कागजमा होइन वास्तविक लगानी भित्र्याउँछौंः लगानी बोर्डका सिइओ अधिकारीको अन्तर्वार्ता



लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी राष्ट्र बैंकका क्याडर हुन् । राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकाश भएपछि लगानी बोर्डमा सीइओ भएका अधिकारी अहिले लगानी सम्मेलनको लागि व्यस्त छन् । सरकारले चैतमा लगानी सम्मेलन गर्ने घोषणा गरेको छ । यसै विषयमा केन्द्रित रहेर क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले गरेको कुराकानीः

लगानी सम्मेलनको तयारी कस्तो भइरहेको छ ?

हामी तयारीमा जुटेका छौं । अहिलेसम्मको तयारीको हिसाबमा ५ सय विदेशीलाई निम्ता पठाएका छौं । त्यसमा सहभागी हुने सुनिश्चिताको समेत निम्ता आइरहेको छ । रजिष्ट्रेशनको समय अलि परसम्म राखेका छौं । हामी आशावादी बढी छौं । नेपाली राजदूतावासले कार्यक्रम गर्नु भएको छ । यसमा उहाँहरुको ठूलो सहयोग छ ।

लगानी सम्मेलन गर्दै गर्दा कानूनी सुधार नभएको गुनासो लगानीकर्ता छ, यसलाई कसरी सम्बोधन गर्ने ?

सबैकुरा कुनैपनि वातावरण ठीक छ भनेर कसैले भन्न सक्दैनन् । जुनसुकै देशमा सुधार गर्नुपर्ने ठाउँहरु बाँकी नै रहेका हुन्छन् । हामी सुधार गर्नु जरुरी छ । सुधार नियमित प्रक्रिया हो । बैदेशिक लगानी हाम्रो आवश्यक्ता पनि हो । त्यसले गर्दा हामीले सहज वातावरण बनाउनु पर्छ । हाम्रो लागि रणनीति क्षेत्रमा बैदेशिक लगानी भित्राउनको लागि सरकार लागेको छ । यसमा ऐनहरु सुधारको कार्यक्रम सुरु भएको छ । हामीले सरोकारवालासँग छलफल गरेर काम अगाडि बढाएका छौं । एकैरातमा यो सम्भव हुने कुरापनि होइन । तर, अगाडिको दिनको तुलनामा सुधारको काम धेरै भएको छ ।

तर, पछिल्लो समयमा बैदेशिक लगानी र आन्तरिक लगानीको संख्या बढेपनि रकम त घटेको छ नि ?

यसले के संकेत गर्छ भने मान्छेको चाख प्रशस्त छ । यहाँ हाम्रो जुन खालको भेटघाट हुन्छ । त्यसले नेपालमा लगानी गर्नको लागि लगानीकर्ताको चासो बढेको देखिन्छ । लगानीको रकमको सन्दर्भमा हामीले २०७२/७३ भन्दा २०७३/७४ मा बढ्यो । यस्तै २०७३/७४ भन्दा २०७४/७५ मा अझै राम्रो पायौं । ३५ प्रतिशतले गतवर्ष बढेको थियो ।

यो वर्षको अहिलेसम्मको तथ्यांक हेर्दा रकममा विदेशी लगानी घटेको छ । हामीले हेर्नुपर्ने कुरा हरेक वर्ष विदेशी लगानी बढ्छ भन्ने हुँदैन । यो पटक विश्वमा नै विदेशी लगानीको घटेको तथ्यांक आएको छ । झण्डै २३ प्रतिशतले विश्वमा विदेशी लगानी घटेको छ । त्यो हुँदा हाम्रोमा बढेर आउँछ भन्ने नहुन सक्छ । अन्यत्र वातावरण घट्दा हामीले बढाउनुपर्छ ।

विदेशी लगानीकर्तालाई विश्वासको वातावरण बनाउने हो । त्यसले दीर्घकालिन रुपमा लगानी आउने रहने वातावरण हुन्छ ।

२०७३ मा लगानी सम्मेलन भयो १४ खर्बको आशयपत्र आएको थियो । कति रकमको लगानी आउने प्रक्रिया छ ?

