६ महिनामा १३ अर्बबढी बीमा शुल्क संकलन, कसको कति ? (सूचीसहित)



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १३ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।
नेपालमा सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीले गतवर्षको असार मसान्तसम्म अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि, इन्जिनियरिङ तथा अन्य क्षेत्रको बीमाबाट उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा समितिबाट उपलब्ध तथ्यांक अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमास ९पुस मसान्त०सम्म सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीमध्ये १९ वटा कम्पनीले १३ अर्ब ३६ करोड ५० लाख रुपैयाँ प्रिमियम शुल्क संकलन बीमा समितिले जनाएको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण समावेश गरिएको छैन ।

चालु आवको दोस्रो त्रैमासमा ४ वटा निर्जीवन बीमा कम्पनीले १ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् भने ९ वटा कम्पनीले ५० करोड रुपैयाँ बढी र बाँकी कम्पनीले ५० करोड रुपैयाँभन्दा कम बीमा शुल्क संकलन गरेका छन् ।

१ अर्ब बढी बीमा शुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् ।

समितिबाट प्राप्त विवरणअनुसार ६ महिनामा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरेको छ भने सबैभन्दा कम सानिमा जनरल इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरेको छ ।

शिखरले १ अर्ब ८२ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने सानिमा जनरल इन्स्योरेन्सले १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको समितिले उपलब्ध गराएको तथ्यांकले देखाएको छ ।

बीमा शुल्क आर्जनमा दोस्रो नम्बरमा भने सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले ६ महिनामा १ अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

त्यस्तै पुस मसान्त सम्ममा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीको सुचीमा तेस्रो स्थानमा नेको इन्स्योरेन्स रहेको छ । कम्पनीले ६ महिनामा १ अर्ब १६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने चौथो स्थानको सिद्धार्थ इन्स्योरेन्स १ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरी अर्ब बढी बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनीको सुचीमा परेका छन् ।

बीमा समितिको तथ्यांक अनुसार १ अर्ब रुपैयाँभन्दा कम र ५० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गर्ने निर्जीवन बीमा कम्पनीहरुमा एनजीएल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रिमियम इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स पु्रण्डेन्सियल इन्स्योरेन्स र दि ओरेन्टीयल इन्स्योरेन्स रहेका छन् ।

यस्तै, चालु आवको दोस्रो त्रैमासमा ५० करोड रुपैयाँभन्दा कम बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनीहरुमा नेशनल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स रहेका छन् ।

कुन निर्जीवन बीमा कम्पनीको बीमा शुल्क कति ?

नोट- उक्त तथ्यांक समितिद्वारा प्राप्त प्रारम्भिक विवरण कम्पनीहरूले एनएफआरएफको वित्तीय विवरणअनुसार सार्वजनिक गर्दा फरक पर्न सक्छ ।


क्लिकमान्डु