमा पठाएको विवरणअनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ३४ अर्ब ४८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

नवीकरण गरेर भने ५७ अर्ब ९७ करोड रुपैयाँ गर्न बीमा कम्पनी सफल हुँदा गत वर्ष कुल ९२ अर्ब ४५ करोड रुपैयँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा २८ अर्ब ९३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । नविकरण भएको शुल्क जोड्दा त्यस वर्ष जीवन बीमा कम्पनीले ८५ अर्ब २ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका थिए ।
बीमा शुल्क आर्जनका आधारमा यो वर्ष पनि नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा छ । नेपाल लाइफले गत आवमा १० अर्ब १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो भने १८ अर्ब ४ करोड रुपैयाँको बीमा शुल्क नविकरण गरेको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल (एलआईसी) छ ।

एलआईसीले ४ अर्ब १६ करोड रुपैयाँको प्रथम बीमा शुल्क र ११ अर्ब १५ करोड रुपैयाँको नविकरण शुल्क आर्जन गरेको छ ।

नयाँ आएका जीवन बीमा कम्पनीमा यूनियन लाइफ सबैभन्दा अगाडि छ ।

प्रथम बीमा शुल्क आर्जनमा यूनियन तेस्रो स्थानमा छ । यूनियनले पुराना ६ वटा कम्पनीलाई प्रथम बीमा शुल्क आर्जनमा जितेको छ । यूनियनले गत आवमा २ अर्ब ८६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।  नविकरण भने १ अर्ब ७९ करोड रहेको छ ।

लकडाउन खुलेपछि बीमा कम्पनीहरुले असारमा आक्रमक ढंगको ब्यापार गरेको ताथ्याङकले देखाएको छ । असार महिनामा मात्रै ११ अर्ब ६५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने १२ अर्ब ९० करोड रुपैयाँको नविकरण गरेका छन् ।

एक वर्षमा भएको प्रथम बीमा शुल्कमा ३३.७८ प्रतिशत बीमा शुल्क असार महिनामा मात्रै उठेको छ भने नविकरणतर्फ २२.२५ प्रतिशत नविकरण बीमा शुल्क असार महनिामा मात्रै संकलन भएको छ ।

गत वर्ष पूर्ण सरकारी लगानी रहेको राष्ट्रिय बीमा संस्थानले ९२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा ६ अर्ब १३ करोड रुपैयाँ छ ।

यस्तै नेशनल लाइफको प्रथम बीमा शुल्क आर्जन २ अर्ब ३५ करोड, नवितरणतर्फ ६ अर्ब ५६ करोड, मेट लाइफको प्रथम बीमा शुल्क १ अर्ब ३० करोड, नविकरण २ अर्ब ८५ करोड छ ।

त्यसैगरी एशियन लाइफ प्रथम बीमा शुल्क १ अर्ब ६० करोड नविकरण २ अर्ब ९२ करोड, सुर्य लाइफ प्रथम बीमा शुल्क १ अर्ब १३ करोड नविकरण १ अर्ब ५४ करोड,  गुँरास लाइफ प्रथम बीमा शुल्क ७८ करोड, नविकरण १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

यता प्राइम लाइफले प्रथम बीमा शुल्क १ अर्ब १९ करोड नविकरण १ अर्ब ८८ करोड, आईएमई लाइफले प्रथम बीमा शुल्क ७८ करोड नविकरण ५५ करोड, ज्याेति लाइफले प्रथम बीमा शुल्क १ अर्ब २३ करोड, नविकरण ६४ करोड, सन नेपाल प्रथम बीमा शुल्क ५७ करोड नविकरण ४८ करोड, रिलायन्स लाइफ प्रथम बीमा शुल्क ९१ करोड नविकरण ४७ करोड, रिलायबल प्रथम बीमा शुल्क १ अर्ब ७ करोड नविकरण ४० करोड रहेकाे छ ।

सिटिजन्स लाइफ प्रथम बीमा शुल्क १ अर्ब २३ करोड, नविकरण ६० करोड, सानिमा लाइफ प्रथम बीमा शुल्क ५५ करोड नविकरण २७ करोड, प्रभु लाइफले प्रथम बीमा शुल्क ८९ करोड नविकरण २८ करोड र महालक्ष्मी लाइफले प्रथम बीमा शुल्क ८० करोड र नविकरण शुल्क ५ करोड रुपैयाँ संकलन गरेका छन् । उक्त तथ्याङक बीमा कम्पनीहरुले समितिमा बुझाएका छन् ।


क्लिकमान्डु