यसमा धेरैले चाख दिएको विषय छ । करिब १४ खर्बको आयशपत्र २०७३ मा भएको लगानी सम्मेलनमा हामीले पाएका थियौं । त्यहाँ आएका सहभागीहरु उहाँहरुले हाम्रो प्रस्तुति भयो हाम्रो नीतिको वारेमा बतायौं । र, नेताहरुले प्रतिबद्धता जायर गर्नुभयो । लगानी सम्मेलनमा सहभागी भएका उत्साही भएर त्यहा एक खालको आशय जनाउनु भयो ।

त्यसरी लगानीको आशय जनाएपनि उहाहरुको बोर्डबाट अनुमति भएर आएको होइन । हामीले परियोजना अनुसारको आशयपत्रलाई पनि अध्ययन गर्यौं । ती प्रोजेक्टहरु धेरै आशावादी थिए । काठमाडौंको मेट्रो, निजगढ एभरपोर्ट, तामाकोशी तेस्रो, केमिकल फर्टिलाइजर जस्ता ठूला प्रोजेक्ट थिए । कतिपयमा हाम्रो तयारी पुगेन ।

अहिले हामीले लगानी सम्मेलनमा निम्ता पठाउँदा पनि त्यतिबेलाका २३ वटा पछिल्लो अवस्था के छ ? तपाईहरु लगानी गर्नको लागि कतिको इच्छुक हुनुहुन्छ ? लगानी गर्नुहोस् र सहभागी हुनुहोस् भनेका छौ ।

तर, हामीले तयारी गरेकोमा राम्रो रेस्पोन्स आएको छ । मेट्रोको एउटा लाइनको सम्भाव्यता अध्ययन गर्दा २३ वटा इओआई परेको थियो । हामीले अफर गर्न सकेमा रेस्पोन्स राम्रो छ ।

त्यो बेला आशय जनाएको लगानीमा ४ खर्बको लगानी प्रक्रियामा आएको छ । यो जलविद्युत् आयोजना र सोलार प्रोजेक्टमा हो । रकम भित्रनको लागि समय लाग्छ । झण्डै ४ खर्ब भनेको सानो रकम होइन । लगानी सम्मेलनमा आएजति आशय आएपछि सबै लगानी आउँछ भनेर आशा गर्नु व्यवहारिक हुँदैन ।

त्यही ४ खर्ब ४ वर्षभित्रमा आएमा पनि निकै ठूलो हो । अहिलेसम्म हामीले भित्राएको विदेशी लगानी २ खर्ब नाघेको छैन । त्यसले गर्दा एउटा कार्यक्रमको असर स्वरुप ४ खर्ब हामीले भित्र्याउन सक्ने वातावरण बन्छ भने त्यसलाई नकारात्मक रुपले लिनु हुँदैन ।

त्यो सँगै हाम्रो मानसिकतामा सुधार गर्नु जरुरी छ । अरु व्यवहारिक कारणपनि छन् । जुन अंक प्रक्रिया अगाडि बढेको छ । यहा आफ्नो प्रक्रिया सुरु गरेपछि एक दिन न एक दिन आउने छ । हामीले २०७३ मा लगानी सम्मेलन गरेपछि नियमित सम्पर्क गर्यौं । हाम्रो दुतावासलाई सम्पर्क गर्नको लागि जानकारी दियौं । यहा भएका व्यवसायी संस्थालाई साझेदारी गर्नको सम्पर्क गर्नको लागि अनुरोध गर्यौ ।

अहिले हामीले लगानी सम्मेलनमा निम्ता पठाउँदा पनि त्यतिबेलाका २३ वटा पछिल्लो अवस्था के छ ? तपाईहरु लगानी गर्नको लागि कतिको इच्छुक हुनुहुन्छ ? लगानी गर्नुहोस् र सहभागी हुनुहोस् भनेका छौ ।

पछिल्लो समय सानो रकमको बैदेशिक लगानी बढेको छ, हामीलाई चाहिने बैदेशिक लगानी कस्तो हो ?

