बुल मार्केटमा पनि किन बढेन ग्लोबल आइएमइ बैंकको सेयर मूल्य ? (प्राविधिक विश्लेषण)



काठमाडौं । केही सातायता सेयर बजार बुलिस ट्रेन्डमा छ । केही सातामै नेप्से सूचक ३०० भन्दा बढी अंकले बढेको छ । एकैदिन ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भई बजारमा नयाँ रेकर्ड कायम भएको छ ।

नेप्से बुलिस ट्रेन्डमा हुँदा धेरै सूचीकृत कम्पनीहरुको मूल्य आकाशियो । तर, अन्य धेरै सूचकका हिसाबले देशकै नम्बर वान बैंक बनेको ग्लोबल आइएमइ बैंकको सेयर मूल्य किन बढेन ? भनेर पाठकलाई जानकारी दिने उदेश्उले यो आलेखमा ग्लोबल आइएमइ बैंकको सम्रग र प्राविधिक विश्लेषण गरिएको छ ।

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४५ करोड ६५ लाख रुपैयाँ अर्थात् ३७ .१३ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा १ अर्व २२ करोड रुपैंया रहेओ थियो ।

जनता बैंकले कमाएको नाफासहित बैंकको खुद नाफा भने २ अर्ब १३ करोड ७२ लाख रुपैयाँ रहेको छ । मर्जर अघिसम्ममा जनता बैंकले ४५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले नाफाबाट स्त्याट्चुरि रिजर्भमा ६९ करोड ८४ लाख तथा रेगुरेटरी रिजर्भमा २३ करोड २ लाख रकम छुट्याएपछि वितरण योग्य मुनाफा १ अर्ब २० करोड ८५ लाख रुपैयाँ रहेको छ ।

बैंकले पुस मसान्तसम्ममा ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११ करोड ६७ लाख रुपैयाँ बढी हो । त्यस्तै खुद ब्याज, फि तथा कमिसन शीर्षकमा ४९.२५ प्रतिशत तथा खुद त्रेडिङबाट ३१.टछ प्रतिशत बढी आर्जन गरेको छ । ब्यक्तिगत खर्चमा ४९.३७ प्रतिशतले बढेर १ अर्व ज्ञट करोड र अन्य संचालन खर्चमा ४८ करोड छढ लाख रुपैंया पुगेको छ ।

सञ्चालन नाफा ६२ करोड २७ लाख रुपैयाँ बढेर २ अर्ब ३६ करोड ९० लाख पुगेको छ । कूल निक्षेप १ खर्ब ९७ अर्ब ४१ करोड रुपैयाँ रहेको यस बैंकले पुस मसान्तसम्ममा १ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४८ करोड ४१ लाख रुपैयाँ सञ्चित छ ।

त्यसैगरी, बैंकको शेयरधनी कोषमा १ अर्ब ९ करोड ४० लाख र शेयर प्रिमियममा ५३ लाख ९३ हजार रुपैयाँ छ । बैंकको निष्क्रिय कर्जा ०.७५ प्रतिशतबाट बढेर १.२० प्रतिशत पुगेको छ । त्यस्तै बैंकको पुंजी कोष लागत ६.७९ प्रतिशत, सिडी रेसियो ७८.९८ प्रतिशत ब्याज स्प्रेड रेटदर ५.३१ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५३ पैसा छ । त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात १३.१० गुणा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ २३ पैसा छ ।

यो बैंकको दुई हप्ताको फ्लोरसिटबाट हेर्दा खरिदमा ब्रोकर न ४, २८, ४२ तथा ४९ बिक्रीमा ब्रोकर नं. ४२, ३८, ४९, ३५ तथा १७ न ब्रोकरबाट सबैभन्दा बढी कारोवार भएको देखिन्छ । त्यस्तै बजार मूल्य २९४ तथा ३१५ को तहमा २ लाख १५ हजारदेखि ४ लाख ३० हजार कित्ता शेयर कारोबार भएको छ ।

मैनबत्ति आकृति विश्लेषण

ग्लोबल बैंक लिमिटेडको कारोवार बन्द हुँदा लामो आकारको बुलिस मैनबत्ति बनेको छ, जसमा माथिल्लो भागमा मात्र स्याडो छ । यसले खरिदकर्ताको उच्च मनोबल रहेको संकेत गर्दछ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई)

