चीनमा उत्पादित मेडिकल सामग्रीमा गुणस्तरको प्रश्न: नेपालदेखि युरोपहुँदै अमेरिकासम्मले किने



चीनको एक कारखानामा नक्कली एन९५ मास्क उत्पादन गरेको पाइएपछि ७० थान मास्क वरामत गरिएको छ । नेपालमा पनि आइतबार चिनियाँ सहयोग र नेपाल सरकार आफैले खरिद गरेका केही मेडिकल सामग्रीहरु समेत आइसकेका छन् ।

यस्तो अवस्थामा चिनियाँ मेकिडल सामग्रीको गुणस्तरीयतालाई लिएर प्रश्न उठ्न थालेको छ । र, यो नेपालमा मात्रै होइन, केही साता अघि मात्रै स्पेनमा चिनियाँ मास्क र परीक्षण किट गुणस्तरीय नभएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार समेत आइसकेका छन् ।

विश्वव्यापीरुपमा महामारी बनेको कोरोना भाइरसको रोकथामका लागि चीनमा अहिले साना तथा ठूला कम्पनीहरुले मास्क, टेस्टिङ किटलगायतका सामाग्री उत्पादन थालेका छन् ।

चीनले आफ्नो प्रयोगका लागि मात्रै नभइ अहिले संसार भरी नै कतै दान त कते बिक्रीमार्फत आफ्ना उत्पादन विश्वका सबै जसो देशमा पुर्याउँदै आएको छ । र, यो कोरोना भाइरस आएपछि मात्रै होइन, यसअघि पनि चिनियाँ कम्पनीले विश्वभरी नै आपूर्ती गर्दै आएका थिए ।

तर अझै पनि चीनमा उत्पादन हुने त्यस्ता सामग्रीको गुणस्तरीयतमा भने प्रश्न उठ्न छाडेको छैन ।

स्पेनिस अधिकारीहरुले त चिनियाँ कम्पनीबाट खरिद गरिएका टेस्टिङ किटको प्रमाणिकता जम्मा ३० प्रतिशत भएको उल्लेख गरेका थिए । जबकी यस्ता परीक्षण किटको प्रमाणिकता ८० प्रतिशतसम्म हुनुपर्ने मान्यता राखिन्छ ।

दक्षिण कोरियाले उत्पादन गरेको परीक्षण किट भने ९८ प्रतिशत प्रमाणिता भएको दाबी गरिँदै आइएको छ ।

यस विषयमा स्पेनमा रहेको चिनियाँ दूतावासले सिरिजमा ट्विट गर्दै चीनमा उत्पादित टेस्ट किट, सेन्जेन, बायोसी बायोटेक्नोलोजीले बनाएको र त्यो बेइजिङको प्रमाणित प्रदायकको सूचीमा नभएको बताएको थियो ।

साथै उसले ती सामग्रीहरु अलिबाबा जस्तो इकमर्स कम्पनीले तयार बनाएको राहत प्याकेजमा समावेश नगरिएको समेत दाबी गरिएको छ ।

स्पेनिस स्वास्थ्य अधिकारीहरुका अनुसार उनीहरुले नाम नभएको तेस्रो पक्ष बिक्रेतासँग ती सामग्री खरिद गरेका थिए । उनीहरुले सामान खरिद गर्दा युरोपियन युनियनको पालना गर्ने भन्दै चीन सरकारले प्रमाणित नगरेको सामग्री खरिद गरेको बताएका थिए ।

चिनियाँहरुको उक्त भनाइपछि पनि स्पेनिसहरुले त्यसलाई स्वागत भने गरेनन् । यद्यपि स्पेनिसहरु सरकारले कोरोना भाइरसको परीक्षणका लागि सयौं हजार परीक्षण किट उपलब्ध गराउनका लागि पर्खाइमा थिए ।

तर त्यहाँको सरकारले ४७५ मिलियन अमेरिकी डलर बराबरको आपतकालीन मेडिकल सामग्री चीनबाट खरिद गरे ल्याउने भनेसँगै यो विवाद अझ बढी चुलिएको थियो ।

तर यता बायोसी बायोटेक्नोलोजीले भने स्पेनिसहरुले परीक्षण किट प्रयोग गर्न नजानेको आरोप लगाउँदै परीक्षण कसरी गर्ने भनेर भिडियो जारी गरी सिकाउने प्रयास गरेका थिए ।

चीन विश्वमा कारदेखि विद्युतीय उपकरण उत्पादनका लागि प्रमुख केन्द्र हो । साथै पछिल्लो समय चीन मेडिकल सामग्री उत्पादनका लागि समेत प्रमुख केन्द्र बन्दै गएको छ । यसको कारण के हो भने यहाा सस्तोमा सामग्री उत्पादन हुन्छन् ।

तर डर के शुरु भएको छ भने यहाँ उत्पादन हुने सामानहरु नक्कली हुनुका साथै कम गुणस्तरीय पनि हुँदै गएका छन् । र, यो कोरोना भाइरस आउनुभन्दा अगाडिदेखि नै भइरहेको छ ।

यसअघि पनि चीनले विश्वमा प्रयोग हुने कुल मास्कको आधा उत्पादन एक्लैले गर्दथ्यो । र, मेडिकल सामग्रीको उत्पादनको केन्द्र बन्दै गएको थियो ।

जब चीनको हुवान प्रान्तमा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला पर्यो तब अन्य कम्पनीहरुले पनि व्यवसायलाई विस्तार गर्दै मास्कका साथै मेडिकल सामग्री उत्पादनमा जोड दिन थाले ।

