नानो स्याटेलाइट अन्तरिक्षमा, ग्राउण्ड स्टेशन नहुँदा तथ्यांक लिन पनि जापानकै भर



काठमाडौं । नेपालमा लामो समयदेखि नदी नालामा डुंगा चलाउने गरिएको थियो । नेपालको दैनिक जीवनसँग पनि सो विषय जोडिएको थियो । त्यसलाई केहीले पानी जहाज भनेर पनि व्याख्या गर्न सक्छन् ।

यस्तै सरकारले केही समय पहिले नानो स्याटेलाइट प्रक्षेपाण गर्यो । त्यसलाई धेरैले डुंगालाई पानी जहाज भने जस्तै गरी नेपाल स्याटेलाइट युगमा प्रवेश गरेको, अन्तरिक्ष यात्रा तय गरेको भनेर पनि चर्चा गरे । जे जसो भएपनि नेपालले नानो अर्थात सानो स्याटेलाइट प्रक्षेपण गरेकै हो । त्यसमा कुनै दुविधा रहेन ।

नानो अर्थाात् सानो स्याटेलाइट गत वैशाख ४ गते नेपाल सहित श्रीलंका र जापानले पनि प्रक्षेपण गरेका थिए । ती नानो स्याटेलाइट केही दिन पहिले अन्तरक्षितमा छाडिएको छ ।

तर रमाइलो त के भएको छ भने ठूलो प्रचार प्रसारका साथ प्रक्षेपण गरिएको नानो स्याटेलाइट अन्तरिक्षको कक्षमा घुम्न थालेपनि त्यसले पठाउने तथ्यांक संकलनका लागि नेपालमा कुनै पनि ग्राउण्ड स्टेशन हालसम्म पनि तयार हुन सकेको छैन ।

उक्त भूउपग्रह दिनमा दुई पटक नेपालमाथि आइपुग्छ । ग्राउण्ड स्टेशन नबनकोका राण्ले उक्त स्याटेलाइटले पठाउने तथ्यांक संकलन तथा विश्लेषण गर्नका लागि अझै केही समय कुर्नुपर्ने देखिएको छ ।

नानो स्याटेलाइटले कस्ता तस्विर पठायो र कुन सूचना उपलब्ध गरायो भन्ने बारेमा नेपालले हालसम्म केही जानकारी पाउन सकेको छैन ।

उक्त नानो स्याटेलाइटले पठाएको तस्विर तथा तथ्यांक हाल जापानामा नै डाउनलोड गर्नुपर्ने अवस्था छ ।

नानो स्याटेलाइट प्रक्षेपण गर्नु अगाडि नै तयार पार्नुपर्ने ग्राउण्ड स्टेशन तयारी गर्न नास्टले प्रmिया सुरु नगर्दा समस्या देखिएको हो । उक्त स्याटेलाइटले पठाउने तथ्यांक जापाना नै भण्डारण हुने भएकाले कुनै पनि फाइदा हुने अवस्था छैन ।

नास्टका अनुसार स्याटेलाइट बनाउन सहयोग गर्ने जापानाको क्यूटेक विश्वविद्यालयले ढिलाई गरेका कारण एन्टेना तथा ग्राउण्ड स्टेशन बनाउन समस्या भएको तर्क गठरेर नाष्ट पन्छन् गरेको छ ।


पुष्प दुलाल