पुँजी बजारमा प्यानः ठुलो आशा लिएर गएका लगानीकर्तालाई शून्य उपलब्धि



काठमाडौं । आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर खरिदगर्दा प्यान नम्बर अनिवार्य लागु हुने भएपछि धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई समेत बोलाएर अन्तरक्रिया तथा छलफल कार्र्यक्रम आयोजना गरेका छ ।

राजधानीमा आयोजित कार्यक्रममा निकै उत्साह र आशा बोकेर लगानीकर्ताहरु छलफलमा भाग लिन पुगे । विभिन्न नियमहरु लागु गर्दा बिना अध्ययन लागु गर्ने र पछि त्यसको असर देखिन थालेपछि पछुताउनु परेको आरोप नियामक निकायहरुलार्ई लाग्दै आएको छ ।

यसअघि नै विभिन्न कार्यक्रमहरुमा यही कुरा दोहो¥याउँदै आएका लगानीकर्ताहरुले आजको छलफलबाट केहि निचोड निस्कने र सेयर लगानीकर्ताहरुमा सकारात्मक सन्देश जानेमा आशाबादी थिए ।  कार्यक्रम शुरु भएपछि त्यही आशा अनुरुप लगानीकर्ता सम्बद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले आफ्ना धारणहरु व्यक्त गरे ।

लगानीकर्ताहरुले राखेका धारणाहरु मुख्यतः आगामी बैशाख १ गते देखि अनिवार्र्य रुपमा प्यान लागु हुन नहुने, ७.५ प्रतिशत अन्तिम करका रुपमा घोषणा हुनुपर्ने, खरिदकर्ताका लागि मात्र प्यान लागु गर्ने गरी आएको निर्णय सच्चाउनुपर्ने र सेयर बजारमा प्यान नम्बर तत्कालका लागि अनिवार्य नभई ऐच्छिक हुनुपर्ने लगानीकर्ताहरुले मुख्य माग रहेका थिए ।

यी मागहरु नेप्से, नेपाल धितोपत्र बोर्ड समक्ष लगानीकर्ताले आजमात्र नभई पहिले देखि राख्दै आएका थिए । लगानीकर्ता र विभिन्न नियामकबिच पहिलेदेखि हुादै आएका छलफलमा यी कुराहरुलाई माथिल्लो निकायमा पु¥याउने आश्वासन अहिले मात्र आएको होइन ।

लगानीकर्ता र नियामक निकायबिच छलफल भई निचोड निकाल्नुपर्ने माग बमोजिम भएको छलफल अन्ततः उही पुरानै कुरा गरेर टुङगियो । आज सम्पन्न उक्त कार्यक्रमको नयाँ पाटो भनेको पहिले भएका छलफलमा कर कार्यालयबाट कुनै पदाधिकारी संलग्न थिएनन् । आजको कार्यक्रममा भने कर कार्यालयका प्रमुख कर अधिकृत टंकनाथ पौडेल र अन्य दुई जना कर अधिकृतहरुको सहभागिता रहेको थियो ।

राजश्व सचिवलाई निमन्त्रणा गरिएपनि उनी नआएपछि कार्यक्रमको खास उद्देश्यले गति लिन सकेन् । कर कार्यालयका कर्मचारीले पनि आफु निर्णयक शक्ति नभएको बताए । उनीहरुले आफु आउनुको उद्देश्य समस्या सुन्ने र प्यान नम्बर लिन चाहनेलाई त्तकालै दिन सक्छौ भन्ने जानकारी दिन आएको बताए ।

धित्रोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पनि प्यानबारे सबै कुरा आफुलाई थाहा नभएको बताए । त्यसैगरी उनले लगानीकर्ताका समस्याहरु कर कार्यालयका कर्मचारीहरुले माथिल्लो निकायसम्म पु¥याउने बताए ।

जुन कुरा उनले पहिल्यै धितोपत्र बोर्डमा भएको छलफलमा लगानीकर्ताका समस्या बोर्डले माथिल्लो निकायमा पु¥याउने आश्वासन दिएका थिए । यसरी पटक-पटक हुने छलफलमा समस्या दोहोरिने र सम्बन्धित निकायले माथिल्लो निकायमा जानकारी गराउने आश्वासन दिइरहने पक्रियाका कारण सेयर बजारमा देखिएका समस्याहरु समाधान हुन सकेका छ्रैनन् ।

आजको छलफलबाट निचोड निकालेर मात्र निस्कन दबाब दिएका लगानीकर्ताहरुले अन्तत: माथिल्लो निकायलाई जानकारी गराउने उही पुरानो आश्वासन पाएपछि चिया खाजा खाँदै भने ‘आजको उपलब्धि कहिल्यै खान नपाएजस्तो खाजा खाइयो, अब एक कप चिया, कफि खाइने भइयो ।’


क्लिकमान्डु