ठूलो बन्न आत्तिएर नदौडिने सनराइज बैंकको रणनीति, मर्जमा नगई बेस्ट बन्नसक्छौं: सीइओ पौडेल



प्रत्येक बैंकको सञ्चालक समितिको छुट्टाछुट्टै रणनीति हुन्छ । हाम्रो सञ्चालक समितिको रणनीति ठूलाको पछि दौडिने भन्ने छैन । सुदृढ र बलियो बैंक हुनुपर्छ । जुन युगौयुग टिक्न सकोस् ।

बिजनेशमा आजै ठूलो बनौं, आजै कमाऔं भन्नुभन्दा पनि थोरै खाऔं, स्वस्थ रहौं र दीर्घकालसम्म टिकिरहन सकौं भन्ने रणनीति उत्तम हुन्छ ।

मेरा लागि बिगभन्दा बेस्ट बैंक ठूलो हो ।

आकारको हिसाबले ठूलो बन्नुभन्दा पनि बैंक र बैंकर बलियो बन्नुपर्यो । सुदृढ हुनुपर्यो । कम्प्लाइन्सको पूर्णरुपमा पालना गरेको हुनुपर्यो । पारदर्शी हुनुपर्यो ।

हो, यही यात्रामा म छु, अर्थात् सनराइज बैंक छ । सनराइज बैंक गभर्नेन्सका हिसाबले धेरै राम्रो बैंक हो ।

मर्जर स्वतस्फूर्त हुनुपर्छ । बलजफ्ती गरिएको मर्जरले राम्रो परिणाम दिँदैन । यो संसारभरको अभ्यासले प्रमाणित गरिसकेको विषय हो ।

तपाईंलाई चाँडो रिजल्ट आयो भने धान वा अन्य कुनै खेती गर्नुहोस् । दशौं वर्षपछि रिजल्ट चाहिएको छ भने रुख रोप्नुहोस् । फल फल्न थालेपछि आम्दानी हुन्छ । नत्र काठ बेचेर पनि आम्दानी गर्न सक्नुहुन्छ । तपाईंलाई रिजल्टको टाइमफ्रेम छैन भने बैंक खोल्नुहोस् । बैंकमा लगानी गर्नुहोस् ।

नीतिगतरुपमा आउने प्रोत्साहनले राम्रो गर्छ । अहिलेसम्म नेपालमा प्रोत्साहन नै भइरहेको छ । राज्यले प्रोत्साहन गरेको अवस्थामा कतिपय बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमा सहभागी भइसकेका छन् । कतिपय हुने क्रममा छन् भने कतिपयले मर्जर नगएरै भएपनि सुदृढ र सबल बन्दै अघि बढ्ने रणनीति पनि बनाएका छन् ।

बिजनेश अरुको रणनीतिले होइन, आफ्नो रणनीतिले गर्ने हो ।

सबै मान्छे बिल गेट्स हुन सक्दैनन् । धनी, मध्यमवर्ग र गरिब पनि हुन्छन् । यो कुरा संस्थाहरुका हकमा पनि लागू हुन्छ । कस्तो बन्ने भन्ने कुरा सम्बन्धित व्यक्ति वा संस्थाको रणनीति हुन्छ ।

सनराइज बैंकको रणनीति आँखा चिम्लेर होइन, आँखा खोलेर बिजनेश गर्ने हो । किनभने हामीले सर्वसाधारणको पैसामा व्यवसाय गरिरहेका छौं । ग्रोथका लागि अन्धाधुन्ध बिजनेश बढाउने हो भने त्यो दीर्घकालीन हुन धेरै गाह्रो हुन्छ भन्ने हाम्रो मान्यता हो ।

र, सर्वसाधारणको पैसाको जगेर्ना गर्नु हाम्रो दायित्व हो । राष्ट्र बैंकले जारी गरेका नीति नियमहरु अक्षरस पालना गर्नु हाम्रो प्रथम दायित्व हो । त्यसमा हामी कमा र फुलिस्टपसम्मको पनि जोखिम लिँदैनौं ।

गुड गभर्नेन्स, बेस्ट कर्पोरेट प्राक्टिस र कर्पोरेट कल्चरका हिसाबले हामी अघि बढ्छौं । कोही ठूलो भयो भन्दै आत्तिएर ठूलै बन्न हामी कदापि दौडिने छैनौं । हामी आफ्नो गतिमा हिँडिरहने छौं । अग्र्यानिक ग्रोथमै हामी रमाउँछौं ।

राष्ट्र बैंकले मर्जरमा जान प्रोत्साहन गरेको छ । हामीले आधा दर्जन बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जरका लागि कुराकानी पनि गर्यौं । गरिरहेकै छौं । हाम्रो रणनीतिसँग मिल्ने संस्था भेटेको खण्डमा मर्जरमा जान्छौं । नियामक निकायको इच्छा र प्रोत्साहनलाई परिपूर्ति गर्न हामी उत्प्रेरित छौं ।

