२५ वर्षपछिको नेपाल: २२ किलोमिटर रेलमार्ग बन्ने, नेपालीको आम्दानी १२ हजार डलर पुर्याउने



काठमाडौं । २५ वर्षपछिको नेपाल कस्तो होला ?  २५ वर्षपछि नेपालीको औसत आम्दानी १२ हजार १ सय अमेरिकी डलर हुने छ ।

देशमा ४० हजार मेगावाट विद्युत् उत्पादन हुने छ । जसमा ३५ हजार मेगावाट जलविद्युत् आयोजनाबाट र ५ हजार मेगावाट नविकरिणय ऊर्जाबाट हुने छ ।
देशभर २२ सय किलोमिटर रेल संजाल विस्तार भएको हुने छ ।

यो सपना नै हो । सपना राष्ट्रिय योजना आयोगले देखाएको छ । योजना आयोगले तयार पारेको दीर्घकालिन सोच सहितको १५ योजनामा २५ वर्षपछि अर्थात विस २१०० नेपालले लिनुपर्ने लक्ष्यलाई राखिएको छ ।

आयोगले दीर्घकालिन सोच सहितको १५ योजनाको आधारपत्रमा बुधबारदेखि छलफल भइरहेको छ । बिहीबार छलफलबाट निस्केको सुझाव सहितको निष्कर्षलाई १५ योजनाको आधारपत्रमा समेटिने छ ।

आयोगका अनुसार अहिले विद्युत् उत्पादन जम्मा १ हजार मेगामाट हो । यसलाई २५ वर्षमा ४० हजार पुर्याउने भनिएको छ । यस्ते अहिले ४२ किलोमिटर मात्र रेलमार्ग बनेको छ । यसलाई २२ सय किलोमिटर पुर्याउने भनिएको छ ।

नेपालीको औसत आम्दानी १ हजार १२ अमेरिकी डलर छ । यसलाई १२ हजार १ सय पुर्याउने भनिएको छ ।

निरपेक्ष गरिबीको रेखामुनी रहेको १८ प्रतिशत जनसंख्या छन् । यसलाई शुन्यमा झार्ने लक्ष्य राखिएको छ ।

अहिलेको अर्थतन्त्रको संरचनामा रहेको कृषि क्षेत्रको योगदानलाई घटाउदै उद्योगलाई बढाउने नीति आयोगको रहेको छ ।

२५ वर्षपछि कृषि क्षेत्रको जिडिपीमा योगदान अहिलेको २७.६ प्रतिशतबाट ९ प्रतिशतमा झार्ने र उद्योग क्षेत्रको १४.८ प्रतिशत योगदानलाई ३० प्रतिशतमा पुर्याउने भनिएको छ । सेवा क्षेत्रको ५७.६ प्रतिशतलाई ६१ प्रतिशतमा पुर्याउने लक्ष्य राखिएको छ ।

अहिलेसम्म एक किलोमिटर पनि नबनेको द्रुत मार्ग २५ वर्षपछि २ हजार किलोमिटर बनाउने लक्ष्य आयोगले राखेको छ ।

दीर्घकालिन सोच सहितको आयोगले बनाएको आधारपत्रमा २५ वर्षपछि नेपाललाई उच्च आय भएको देश बनाउने बताइएको छ ।


क्लिकमान्डु