कोरोना भाइरस भ्याक्सिनः रेमडेसिवियरले यसरी जगायो आशा



अमेरिकाले कोभिड–१९ को बिरामीको उपचारका लागि रेमडेसिवियर औषधिमा विश्वास दिलाउँदै ‘प्रष्ट’ प्रमाण पाइएको दाबी गरेको छ ।

उसले कोभिड १९ लाई यो औषधिले निको हुने समेत दाबी गरिएको छ ।

यो औषधिलाई क्लिनिकल ट्रायलमा यो औषधिको प्रयोगबाट बिरामीमा कोभिड १९ को लक्ष्ण १५ दिनको साटो ११ दिनमै देखिने दाबी गरिएको छ ।

यद्यपि अझैसम्म यो औषधिमाथिको जाँचलाई लिएर पूरै जानकारी आइसकेको भने छैन । तर विशेषज्ञहरु भने यदी यो औषधिसँग जोडिएको दाबी पुष्टि हुन्छ भने वर्तमान अवस्थाका लागि राम्रो समाचार भएको बताएका छन् ।

तर उनीहरु के पनि भन्छन भने यो औषधि कोभिड १९ का लागि जादुको पोका जस्तो भने छैन ।

यस औक्षधिबाट मानिसहरु ज्यान बचाउने क्षमताको विकास हुने र अस्पतालमा बोझ कम हुने बताइएको छ । साथै यसले लकडाउन समेत हटाउनका लागि सहयोगी हुने विश्वास लिइएको छ ।

कहाँबाट आयो यो औषधि?
यो औषधि खासगरी इबोलाको उपचारका लागि विकास गरिएको थियो । यो एक एन्टिवायर औषधि हो । कुनै पनि भाइरस जब मानिसको शरीरमा जान्छन तब आफूलाई बलियो बनाउनका लागि आफैले रेल्पिकेट अर्थात आफ्नो दोस्रो प्रतिहरु तयार गर्दछ । साथै मानिसको शरीरको कोषमा आउँछ । तर यो प्रक्रियामा भाइरलाई क एन्जाइमको जरुरी हुन्छ । यो औषधि त्यही एन्जाइममा आक्रमण गर्दै भाइरसको बाटोमा तगारो बन्छ ।

अमेरिकामा यस औषधिको ट्रायल अमेरिकाको राष्ट्रिय एलर्जी तथा संक्रामण रोग संस्थानमा भएको थियो । यो ट्रायल गर्दा १०६३ जना सहभागी थिए । यसमा केही बिरामीलाई यो ड्रग दिइएको थियो । साथै केही बिरामीलाई पेलेसिबो पनि दिइएको थियो ।

औषधिको दुनियाँमा प्लेसिबोको आयश ती चिजहरुसँग जोडिएको छ जसमा कुनै पनि मेढिकल गुण हुँदैन । यसमा पानी र सक्करको गोली जस्ता चिज हुन्छन् ।

कति उपलब्धीपूर्ण हुन्छ औषधि ?

अमेरिकाको राष्ट्रिय एलर्जी तथा संक्रामक रोग संस्थाका प्रमुख डा. एन्थनी फाउचीका अनुसार ट्रायलको आँकडा अनुसार यो औषधि कोभिड १९ सँग जोडिएका बिरामी ठीक हुनमा प्रभावित सावित भइरहेको छ ।

उनीहरुका अनुसार औषधि भाइरसको ब्लक गर्न सक्छ । साथै अब यो औषधिको माध्यमबाट हामीसँग बिरामीहरुको उपचार गर्नका लागि बाटो खुल्नेछ ।

यद्यपि यो औषधिले भने कोभिड १९ बाट हुने मृत्युका बारेमा स्पष्ट प्रभाव भने परेको छैन । औषधि दिइएका बिरामीहरुको मृत्युदर ८ प्रतिशत थियो । साथै जसलाई प्लेसीबो दिइएको थियो ती बिरामीमा मृत्युदर ११.६ प्रतिशत थियो । तर नतिजा संख्यात्मक रुपमा महत्वपूर्ण भने छैन ।

यसको अर्थ यो हो कि वैज्ञानिकहरु जो मृत्युदरभित्र छन् उनीहरुको आँलकन सही हो वा होइन भन्ने बताउन सक्षम अझै छैनन । साथै यसको फाइदा के हुने भन्ने स्पष्ट पनि भइसकेको छैन कि यो बिना औषधि ठीक हुनेहरु यो औषधिका कारण छिटो ठीक हुन्छन वा हुँदैनन । साथै यो कुन उमेर समूहमा बढी काम गर्छ ?

बिरामीहरुलाई आईसीयूमा जानबाट बचाउँछ वा बताउँदैन ? के यो औषधिले युवा र बृद्धाहरुलाई बढी असरदार हुन्छ ? औषधि स्वस्थ र बिरामीहरुमा कसरी असर गर्छ ? यसको उत्तर पनि अहिलेसम्म छैन ।

लन्डनका यूसीएल कलेजमा एमआरसी क्लिनिकल ट्रायल युनिटका निर्देशन प्रोफेसर महेश परमारका अनुसार यो औषधि व्यापक ढंगबाट उपलब्ध हुनु अघि नै कैयन कुराहरु स्पष्ट हुनु जरुरी रहेको बताउँछन् । ताकी यो औषधिका लागि लाइसेन्स दिन सकियोस ।

के फाइदा होला त ?
योसँगै सोसल डिस्टेन्सिङको आवश्यकता कम हुन सक्छ । अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर पिटर हार्बी यो समय व्यापक स्तरमा कोभिड १९ को औषधि खोजीको अभियान चलाइरहेका छन् ।

हार्बीले भने, ‘ हामीलाई पूरै नतिजा देखिनु जरुरी हुन्छ, तर यदी यो औषधिलाई लिएर गरिएका दाबी पुष्टि हुन्छन भने यो निकै राम्रो हो र कोभिड १९ को विरुद्धको लडाइका लागि यो निकै सुखद समाचार पनि हो ।’

बीबीसी


क्लिकमान्डु