यतिसम्म कि इलेक्ट्रिक कार उत्पादन गर्ने कम्पनी बीवाईडीले दैनिक ५० लाख मास्क र ३ लाख बोतल डिस्इन्फेक्सन उत्पादन शुरु गर्यो । त्यतिमात्रै होइन फोक्सकोन, ताइवानिज जस्ता कम्पनी जसले विशेष गरी ग्याजेट एप्पल कम्पनीका लागि आइफोन र अन्य चिनियाँ कम्पनीले आफ्ना कर्मचारीका लागि १० मिलियन मास्क उत्पादन शुरु गर्यो भने पछि यसले दैनिक १ मिलियन उत्पादन गर्न सक्ने बतायो ।

र अहिले चीनले दान गर्न वा बिक्री गर्नका लागि उत्पादन अझ बढाएको छ । जसरी गत जनवरीमा कोरोना भाइरसको प्रकोप देखियो त्यो इमेजलाई सुधार गर्नका लागि पनि उसले यस्तो कदम बढाएको छ ।

अहिले चीनमा उत्पादन भएका मास्क अनुदान प्याकेजमा रुपमा युरोपसँगै विकाकोन्मुख देश र अमेरिकामा समेत पुगेको छ ।

गत बिहीबार अमेरिकास्थित न्यूयोर्क सहरका गभर्नर एन्ड्रयु एम कोउमोले ट्विटमार्फत् चिनियाँ टेलिकम्युनिकेशन कम्पनी जुन अमेरिकामा व्यापार गर्नका लागि प्रतिबन्ध गरिएको छ उक्त कम्पनीलाई मास्क र प्रोटेक्टिभ गियर दान गरेकोमा धन्यवाद समेत दिए ।

चिनियाँ सरकारले यस्ता उत्पादनको वृद्धिमा हौसला दिए पनि पछिल्लो समयमा कमसल र प्रमाणित नहुने सामग्री उत्पादन नगर्न पनि भनेको छ । चीनले विश्वमा आवश्यकता अनुसारको सामग्री उत्पादन गर्न भनिसकेको छ ।

फेरि समस्या चीनमा मात्रै छैन, अमेरिकामा पनि छ । जब शुरुवाती चरणमा अमेरिकामा कोरोना भाइरसको परीक्षण किट ल्याइयो त्यो कमसल र दोषणूर्ण देखिएको थियो ।

‘जुन समयमा महामारी जस्तै ठूला घटना विश्वमा घट्छन त्यो समयमा अवसरलाई समात्नका लागि ठूला कम्पनीहरु पनि यसमा हाफ फाल्छन्,’ कोडी ज्याङले भने, ‘शुरुमा कुन ठीक वा कुन बेठीक भनेर छुट्टाउन गाह्रो हुन्छ ।’

ज्याङ एक नयाँ स्टार्ट अप कम्पनीका सीइओ हुन । उनको कम्पनीले मेडिकल सामग्री उत्पादन गर्छ र अहिले सर्टिफिकेसनका लागि पखाईमा छ ।

अहिलेसम्म चीनमा नियमनकारी नियकाले नक्कली मास्क, प्रमाणित नभएका तापक्रम नाप्ने गनहरु र डिस्इन्फेक्सनका बोतलहरु बिक्री गर्ने दशौं हजार पसल बन्द गराइसकेको छ । साथै हजारौंको संख्यामा यस्ता कम्पनी र व्यक्तिहरु मूल्य वृद्धि गराएको, नक्कली सामग्री उत्पादन गरिरहेको आरोपमा कारबारीमा समेत परिसकेका छन् ।

यो महिनाको शुरुवाततिर चिनियाँ नियमनकारी निकायले स्थानीय कानूनमार्पात नक्कली सामान बिक्रीका लागि रोक लगाउने प्रयास गरेको थियो ।

‘हामीले अर्को चरणमा कडा नियम लागू गर्नेछौं, साथै कारबाही गर्दै आममाफी समेत नदिइकन कडा कारबाही गर्नेछौं,’ बजार नियमनकारी निकायका एक अधिकारी चेन जिङचियाङले भने ।

अहिले चीनले ८८ हजार ५०० जना प्रहरीलाई विभिन्न पसलमा छापा हान्न निर्देशन दिइसकेको छ । जसबाट हजारौं केस दर्ता समेत भइसकेका छन् । जसमध्ये धेरै व्यापारीहरुले कम गुणस्तरका प्रोटेक्टिभ गियर बिक्री गरिरहेको पाइएको थियो ।

नेपा सरकारले पनि चीनबाट मेडिकल इक्विपमेन्ट खरिद गरेको छ । सरकारले ठूलो आर्थिक अनियमितता गरेको भन्दै आमसञ्चार माध्यमहरुमा समाचारहरु आइरहेका छन् ।

तर, सरकारले न चिनियाँ सामाग्रीको गुणस्तर भएको र महंगो मूल्यमा नकिनिएको भनेर प्रष्ट पार्न सकेको छैन ।

सार्वजनिक खरिद ऐनलाई लत्याउँदै कुनै एक व्यापारीको डिजाइनमा सरकारले चीनबाट मेडिकल इक्विपमेन्ट किनेको देखिन्छ । तसर्थ, सरकारले चीनबाट किनेर ल्याएका इक्विपमेन्टको गुणस्तरमा प्रश्न गर्नसक्ने प्रसस्तै आधारहरु छन् ।

भावानुवाद


क्लिकमान्डु