साताको अन्तिम दिन कारोबार बन्द हुँदा आरएसआई ४४ दशमलव ३०.६५ स्केल आएको छ । आरएसआई ओभरवट जोनबाट पनि ६० स्केलबाट माथि गएकोले बुलिस मोमेन्टोम छ । रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ले अधिक खरीद (ओभरशोल्ड जोन) मूल्य वा अधिक बिक्री (ओभरबट जोन) परिवर्तनहरूको परिमाण मापन गर्दछ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

फेव १७ मा एमएसिडी र सिग्नल बुलिस क्रश भएको थियो । अहिले पनि यहि प्रकियाले निरन्तरता पाएको छ भने एमएसिडी र सिग्नल रेखाको दुरी पनि धेरै छ । र, हिस्टोग्राम पनि सेन्ट्रल लाईन भन्दा माथि विस्तारै वृद्धि हुदै गएकोले खरिदको चाप बढी रहेको देखिन्छ । एमएसीडीमा दुई ओटा रेखा हुन्छन्, जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ ।

बोलिंजर ब्याण्ड

यस साताको कारोवार बन्द हुँदा मुल्यले माथिल्लो ब्याण्डलाई छेडेर गएको छ । यसलाई प्राविधिक विलेशनको भाषामा ब्रेक आउट भनिन्छ । यस सूचकले बजारको भोलाटिलिटी मापन गर्दछ ।

कमोडीटि च्यानल इन्डेस्क

कमोडीटि च्यानल इन्डेस्क धनात्मक १८२ स्केल छ । बजार धनात्मक १०० भन्दा माथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

निश्कर्ष

जनता बैंकलाई मर्जर पछि ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब १३ करोड ७२ लाख रुपैयाँ मुनाफा कमाएको छ । बैंकले नाफाबाट स्त्याट्चुरि रिजर्भ तथा रेगुरेटरी रिजर्भमा २३ करोड २ लाख रकम छुट्याएपछि वितरण योग्य मुनाफा १ अर्ब २० करोड ८५ लाख रुपैयाँ रहेको छ ।

बैंकले ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै मर्जरको कारणले निष्क्रिय कर्जा ०.७५ प्रतिशतबाट बढेर १.२० प्रतिशत पुगेको छ । बैङ्कको मर्जरले कारोवार तथा शाखाहरुको वृद्धि सँगै ब्यतिगत तथा संचालन खर्चमा करिव ५० प्रतिशतले बढेको छ ।

ग्लोबल बैङ लिमिटेडको कारोवार बन्द हुँदा लामो आकारको बुलिस मैनबत्ति बनेको छ ।आरएसआई ६५ स्केल, एमएसिडी र सिग्नल बुलिस क्रश, कमोडीटी च्यानल इन्डेस्क धनात्मक १८२ स्केल तथा बुलिंजर ब्याण्डको माथिल्लो ब्याण्डलाई ब्रेक गरेको छ । यस सूचकले खरिदकर्ताको उच्च मनोबल रहेको संकेत गर्दछ । मुभिंग एभरेजको माथि मूल्य रहेकोले पनि ग्लोबल बैंक बुलिश मोमेन्टम रहेको पुष्टि गर्दछ ।

गत साता बैंकिङ सेक्टरमा उचाल आउदा ग्लोबल बैंक सबैभन्दा कम बढेको छ । ग्लोबल बैंक लिमिटेडको २० रुपैयाँ अर्थात् करीब ८ प्रतिशतले मात्र वृद्धि भएको देखिन्छ । जवकि अन्य बैंकले मूल्य गत साताभन्दा करिब औसत १५ देखि २० प्रतिशतले बढेको छ ।

यसको कारण प्रमुख कारण ठुलो चुक्ता पुँजी भएकोले आपूर्ति हुने गर्दछ । बैंकिङ सेक्टरको औसत मूल्य आम्दानी करिव १८ प्रतिशत रहेको ग्लोबल बैंक मूल्य आम्दानी १३.५८ प्रतिशत रहेको छ । यसको आधारमा पनि छोटो अवधिको लागि  नभई दीर्घकाल अवधि लागि ग्लोबलको सेयरमा लगानी गर्नु राम्रो देखिन्छ ।


पुष्प दुलाल