यो मितिभित्र मर्जर हुनुपर्छ भनेर हामीले पार्टनर खोज्दै हिँडेको अवस्था छैन । मनमिल्ने जोडी पाए मर्जर तथा एक्वायरमा सहभागी भएर थप सिनर्जीका साथ अघि बढ्ने कुरामा भने हामी खुल्ला छौं । हामी पर्ख र हेरको अवस्थामा छौं ।

सबै मान्छे बिल गेट्स हुन सक्दैनन् । धनी, मध्यमवर्ग र गरिब पनि हुन्छन् । यो कुरा संस्थाहरुका हकमा पनि लागू हुन्छ । कस्तो बन्ने भन्ने कुरा सम्बन्धित व्यक्ति वा संस्थाको रणनीति हुन्छ ।

तपाईंलाई चाँडो रिजल्ट आयो भने धान वा अन्य कुनै खेती गर्नुहोस् । दशौं वर्षपछि रिजल्ट चाहिएको छ भने रुख रोप्नुहोस् । फल फल्न थालेपछि आम्दानी हुन्छ । नत्र काठ बेचेर पनि आम्दानी गर्न सक्नुहुन्छ । तपाईंलाई रिजल्टको टाइमफ्रेम छैन भने बैंक खोल्नुहोस् । बैंकमा लगानी गर्नुहोस् ।

हरेक वर्ष प्रतिफल खोज्नेले खेती गर्नुपर्यो । बैंकमा लगानी गर्नु भएन । हामीकहाँ थोरबहुत यो समस्या पनि छ । लहडमा बैंक खोल्ने कुरा हुँदैन ।

सनराईज बैंक आकारमा सानो होला । तर, एक्लै हिँडेर भएपनि सबल र सुदृढ बैंकका रुपमा युगौयुगसम्म टिक्न सक्छ ।

अहिले १२९ वटा शाखा छन् । ५/६ दर्जन शाखामा कस्टुमर एडभाइजरी डेस्क राखेका छौं । धेरै कर्मचारी थुपारेर खर्च बढाउनुपर्ने आवश्यकता थिएन । हामीले दूरदराजमा भएका ग्राहकलाई बैंकिङ गर्दा के फाइदा हुन्छ, बचत गर्दा के फाइदा हुन्छ भनेर वित्तीय साक्षरता दिने उद्देश्यले यस्तो डेस्क स्थापना गरेका हौं ।

सबल र सुदृढ बन्नका लागि हामीले हाम्रो सेवाको गुणस्तर बढाउँदै लैजानु पर्छ । नयाँ र पूरानो पुस्तालाई सँगसँगै लिएर हिँड्न सक्नुपर्छ । नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै अघि बढ्न सक्नुपर्छ । हामीले यसमा केही सोच पनि बनाएका छौं ।

भोलिका दिनमा सनराइज बैंकमा राति १ बजे आएर आफ्नो लकरमा भएको सामान झिक्न र राख्न सकिनेछ । त्यो बेला ग्राहकलाई आर्टिफिसियल इन्टलीजेन्सले सहयोग गर्छ ।

हामी ग्राहकलाई २४सै घन्टा बैंकिङ सेवा दिने सोचमा छौं । आर्टिफिसियल इन्टलीजेन्सको प्रयोग गरेर हामी जुनसुकै समय पनि ग्राहकको सेवा गरिरहने योजनामा छौं । मैले सञ्चालक समिति समक्ष नयाँ भवन बनाउँदा हाइटेक बनाउन प्रस्ताव गरेको छु । रिसर्च र आइटी टिपार्टमेन्टलाई आगामी दिन वर्षभित्र रोवर्टले बैंकिङ सेवा दिने व्यवस्था मिलाउनका लागि आवश्यक तयारी गर्न भनिसकेको छ ।

भोलिका दिनमा सनराइज बैंकमा राति १ बजे आएर आफ्नो लकरमा भएको सामान झिक्न र राख्न सकिनेछ । त्यो बेला ग्राहकलाई आर्टिफिसियल इन्टलीजेन्सले सहयोग गर्छ ।

उदाहारणका लागि तपाई मध्यरातमा सेवा लिन आउनुभयो भने रोवर्टले सोध्छ– यति राति आउनुभयो, तपाईंलाई स्वागत छ । म के सेवा गरुँ ?

तपाईं आफ्नो कार्ड वा कोड नम्बर थिच्नुहुन्छ । त्यसपछि मूख्य ढोका खुल्छ । र, तपाई भित्र जान पाउनुहुन्छ । तपाईं आफ्नो लकरसम्म सीधै पुग्न पाउनुहुन्छ । त्यहाँ तपाईंलाई सेवा दिन रोवर्ट हुन्छ । त्यहाँको सिस्टममा तपाईंले आफ्नो पिन थिचेपछि रोवर्टले तपाईंको लकर तपाईं बसेकै ठाउँमा ल्याइदिन्छ । तपाईंले सामान राख्ने वा झिक्ने के हो त्यो काम गर्न सक्नुहुन्छ । त्यसपछि रोवर्टले उक्त लकर पहिलेकै ठाउँमा राखिदिन्छ । तपाईंले अरुको लकर हेर्न पनि पाउनुहुन्नन । सुरक्षित पनि हुन्छ । (कुराकानीमा आधारित)


पुष्प दुलाल