उद्दार उडानमा बढी भाडा लिने ट्राभल एजेन्सीको लाइसेन्स खारेज हुन्छः पर्यटनमन्त्री भट्टराई



काठमाडौं । पर्यटन, सस्कृति तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले उद्दारका क्रममा कुनै पनि ट्राभल एजेन्सीले अस्वभाविक भाडा लिएको पाइएमा लाइसेन्स खारेज गर्ने बताएका छन् ।

बुधबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफलका क्रममा बोल्दै मन्त्री भट्टराईले कोरोनाको महामारीमा उद्दार गर्दा कसैले ब्रम्हलुट गरेको र अनियन्त्रित ढंगले भाडा उठाइएको पाइएमा लाइसेन्स खारेज हुने स्पष्ट पारे ।

कोरोना महामारीका समयमा विदेशमा रहेका नेपालीहरुको उद्दार गर्दा तोकिएको भाडादर महंगो भयो भन्ने सांसदको प्रश्नमा मन्त्री भट्टराईले भाडा महंगो नभएको जिकिर गरे ।

यसका लागि मन्त्रिपरिषदको बैठकले कार्यविधि पारित गरेको बताउँदै त्यसमा प्राथमिकता पनि सोही अनुसार तोकिएको बताए । जसमा सम्बन्धि देशमा रहेको नियोग वा दुतावासले प्राथमिकताका आधारमा नाम संकलन गरी पर्यटन मन्त्रालयमा बढाउने र त्यसका लागि कस्तो खालको उडानबाट आउने निश्चित हुने बताए ।

यसमा सम्बन्धित कम्पनीले कामदारलाई निशुल्क काठमाडौंमा ल्याउने हुन्छ वा सम्बन्धित देशले पनि ल्याउने खर्च सम्बन्धि देश र कम्पनीको हुने बताए । उनले त्यसबाहेक अप्ठ्यारोमा परेका र आर्थिक अवस्था कमजोर हुनेलाई सरकारलाई उद्दार उडान गर्ने बताए । त्यसबाहेक चौथो विकल्पमा सकेसम्म सस्तोमा भाडादर तोक्ने र सोही अनुसार आफै टिकट काटेर आउन सक्ने उनको भनाइ छ ।

‘ नेपालीहरु जो वैदेशिक रोजगारीमा गएका छन् उनीहरुलाई उद्दार गर्नका लागि सरकार प्रतिबद्ध छ, कतिपय देशले नेपालबाट आफ्ना नागरिक र नेपाली नागरिकलाई लगेका छन् । जसमा अमेरिका जान ३ हजार डलर, जापन जाँदा १५ सय डलरसम्म, हङकङ जाादा ८ सय डलरसम्म उठाइएको छ,’ उनले भने ।

यति धेरै महंगो भाडा तोक्दा पनि हामी कोही नबोल्दै भन्दै मन्त्रीले सरकारले सबैभन्दा सस्तो दरमा भाडा तोकेको बताए ।

उनले हङकङका लागि ५ सय डलर भाडा तोक्दा विरोध भएको भन्दै असन्तुष्टि जनाए ।

‘नेपाल एयरलाइन्सले ५ सय डलरमा ल्याउँछौं भन्दा विरोध भएको छ । जापान जानेले १५ सयसम्म तिरेर गए तर हामीले ९३५ डलर मात्रै तोकेका छौं । हामीले अष्ट्रेलियाका लागि १६१५ डलर तोकेका छौं तर विदेशी एयरलाइन्सले लैजाँदा २५ सय डलरसम्म लिएका छन्,’ उनले बताए ।

त्यस्तै, कोरियाको इपीएस प्रणालीमा जानेसँग १२ सयसम्म डलर उठाइएको थियो । त्यसममा हामीले प्रश्न उठायौं । त्यसपछि कोरियन एयरले १ हजार डलर प्रस्ताव पेश गरेको थियो त्यो अस्वीकार गरेपछि ७५० डलरको पुनः प्रस्ताव गर्यो । हिजो मात्रै आएर ६२५ डलरको प्रस्ताव आयो त्यसमा पनि हामीले ६ सय डलरमात्रै लिनुहोस भनेको मन्त्रीले बताए ।

त्यस्तै, यूएइको एयर अरेबियाले नेपालबाट यात्रु बोक्न अनुमति मागेको थियो तर उताबाट पनि यात्रु ल्याउँछौं भनेर सोध्दा प्रश्न गर्दा ५ सय डलर भन्यो । त्यसलाई हामीले अस्वीकार गर्यौं । हामीले ३६० डलरमा मात्रै भयो भने अनुमति दिन्छौं भन्यौं । यसमा एयर अरेबियाले घाटा हुन्छ भनेको छ ।

त्यस्तै, बंगलादेशको १६५ डलर, कतारको ३९२ डलर भाडा दर तोकेका छौं । सामान्य अवस्थामा पनि योभन्दा बढी भाडा दर बन्छ । हामीले सकेसम्म रनिङ कस्टमा मात्रै भाडादरमा ल्याउनुपर्छ भनेका छौं ।

उनले अमेरिका र युरोपबाट पनि नेपाली आउँदै गरेको बताउँदै, कुनै पनि एयरलाइन्सले नेपाली ल्याउँछ भने १५ सय डलरभन्दा बढी र युरोपको हकमा १२ सय डलर तोकेको बताए । योभन्दा पहिले युरोपमा २ हजार डलरसम्म लिएर यात्रु नेपालबाट लगेको उनको तर्क छ ।

उनले नेपाली विमान कम्पनीहरुले सरकारको तोकेको सहुलितय भाडादरमा ल्याउने दाबी गरे ।

नेपाली भएर हेर्दा नेपाली वायुसेवा कम्पनीलाई फाइदा पुगोस भन्ने तरिकाले हेर्छौ । केही युवासाथीहरु नेपाल एयरलाइन्समा धर्ना बस्न जानु भयो, अध्यक्षलाई हप्कीदप्की पनि गर्नु भयो । तर विदेशी विमानकम्पनीलाई प्रश्न गर्न नसकेको उनको भनाइ छ ।

‘वैदेशिक रोजगार कल्याणकारी कोषको कुरामा विशेष गरी खाडी देशमा जाँदा निश्चित पैसा जम्मा गर्नु भएको हुन्छ । त्यो पैसा चलाउने वा नचालउने सम्बन्धित मन्त्रालयको कुरा हो तै पनि हामीले केही पैसा त्यसबाट पनि खर्च गरौं भनेर भनेका छौं,’ उनले भने ।

उक्त रकम यहाँ आइसकेपछि होल्डिङ सेन्टरमा खाना बस्न र सम्बन्धि ठाउँमा जानका लागि सवारी भाडामा पनि खर्च हुने उनको भनाइ छ ।

उनका अनुसार लकडाउनको अवधिमा १०८ वटा उडानहरु भएका छन् । जसमध्ये ६६ वटा यात्रुवाहक र ४२ वटा कार्गो विमान उडान भएका छन् । जसमा ११ हजार ७०२ जना यात्रु नेपालबाट विदेश गएको बताए आएको उनले बताए । जसमध्ये ६४९ जना विदेशबाट नेपाल आएको । यस अवधिमा २५ वटा वायुसेवाले ५४ वटा उडान गरेका छन् भने ४ वटा वायु सेवाले बाँकी उडान गरेका छन् ।


क्लिकमान्डु