‘बुलिस ट्रेण्ड’मा लाग्दै निर्धन उत्थानको सेयर, दीर्घकालिन लगानीकर्ताले होल्ड गर्दा फाइदा

966
Shares

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४३.४८ प्रतिशतले बढाएर २१ करोड ६३ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधि १५ करोड ७ लाख रुपैंया नाफा कमाएको थियो ।

निर्धन उत्थानको चुक्ता पूँजी २० प्रतिशत बढ्दा नाफा ४३ प्रतिशत बढेको हो । लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेर १ अर्ब २० करोड कायम भएको छ । लघुवित्तले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पूँजी बढाएको हो । लघुवित्तले असोज मसान्तसम्ममा ११ अर्ब ६५ करोड ३ लाख रुपैयाँ निक्षेप र ७ अर्ब ५६ करोड ४९ लाख सापटीबाट कूल २० अर्ब १३ करोड ७० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । निर्धनले ४५ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यो गत आवको यसै अवधिको तुलनामा ७ करोड ७५ लाख रुपैयाँले बढी हो ।

पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको जगेडा कोषमा २ अर्ब २९ करोड ९८ लाख रुपैयाँ जम्मा भएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३१.५८ प्रतिशत बढी हो । त्यसैगरी, लघुवित्तले सो अवधिसम्ममा ३४ करोड १७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको तुलनामा निष्क्रिय कर्जामा ०.२८ प्रतिशत विन्दु बढेर १.३० प्रतिशत पुगेको छ ।

लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ३ करोड २५ लाख रुपैयाँ छुट्याएको छ । चुक्ता पूँजीको अनुपातमा खुद नाफा धेरै बढेपछि लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवको असोज मसान्तसम्ममा ६० रुपैयाँ ३१ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी चालु आवको सोही अवधिमा बढेर ७२ रुपैयाँ १२ पैसा कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६०.३१ पैसाबाट बढेर ७२.१२ रुपैंया , प्रतिशेयर नेटवर्थ १७ रुपैयाँ २२ पैसा बढेर २९२ रुपैयाँ रहेको छ ।

अन्य वित्तीय अनुपातहरुमा तरलता अनुपात १०.०५ प्रतिशत,पुंजी कोष अनुपात अर्थात् क्यापिटल फण्ड टु आरडब्लुए १४.६५ प्रतिशत ,कोष लागत ८.६५ प्रतिशत रहेको छ ।
फ्लोरसिट
निर्धनको फ्लोरसिटबाट हेर्दा खरिदमा ब्रोकर न ३४,३२,१ तथा ५३ विक्रीमा ब्रोकर न ३४,४,४८ तथा ५७ न ब्रोकरबाट सबैं भन्दा बढी कारोवार भएको देखिन्छ । त्यस्तै बजार मूल्य ९२७ , ८९० तथा ८६५ को तहमा ७ हजार देखि ६ हजार कित्ता शेयर कारोवार भएको छ ।

प्राविधिक विस्लेषण

मैनबती आकृति विश्लेषण
निर्धन उत्थानको बुधवार कारोवार बन्द हुँदा लामो आकारको बुलिस मैनबत्ति बनेको छ,जसमा माथिल्लो भागमा मात्र स्याडो छ । यसले खरिदकर्ताको उच्च खरिदकर्ताको न्युन मनोबल रहेको संकेत गर्दछ । त्यसको वावजुत पनि माथिल्लो भागको स्याडोले सस्तोमा किनेको लगानीकर्ता नाफा पनि बुकिङ्ग गर्दै गएको छ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स ( आरएसआई )

रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ले अधिक खरीद (ओभरशोल्ड जोन) मूल्य वा अधिक बिक्रि (ओभरबट जोन) परिवर्तनहरूको परिमाण मापन गर्दछ । साताको अन्तिम दिन कारोबार बन्द हुँदा आर.एस.आई ५८ दशमलव ३६ बाट ७७ दशमलव ४७स्केल आएको छ । आरएसआई ओभरवट जोनबाट पनि माथि गएकोले बुलिस मोमेन्टोम छ । आरएसआई लगातार ७० स्केल भन्दा माथिबाट फर्केको अवस्थामा सुधारको संकेत हुने गर्दछ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा दुई ओटा रेखा हुन्छन जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । यदि एम।एसी।डी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेत र एमएसीडी रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिईन्छ । निर्धन उत्थान माइक्रोफाइनान्स वित्तीय संस्थाकों सेन्ट्रल लाईन भन्दा माथि २५ नोबेम्बर एमएसिडी र सिग्नल बुलिस क्रश भएको थियो । अहिले पनि यहि प्रकियाले निरन्तरता पाएको छ ।

बोलिंजर ब्याण्ड

बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांक शांस्त्रको स्ट्यडर्ड डेभिएसनको सुत्र प्रयोग भएकोले एक आपसमा निश्चित दुरी तय गर्छ । यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ । निर्धन उत्थान माइक्रोफाइनान्स वित्तीय संस्थाको चार्ट हर्दा मुल्यले माथिल्लो ब्याण्डलाई छेडेर गएको छ । यसलाई प्राविधिक विश्लेषणको भाषामा ब्रेक आउट भनिन्छ ।

कमोडीटि च्यानल इन्डेस्क

बुधवार कारोवार बन्दसंगै कमोडीटि च्यानल इन्डेस्क धनात्मक ३३८ स्केलमा आएको देखाउछ । सिसिआई धनात्मक १०० तथा ऋणात्मक १००मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दा माथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

निस्कर्ष

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो त्रैमाससम्ममा ४३.४८ प्रतिशतले खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा बढ्नुको कारण खुद ब्याजमा २०.३५ प्रतिशत,अन्य संचालनमा आम्दानीमा १०७ प्रतिशतको नाफाले गर्दा हो । कुनै पनि कम्पनी राईट ब्याक बिना संचालनबाट मात्र नाफा गर्छ भने राम्रो मानिन्छ । त्यस्तै निक्षेपमा ३० प्रतिशत तथा कर्जा प्रवाहमा २५.४१ प्रतिशतले बढेको छ । पुंजी बढेको पनि प्रतिशेयर आम्दानीमा १९.५८ प्रतिशत कोषले वृद्धि र कोष लागत शुन्य दशमलव २८ प्रतिशतले घट्नु सबल पक्ष हो । निस्क्रिय कर्जा भने ०.२० प्रतिशतले बढेको छ ।

निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट २५ प्रतिशत बराबरको ३० करोड रुपैयाँको बोनस र बोनसमा लाग्ने कर सहित १५.५३ प्रतिशत बराबरको १८ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँको नगद लाभांश गरि कूल ४८ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ बराबरको ४०.५३ लाभांश प्रस्ताव गरेको छ। हालको बजार मूल्यलाई आधारमा मान्दा ४ प्रतिशतको एल्ड हुन्छ । हाल १ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रस्तावित ३० प्रतिशत बोनस वितरण पश्चत एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । प्राविधिक विश्लेषणको आधारमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बुलिश मोमेण्ट्म रहेको छ । १४ दिने आर एस आईको ७७ को स्केल भन्दा माथि रहेको अवस्थामा केहि सतर्क अपनाउनु पर्ने हुन्छ। यदपि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको आधारभूत पक्ष राम्रो रहेकोले दिर्घकालसम्म लगानी स्टक हो।

Skip This