आईडीपी अष्ट्रेलिया एजुकेशन मेलामा विद्यार्थीको भीड, परामर्शसँगै छात्रवृत्ति पनि




काठमाडौं । पल्लवी श्रेष्ठ प्लस टु उत्तीर्ण गरेपछि यतिबेला उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने तयारीमा छिन् ।

विश्वस्तरमा गुणस्तरीय शिक्षाका लागि नाम कमाएको अष्ट्रेलियामा गइ अध्ययन गर्ने उनको योजना बनाएकी उनी शुक्रबार राजधानीको र्याडिसन होटलमा सुरु भएको आईडीपी नेपालको अष्ट्रलियन एजुकेशन फेयरमा भेटिइन् ।

अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरु सहभागी मेलामा जानकारी र परामर्श लिन आएको बताइन् ।

‘गुणस्तरीय शिक्षाका लागि अष्ट्रेलिया राम्रो छ भन्ने सुनेकी छु, त्यसैले मेलामा परामर्श लिन आएकी हुँ’ क्लिकमाण्डूसँग उनले भनिन् ।

पल्लवी श्रेष्ठ

हातभरी प्रोस्पेक्टस लिएकी उनी कोर्स सुहाउँदो विश्वविद्यालयको खोजीमा थिइन् ।

प्लस टुमा होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम पढेकी उनी अबको यात्रा अष्ट्रेलियाका विश्वविद्यालयमा होटल म्यानेजमेन्टमा स्नातक अध्ययन गर्ने योजना बनाएकी छन् ।

अष्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइको मुलुक बन्नुमा ट्युसन प्रोटेक्सन सिस्टम पनि एक हो । जुन अन्य देशमा विरलै पाइन्छ । साथै सहज प्रक्रिया र नेपाली विद्यार्थीका लागि सहज वातावरण भएकाले पनि विद्यार्थीहरुको रोजाइ अष्ट्रेलियामा देखिएको पाइन्छ ।

आईडीपी अष्ट्रेलियन एजुकेशन मेलामा ३७ वटा विश्वाविद्यालय र कलेजहरु सहभागी छन् । विद्यार्थीहरुले मेलामा विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग प्रत्यक्ष साक्षात्कारमार्फत जानकारी बटुल्न सक्छन ।

मेलामा विश्वविद्यालय, कलेज, त्यहाँको शैक्षिक प्रणाली र शिक्षा नीतिका बारेमा जानकारीसँगै विद्यार्थीलाई करिअर काउन्सेलिङ समेत गरिएको छ ।

शुक्रबार सुरु मेलामा उनी जस्तै कीर्तिपुरबाट एक जोडी पनि मेलामा भेटिए । त्रिचन्द्र विश्वविद्यालयबाट विज्ञान संकायमा स्नातक सकाएकी एलिना श्रेष्ठ र उनका पति प्रविन्द्र महर्जन मेलामा छात्रवृत्तिका लागि जानकारी लिन आएको बताए ।

एलिजा श्रेष्ठ र प्रविन्द्र महर्जन

‘आईडीपीबाटै प्रोसेसिङ सुरु गरिसकेका छौं, म्याक्यूरी र डेकिन विश्वविद्यालयबाट अफर लेटर पनि आइसकेको छ तर मेलामा छात्रवृत्तिबारे जानकारी लिन आएका हौं’ उनीहरुले भने ।

श्रेष्ठ विद्यार्थी भिसा र महर्जन डिपेन्डेन्ट भिसामा अष्ट्रेलियामा आफ्नो करिअर सुरुवात गर्ने योजना बनाएका छन् । अंग्रेजी भाष परीक्षण विधि आईईएलटीएसमा ओभर अल ७ ल्याएकी श्रेष्ठ अष्ट्रेलिया नै किन उच्च शिक्षाका लागि किन रोजिन छ ?

उनी भन्छिन, ‘अष्ट्रेलिया रोज्नुका धेरै कारण छन, जसमध्ये त्यहाँको विश्वस्तरीय शिक्षा, विद्यार्थीमैत्री शैक्षिक प्रणाली, सहज प्रक्रिया, अग्रेजी भाषामा अध्यापन, मैत्रीपूर्ण वातावरण प्रमुख कारक हुन ।’

स्नातकोत्तर तहमा अध्ययनका लागि जाने विद्यार्थीहरुले डिपेन्डेन्ट समेत लैजान पाउने अष्ट्रेलिया सरकारको व्यवस्थाको अवसरलाई सदुपयोग गर्दै सुरक्षित करिअर खारित उनीहरु अष्ट्रेलियाका लागि प्रक्रिया अगाडि बढाएका छन् ।

उनीहरु जस्तै अष्ट्रेलियाको शैक्षिक प्रणाली र प्रक्रिया बुझ्नका लागि बुढानिलकण्ठबाट आएका अर्का पात्र हुन अनुज ढकाल । आईईएलटीएसमा ७ ल्याएका उनी अष्ट्रेलियामा नर्सिङ विषय अध्ययन गर्न चाहन्छन् ।

