सेयर बजारबाट १४ अर्ब भारु कमाउने लोभले भारतले गुमायो १५ खर्ब भारु



कार खरिद गर्दा होस वा घर खरिद गर्दा होस, त्यस्तै सेयर बजारमा लगानी गर्दा र यतिसम्म कि कसैसँग डेटमा जानुभन्दा अघि हामीले सम्भावित जोखिम र फाइदाबारे तुलना पक्कै पनि गर्छौ ।

भारतीय वित्तमन्त्री निर्मला सितारमण, उनको टिम वा कुनै व्यक्ति जसले ठूला लगानीकर्तालाई अतिरिक्त शुल्क लिने निर्णय गर्यो त्यसले उनीहरुको निर्णयलाई गलत सावित गरिदियो ।

जसका कारण ठूलो नोक्सानी बेहोर्नु पर्यो ।

नोक्सानी बम्बई स्टक एक्सचेञ्ज र नेसनल स्टक एक्सचेञ्जसँगै सेन्सेक्स र निफ्टीमा यो निर्णयले ४९ दिनदेखि खराब प्रदर्शन गरिरहेको छ । र, गत अगस्ट महिनामा भारतीय रुपैयाँ एसियामा सबैभन्दा खराब अवस्थामा पुगेको छ ।

पछिल्लो बजेटले सेयर बजारका ठूला लगानीकर्तामा अतिरिक्त कर लगाएपछि भारतमा यसको प्रभाव सेयर बजारमा देखिएको छ । बजेट आएको दिनयता भारतबाट २२.५ बिलियन अमेरिकी डलर बराबरको लगानी फिर्ता भएको छ ।

सेयर बजारमा पुँजीगत लाभकरको प्रभावः यस्तो छ १६ वर्षको इतिहास (तथ्यसहित)

भारतमा सेयरको मूल्य ५ जुलाईदेखि २३ अगस्टसम्म १४.७ ट्रिलियन डलर गुमाएको थियो । वित्तमन्त्री सितारमण लगानीकर्तामा लेभी लगाउने निर्णयले सेयर बजारले १४ बिलियन डलर मात्रै सरकारले आम्दानी गरेको छ ।

विदेशी पोर्टफोलियोलाई निर्धारण गरिएको कर ७ प्रतिशतसम्म कम भएको छ र यो सबै बजेटले निर्धारण गरेको हो ।

भारतीय रुपैयाँ डिसेम्बर २०१८ देखियता सबैभन्दा कमजोर भएको छ । र, यो सबै विदेशी लगानीकर्ताले रकम फिर्ता लिएकाले भएको हो ।

भारतीय रुपैयाँ कमजोर हुँदा भारतले तेलका लागि बढी पैसा खर्चनु परिरहेको छ । साथै अन्य अत्यावश्यक सामग्रीको भाउ पनि बढेको छ । भारतले ८० प्रतिशतभन्दा बढी कच्चा तेल आयात गर्दै आएको छ ।

सेयरमा लगाइएको अतिरिक्त कर मात्रै होइन यसको अर्को कारण अमेरिका र चीनबीचको व्यापार युद्ध पनि एक हो । अमेरिका र चीनबीचको तनावका लागि जोखिममा धकेलिएका विदेशी लगानीकर्तालाई अतिरिक्त शुल्कले अझ बढी जोखिममा धकेलेको विश्लेषकहरुको भनाइ छ । बिजनेश इन्साइडरबाट


क्लिकमान्डु