३ पटकको बिज्ञापनपछि निगमको बोइङ विमान ६५ करोडमा बिक्री हुँदै, सीएसडीएसले खरिद गर्ने



काठमाडौं । बिक्रीका लागि राखिएको नेपाल वायु सेवा निगमको दोस्रो बोइङ विमान ७५७ गण्डकी ५.७१ मिलियन डलरमा सीएसडीएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले खरिद गर्ने भएको छ ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दले बोलकबोलमा  २ अमेरिकन कम्पनी सीएसडीएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ र एमके एभिएसन र अर्को पोल्यान्डको कम्पनी एभियोन एक्सप्रेस सहभागी थिए । जसमध्ये अमेरिकाको सीएसडीएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङले ५.७१ मिलियन अमेरिकी डलर अर्थात् ६५ करोड रुपैयाँमा खरिद गर्ने भएको छ ।

निगमको बोर्ड बैठकले उक्त निर्णय गर्नेछ ।

उक्त विमान खरिदका लागि गत साता सीएसडीएससँगै एभियोन र एम एभिएसन कम्पनी सहभागी थिए ।

कल साइन ‘नाइन–एन–एसीबी’ भएको उक्त सहाज ७५७–२०० एफ ८ सीबी मोडलको हो । सन् १९८८ मा बनेको उक्त विमानले हालसम्म ८९ हजार घण्टा उडान भरिसकेको छ ।
यसअघि निगमले आफूसँग भएको बोइङ बिक्रीका लागि तेस्रो पटक सूचना निकालेको थियो ।

निगमले पहिलो पटकको सूचनामा उल्लेख भएको रकमभन्दा ४४ प्रतिशत आधार मूल्य राखेको सूचना निकालेको थियो ।

विमान सन् २०२० को फेब्रुअरीसम्म मात्रै उड्न सक्ने लाइफ भएकाले छिटो बिक्री गर्नुपर्ने दबाबमा निगमले नेगोसिएसनमा बिक्री गर्ने भएको थियो । कम्पनीले विमान बिक्रीका लागि सुरुको मूल्यांकनमा ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात ८७ करोड ५० लाख रुपैयाँलाई आधारमूल्य तोकेको थियो ।

यसअघि प्रस्तावित मूल्यभन्दा निकै तलको मूल्यमा प्रस्ताव आएपछि निगमले तेस्रो पटक ४४ प्रतिशत छुटसहित कात्तिक २६ गते सूचना निकालेको थियो ।

निगमले वोइङ(७५७ एसिवि कर्णाली ९कलसाईन० विमानको मूल्याङकन गर्नका लागि स्वीस कम्पनी फिन्टेक ग्लोवललाई छनोट गरेको थियो ।

विमान मर्मत् सम्भार गर्नका लागि धेरै रकम खर्च गरेको तथा विमान पुरानो हुँदै गएकाले सञ्चालन, इन्धन खर्च बढी भएपछि निगमले कर्णाली विमान बेच्ने निर्णय गरेको थियो ।

निगमले सन् १९८० मा तत्कालिन समयमा अमेरिकन वोइङ कम्पनीसँग ऋणमा विमान खरिद गरेको थियो ।

पिन्टेक कम्पनीले विमानको पार्टपुर्जा र त्यसका यन्त्र उपकरण समेतको मूल्यांकन गरी आधार मूल्य कायम गरेको थियो । १९० सिट क्षमता रहेको विमानमा १६ वटा विजनेस क्लासका सिट छन् ।


क्लिकमान्डु