पूँजीवादी विकासको बाटो होइन, बीपीको समाजवाद्को बाटोमा हिडौं: प्रदिप गिरीको विचार



आज बीपी कोइरालाको जन्मजयन्ती । १०५ वर्ष अगाडि नेपालमा बीपी कोइरालाको जन्म भयो । उहा महामानव हो । बीपी कोइरालासँग सहकार्य गर्ने मौका म आफुले पनि पाएको थिए । सारा इतिहासको लागि स्मरिण हुनुहुन्छ । आजको नेपाललाई केन्द्रीय अवधारणा छ ।

नेपालको संविधानले समाजवाद् उन्मुख भनेर घोषणा गरेको छ । बीपी कोइरालाले आजीवन समाजवादी भनेर चिनाउनुभयो । त्यो अनुसार लेख र पढाई केन्द्रीत गर्नुभयो । आजको दिनमा बीपी कोइरालाको अवधारणा सम्झन म आग्रह गर्न चाहन्छु ।

राणा शासन अनशन गरेको र प्रधानमन्त्रीबाट अपदस्द भएको बेला होइन । उहाँले एशियाली समाजवादको स्थापना कुरा गर्नुभयो । अहिले चीन र भारतको विकासको कुरा भएको छ । अमेरिका र रुसले उन्नती गरेको कुरा भएको छ ।

विकास भनेको प्रगती भनेको मनुस्यलाई केन्द्रमा राखेर गर्ने कुरा हो । विकास आर्थिक प्रक्रिया होइन । विकास आर्थिक राजनीतिक प्रक्रिया होइन मानविय प्रक्रिया हो । उत्पिडितलाई अधिकार नदिएसम्म विकास हुँदैन । समाजवादको राजनीतिको राजधानी अहिले मस्को भंग भएको छ । चीन माओवादलाई छाडेर विकासको नाममा पूँजीवादको नक्कल गरेर हिडेको छ ।

कुनैपनि विकास मनुस्यलाई केन्द्रमा राख्नुपर्छ । मनुस्य साध्य हो साधन होइन । विकासको लागि दुईचारजना मानिस मरे माहिला बलत्कृत भए भनेर हुँदैन । विकासको बैकल्पिक बाटोमा हिड्नु पर्यो । अमेरिकी सिस्टम नक्कल गरेर हुँदैन ।

गाउँमा एउटा गाई होस् भनेर बीपीले त्यो बेला भन्नुभयो । गाउँमा रहेको अर्धबेरोजगार, कुक्त बेरोजगारलाई सम्बोधन गर्नुहोस् । ठूलो जहाज मोनोरेलको कुरा गरेर जनतालाई भर्ममा नराख्नुहोस् । दूधमा परनिर्भर,आयात अत्याधिक हामी रेमिटेन्समा आधारमा चलेका छौ । शोभियत संघ ढलेपछि भूमण्डिकरणको बाढी आयो । त्यो काम हाम्रो पार्टीको सरकारले नै गर्यो ।

तथाकथाति विकासको बृद्धिदरको नाममा हामी कहा पुग्दौछौ । । बीपीले देखाएको बैकल्पिक बाटोमा सोचोस । मुलुकलाई अनाहक ऋणको सपना सिंगापुरको सपना देखाएर होइन । वर्तमान सरकारले मताधिकार पाएको छ । बीपीलाई सम्झेर सम्मान गरोस बीपी सिंगो मुलुकको नेता होस् । बीपीमात्र होइन मनमोहन पुष्पलालको बाटोमा हिड्नुपर्यो । पूँजीवाद्को बाटोले चल्दैन, साम्यवाद्ले चल्दैन अमेरिका र चीन भारतको विकास मोडलले चल्दैन ।

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद् प्रदिप गिरीले व्यक्त गरेको विचार


क्लिकमान्डु