अनुज ढकाल

‘प्लस टुमा विज्ञान संकाय पढिसकेपछि नेपाल मै एमबीबीएस अध्ययनका लागि प्रयास गरेको थिएँ, तर त्यो सपना पूरा भएन ।’

स्वदेशमा डाक्टर बन्ने सपना पूरा नभएपछि अबको बाटो उनी अष्ट्रेलियामा गई नर्सिङ विषय अध्ययनमार्फत पूरा गर्न चाहेका छन् ।

३ हजारभन्दा बढी विद्यार्थीहरु भेला भएको मेलामा शुक्रबार नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वडले उद्घाटन गरे ।

मेलामा बोल्दै राजदूतले अष्ट्रेलिया उच्च शिक्षा अध्ययनका लागि आकर्षक गन्तव्य भएको भन्दै अध्ययन अवधिमा पार्टटाइम काम र अध्ययनपछि पोस्ट स्टडी वर्क जस्ता अवसर विद्यार्थीका लागि फलदायी भएको बताए ।

आईडीपी नेपालका प्रबन्ध निर्देशक निरज सिटौलाले उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि पहिलो रोजाइको गन्तव्य भएको उल्लेख गर्दै राम्रा विद्यार्थीहरुलाई आईडीपीले छात्रवृत्ति समेत प्रदान गर्ने बताए ।

सोही अवसरमा मास्टर्स तह अध्ययनका लागि अष्ट्रेलिया गएर अध्ययनरत ८ जना विद्यार्थीका अभिभावकलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो । छात्रवृत्तिको मापदण्ड पूरा गर्ने ८ जना विद्यार्थीहरुलाई प्रत्येक विद्यार्थीलाई ५ हजार अष्ट्रेलियन डलरको छात्रवृत्ति राजदूतले उनीहरुका अभिभावकलाई हस्तान्तारण गरे ।

किन जाने अष्ट्रेलिया ?
अष्ट्रेलिया शिक्षाका लागि विश्वस्तरमा अग्रपंक्तिमा आउने देश हो । विश्वभरबाट ६ लाखभन्दा बढी विद्यार्थीहरु प्रत्येक वर्ष उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने गरेका छन् । कोर्समा विविधता, विश्वस्तरमा टप विश्वविद्यालय, बहु सास्कृतिक रहनसहन जस्ता विशेषताले विद्यार्थीलाई विश्वभरबाट अष्ट्रेलियाले आकर्षित गरिरहेको छ ।
साथै अध्ययन सकिएपछि पाइने पोस्ट स्टडी वर्क परमिट तथा पार्ट टाइम काम गर्न पाउने व्यवस्थाले पनि नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया पहिलो रोजाइको गन्तव्य बन्दै गएको छ ।

किन आईडीपी ?आईडीपी नेपालका प्रबन्ध निर्देशक निरज सिटौला भन्छन, ‘हामीसँग अष्ट्रेलियामा रहेका अधिकांश विश्वविद्यालयहरु छन्, विद्यार्थीहरुलाई जेन्युन काउन्सिलिङ गर्दछौ भने भिसा सक्सेस रेट पनि उच्च छ ।’


आईडीपीले आईईएलटीएसको परीक्षा लिने संस्था पनि हो । विगत १ वर्षदेखि नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि परामर्श दिँदै आएको आईडीपीले विश्वका ३० वटा देशमा आफूलाई विस्तार गरेको छ । विगत ५० वर्षदेखि निरन्तर यस क्षेत्रमा कार्यरत आईडीपी अष्ट्रेलियाका विश्वविद्यालयसँग पनि सम्बन्धित छ ।

छात्रवृत्ति
अष्ट्रेलियाका विश्वविद्यालयहरुले विद्यार्थीहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराउँदै आएका छन् । खासगरी तीन प्रकारले विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन् ।
पहिलो, विद्यार्थीहरुलाई मेरिट बेसमा छावृत्ति उपलब्ध गराइन्छ भने दोस्रोमा कोर्स अनुसारले पनि छात्रवृत्ति दिने गरिएको छ । त्यस्तै, तेस्रो बाटो विद्यार्थीहरुले ब्रुसरिजमार्फत पनि छात्रवृत्ति पाउँछन् । जसमा उनीहरुले २ हजार अष्ट्रेलियन डलरदेखि ७ हजार अष्ट्रेलियन डलरसम्म छात्रवृत्ति पाउँछन् ।


पोस्ट स्टडी वर्क
विद्यार्थीहरु अध्ययन सकाइसकेपछि अष्ट्रेलियन सरकारले पोस्ट स्टडी वर्क परमिट दिँदै आएको छ । जसमा स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गर्ने विद्यार्थीलाई २ वर्ष, मास्टर्स इन रिसर्च अध्ययन गरेकालाई ३ वर्ष र पीएचडी अध्ययन पूरा गरेका विद्यार्थीलाई ४ वर्षको पीएसडब्ल्यु परमिट दिँदै आएको छ । जसमा विद्यार्थीहरुले अध्ययनका क्रममा भएको खर्च सो अवधिमा काम गरी कमाउन सक्छन् ।


क्लिकमान्डु