विश्वमा भ्रष्ट सिइओको संख्या बढ्दै, सन् २०१८ मा सबैभन्दा धेरै सिइओ हटाइए, नेपालमा के छ ?
काठमाडौं । केही समयअघि मात्रै भारतको सबैभन्दा ठूलोमध्येको बैंक आइसीआइसीआइ बैंककी सिइओ चन्दा कोचर ३२ अर्ब भारतीय रुपैयाँको ऋण घोटलामा आरोपित भएपछि बैंकबाट बर्खास्तमा परिन् ।
उक्त मुद्दामा उनी दोषी ठहरिन् । सन् २००८ देखिको उनले खाइपाई आएको तलब, भत्ता र बोनस फिर्ता गर्न बैंकले निर्देशन दिइसकेको छ ।
कम्पनीमा प्रमुख कार्यकारी भएर विभिन्न घोटालामा आरोपित भई दोषी देखिने सिइओहरुमा नेपालमा पनि केही उदाहरण छन् ।
तत्कालिन किस्ट बैंकका कार्यकारी प्रमुख कमल ज्ञवाली पनि करोडौं घोटाला काण्डमा परे । खासगरी आफ्नै श्रीमती सञ्चालक रहेको जम्को प्रकाशनलाई करोडौ ऋण दिएर उक्त ऋण आफैले अपचलन गरेको प्रमाणित भएपछि बर्खास्तीमा परे । अनि देशनै छाडेर फरार भए ।
केही समयअघि ज्ञवालीलाई भारतीय प्रहरीको सहयोगमा मुम्बईबाट नेपाल प्रहरीले पक्राउ गरेर नेपाल ल्याई आवश्यक छानबिन गरिरहेको छ । हाल उनी प्रहरीको हिरासतमा छन् भने उनीविरुद्ध धेरै वटा ठगी मुद्दा लागेका छन् ।
उनी जस्तै तत्कालिन क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका प्रमुख पवन कार्की पनि ३ अर्ब रुपैयाँ घोटला काण्डमा मुछिएपछि अमेरिका भासिएका छन् ।
यी त उदारहण मात्रै हुन् । धेरै कम्पनीका प्रमुख कार्यकारी पदको दुरुपयोग गर्दै व्यक्तिगत लाभ लिने गरेका छन् । कतिपय मुद्दाहरु गर्भदेखि बाहिर आउन नसकेका कारण त्यस्ता सिइओलाई जनताले चिन्न पाएका छैनन् ।
तर खोतल्दै जाने हो भने ठूलै घोटला काण्डमा सिइओहरु मुछिएको भेट्न सकिन्छ । नेपालका धेरै कम्पनीमा सिइओहरु घोटला काण्डमा मुछिएपछि पद छाडेर हिँडेका छन् । त्यसको एकमात्र उदाहारण हुन् तत्कालीन ग्राण्ड बैंकका सिइओ सुधीरबाबु खत्री । नेपालमा सिइओले पद छाडेर हिँडेपछि घोटलालाई गुपचुप राख्ने प्रवृत्ति पनि निकै बढी छ ।
नेपालमा मात्रै होइन, पदको दुरुपयोग गरेर आर्थिक अपचलन (भ्रष्टाचार) गरी कम्पनीबाट हात धुने सिइओको संख्या पछिल्ला वर्षमा बढ्दो छ ।
अन्तर्राष्ट्रियस्तरमा अध्ययन अनुसन्धान गर्ने पिडब्लुसीका अनुसार सन् २०१८ मा अनैतिक काम गरेका आधारमा कम्पनीबाट हटाइएका सिइओको संख्या सबैभन्दा बढी देखिएको छ ।
रिपोर्टलाई आधार मान्ने हो भने विश्वमा धेरै सिइओहरुको कार्यकाल घटेको छ । यो संख्या सन् २००० पछि सबैभन्दा बढी रहेको तथ्यांकले देखाएको छ ।
नैतिकरुपमा भ्रष्ट सिइओ ?
सन् २०१८ मा कार्यालयबाट बाहिरिने सिइओको संख्या यो दशकको सबैभन्दा बढी थियो । सन् २००८ मा पदबाट हटाइएका कुल संख्यामध्ये ५.१ प्रतिशतलाई अनैतिक आचरणको आरोप लागेको थियो । तर सन् २०१० मा पछिल्लो १० वर्षमा हटाइएका सिइओहरुको संख्या सबैभन्दा बढी थियो ।
यसरी कम्पनीबाट निकालिएका सिइओहरु वित्तीय मामिलामा गडबडीका कारण मात्रै होइन, नैतिक आधारमा पनि पदबाट राजीनामा दिनु परेको थियो ।
सन् २००७ देखि २०१६ को अवधिमा कम्पनीका सिइओको नैतिकतामा लगातार ह्रास आइरहेको तथ्यांकले देखाएको छ । उक्त समयमा अनैतिक आचरणका कारण हटाइएका सिइओको संख्या ३६ प्रतिशतले बढेको थियो ।
सन् २००७ देखि २०११ को बीचमा यो संख्या ३.९ प्रतिशतले बढी थियो । भने सन् २०१२ देखि २०१६ को बीचमा ५.३ प्रतिशतले बढेको थियो ।
यी आरोपका कारण भयो बिदाइ
कम्पनीबाट हटाइएका सिइओलाई अनैतिक व्यवहारसँगै धोका दिएको, घुस लिएको, इन्साइडर ट्रेडिङ गरेको, पर्यावरणको विरुद्ध फैसला लिएको, रेज्युममा आफ्नो उपलब्धी बढाएर पेश गरेको, लैंगिक विभेद गरेको आरोप लागेको थियो । लैगिक विभेदको खुलासा भने ‘मि टु’ अभियानपछि बाहिर आएको थियो ।
घटिरहेको छ कार्यकाल
पछिल्लो १८ वर्षमा सिइओको औषत कार्यकाल ३७.५ प्रतिशतले घटेको छ । सन् २००० मा एउटा सिइओको औसत कार्यकाल ८ वर्ष थियो भने सन् २०१८ मा आइपुग्दा यो संख्या घटेर ५ वर्ष पुगेको थियो । जसको परिणाम सन् २०१८ मा कम्पनीका लागि सिइओको खोजी धेरै भयो ।
अर्को तथ्य पनि छ
अर्को तथ्य पनि के हो भने कुनै पनि सिइओले कुनै कम्पनीमा ५ वर्षसम्म सेवा गरेको छ भने उसलाई पदबाट हटाउन सक्ने सम्भावना कम हुन्छ । तथ्यांकलाई हेर्ने हो भने कुनै सिइओको कार्यकाल २० वर्ष पूरा भएपछि पदबाट हटाउने सम्भावना उसलाई अघिल्लो वर्षको तुलनामा ५३ प्रतिशतले कम हुन्छ ।
यसका धेरै कारण हुन सक्छन् । लामो समयसम्म काम गर्ने सिइओसँग उपलब्धीहरु पनि धेरै हुन्छन् । जसमा सेयर होल्डर्स रिटर्न पनि समावेश छ । साथै उक्त कम्पनीको बोर्डको अध्यक्ष पदका लागि समेत दावेदार बन्छन् । त्यसपछि सिइओलाई हटाउने कोही पनि हुँदैन् । एजेन्सीहरुको सहयोगमा