कोरोनाका कारण व्यवसाय ठप्प हुँदा यी व्यवसायी बने अर्बपति



केही साता अघिसम्म उनको नाम धेरैले सुनेका थिएनन । हुन सक्छ कि अहिलेसम्म पनि नसुनिएको होस् । तर लकडाउनका कारणले उनका कारणले तपाईले आफ्ना साथीहरुसँग कुराकानी गर्नु भएको हुन सक्छ ।

भिडियो कन्फरेन्सिङ कम्पनी ‘जुम’का संस्थापक एरिक युआन जीवनमा पहिलो पटक फोब्र्स म्याग्जिनको सूचीमा अर्बपतिहरुको सूचीमा सहभागी भएका छन् ।

‘फोब्र्स’ म्याग्जिनले एरिक युआनको सम्पत्ति ७.८ अर्ब अमेरिकी डलर अनुमान गरेको छ ।

माइनिङ इन्जिनियरिङ एरिक युआनको जन्म चीनको सानडोङ प्रान्तमा भएको थियो । चीनमा इन्जिनियरिङको पढाइ सकाएपछि उनले ४ वर्ष जापानमा जागिर गरे र त्यहाँबाट अमेरिका पुगेका थिए ।

सिलिकन भ्यालीमा प्रवेश
एरिक युआनको जीवनमा अझै पनि सफलता आउँन बाँकी थियो । तर एरिकका लागि यो यात्रा सहज भने थिएन ।

उनी बिल गेट्सबाट प्रभावित थिए । विश्वका सबैभन्दा धनी देश अमेरिकामा पुग्न चाहन्थे । ९०को दशकमा क्यालिफोर्निया टेक्नोलोजी कम्पनीमा पनि उनी पनि सहभागी हुन चाह्नथे । तर उनलाई सहजै स्वागत गर्नका लागि कोही पनि तयार थिएनन ।

अमेरिकामा बसेर काम गर्न अनुमति मिल्नुभन्दा अघि अमेरिकाले उनको भिसा ८ पटकसम्म रद्द गरेको थियो ।

तर कैयन चुनौतीपछि पनि सन् १९९७ मा एरिय युआन २७ वर्षको उमेरमा नयाँ जीवन शुरु गर्नका लागि सिलिकन भ्याली पुगे ।

भिडियो कन्फरेन्ङि एप
उनलाई अंग्रेजीमा पक्कै पनि केही समस्या थियो तर आफ्नो लक्ष्य प्राप्त गर्नका लागि धेरै समय भने लागेन । टेक्नोलोजी फर्म वेवएक्समा प्रोग्रामरका रुपमा करिअर शुरु गरेका उनले एक दशकमै वेवएक्सलाई अर्को ठूलो कम्पनी ‘सिस्को सिस्टम्स’ले खरिद गर्यो ।

यहाँ एरिक युआन इन्जिनियरिङ डिपार्टमेन्टमा चिफ भए ।

सन् २०११ मा उनले ‘सिस्को’का अधिकारी समक्ष एउटा यस्तो भिडियो कन्फरेन्सिङ एप डेभलप गर्नका लागि आइडिया दिए । त्यो डेस्कटपमा मात्रै होइन, ट्याब्लेटमा पनि काम गर्दथ्यो । साथै मोबाइल फोनबाट पनि एक्सेस गर्न सकिन्थ्यो ।

सिस्कोमा यो आइडिया खारेज गरिदिइयो । तर एरिक भने त्यत्तिकैमा रोकिएनन् । उनले आफ्नो बिजनेशन ‘जूम’ शुरु गर्नका लागि राजीनामा दिए ।

यसरी भयो जन्म
जुमको शुरुवात हुनुका पछाडि एउटा कथा छ ।

सन् २०१० भन्दा अघि चिनियाँ नागकिर एरिक युयान लङ डिस्टेन्स रिलेसनमा थिए । उनीकी प्रेमिका चीनकै अर्का ठाउँमा थिइन । उनीहरुबीचको दुरी १० घण्टाको रेल यात्रा बराबरको थियो । अर्थात् एक अर्कोलाई भेट्ने हो भने १० घण्टा रेलमा यात्रा गर्नुपथ्र्यो ।

हरेक समय १० घण्टाको लामो यात्राबाट पट्यार लागेका एरिकले भिडियो कल गर्ने एप निर्माण गर्ने आइडिया निकाले ।

जुमको शुरुवात हुनुभन्दा अघि उनलाई इन्टरनेटमा केही काम गर्नुपर्छ भन्ने योजना बनाएका थिए । यो प्रेरणा उनलाई बिल गेट्सको अन्तर्वार्ताबाट आएको थियो । तर चीनमा तत्कालिन समयमा इन्टरनेटको पहुँच उत्ति साह्रो राम्रो थिएन । त्यसैले उनी अमेरिका गएर केही काम गर्न चाहन्थे ।

तर अमेरिका जान उनलाई समस्या थियो । उनलाई अंग्रेजी पनि आउँदैनथ्यो । तर उनलाई सफ्वटेयरमा कोडिङ गर्न भने आउँथ्यो । कैयन कम्पनीमध्ये कोडिङका लागि अमेरिकी कम्पनी वेवएक्सले उनलाई निमन्त्रणा पठायो । तर अमेरिकाले भिसा दिएन । पटक पटक प्रयास गर्दा पनि दिएन । आठ पटकसम्म भिसा अस्वीकार भयो । तै पनि हार भने मानेनन र नवौं पटकमा उनले भिसा पाए ।

अमेरिकामा गएर सिस्को कम्पनीमा काम गर्दा गर्दा उनले आफ्नो काममा सन्तुष्ट हुन सकेनन् । साथै आफ्नो आइडिया अनुसारको काम गर्नका लागि नयाँ कम्पनी शुरु गर्ने योजना बनाए । र सन् २०११ मा काम छाडेर जुमको शुरुवात गरे । सिस्कोमा उनी मातहतमा काम गर्ने ४० भन्दा बढी इन्जिनियरलाई पनिसँगै जुममा ल्याए ।

त्यतिञ्जेलसम्म सिकेको अनुभवका आधारमा, अडियन्सको चाहनालाई ध्यानमा राख्दै उनले काम शुरु गरे । शुरुको २ वर्षसम्म अध्ययन र यसको विकासमा मात्रै खर्चिए ।

त्यसपछि लगानी जुटाउँदै जुमको शुरुवात गरे । र, सन् २०१३ जनवरीमा प्रडक्ट लञ्च गरे । सोही वर्षको मे महिनासम्ममा यसका ग्राहक १० लाख जना भइसकेका छन् । विस्तारै जुमको लोकप्रियता यति बढ्यो कि अहिले अर्बौ डलरको सम्पत्तिको कम्पनी बनेको छ ।


क्लिकमान्डु