यसमा राज्यले रणनीतिक हिसाबले नीति लिन सक्छ । अहिले ५० लाखभन्दा सानो बैदेशिक लगानी नलिने नीति छ । अब रोजगारी उत्पाकत्व बढाउनको लागि सानो ठूलो विदेशी लगानीको महत्व उत्तिकै हुन्छ । ठूलो लगानीको बिग पुस हुन्छ । त्यस्तो लगानीले निर्यात बढाउने होलान् आयात प्रतिस्थापन होलान् र अर्थतन्त्रमा ठूलो योगदान देलान् ।


हाम्रोजस्तो देशको लागि सानो खालका बैदेशिक लगानीको पनि उतिकै महत्व हुन्छ । त्यसले रोजगारी बढाउने हुन्छ भने उत्पादकत्व समेत बढाएको हुन्छ । सानो भन्दैमा आउन नदिने भन्ने हुँदैन । सानोलाई पनि प्रोत्साहन गर्नुपर्छ ।

अहिलेको सरकारको नीति पनि स्पष्ट छ । निर्यातलाई बढाउने र आयातलाई घटाउने तथा उत्पादन मुलक क्षेत्रमा आउने लगानीलाई प्राथमिकता बढी दिने भन्ने छ । त्यसको लागि प्रोत्साहनको प्याकेज पनि दिने तयारी छ ।

लगानी सम्मेलनमा यो क्षेत्रमा लगानी गर भनेर लगानीकर्तालाई देखाउने आयोजना हामीसँग कतिवटा छ ?

हाम्रो प्रोजेक्ट बैंकमा लगानीकर्तालाई देखाउनको लागि परियोजना छ । जुन आयोजना देशको लागि अत्यन्तै रणनीतिक महत्वको हिसाबको छ । जस्तो पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौंको मेट्रो अहिलेपनि अहिले पनि निरन्तरता छन् । अहिले हामीले देश संघीयतामा गएपछि सबै प्रदेशसँग अन्तरक्रिया गरेर प्रदेशको प्राथमिकता गरेर केही प्रोजेक्ट बनाएका छौं । त्यो प्रोजेक्टलाई प्रस्तुति गर्न खोजेका छौं ।

अर्को अब यो सम्मेलन पछि हामीले प्रदेश अनुसारको लगानी सम्मेलन गर्ने छौं । प्रदेशहरु लगानी सम्मेलन गर्न पनि इच्छुक छन् । यो राष्ट्रिय भयो । प्रदेशले बनमा कति दिनमा सुविधा दिन सक्नुहुन्छ ? प्रदेशले गर्न सक्ने अधिकारको आधारमा सम्मेलन गर्नुपर्छ ।

यसमा हामीले अध्ययन गरेका छौं । यसमा धेरै खालका आयोजना छन् । जस्तो सार्वजनिक यातायात व्यवस्थापन परियोजना । अर्को कुनै प्रदेशमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रोजेक्ट पनि छ । सातै वटा प्रदेशमा कोल्ड स्टोरेजको प्रोजेक्ट छ । कुनै प्रदेशले फिल्म सिटीलाई प्राथमिकता दिनुभएको छ । कतिपय रिक्रिएशनसँग सम्बन्धित छ कतिपय जलविद्युत् परियोजना छन् । जलविद्युत् परियोजनामा सम्मेलन अगाडि हामीले इओआई नै निकाल्न खोजेका छौ ।

केही जलविद्युत् आयोजनामा जिटुजी र अन्य पूर्वाधार आयोजनामा जिटुजी गरेर सम्मेलनमा घोषणा गर्ने तयारी समेत भएको छ । त्यसमा हाम्रो टिमले काम गरिराखेको छ । सबै लगानीकर्ताले हामीले प्रोजेक्ट दिएर लगानी गर्ने पनि होइन । लगानीकर्ताले आफै देखेका प्रोजेक्ट पनि आउने गर्छन् । कम्तीमा २ दर्जन प्रोजेक्ट लगानी सम्मेलनमा देखाउने छौ ।

लगानी सम्मेलनमा कति लगानी आउनेमा आशावादी हुनुहुन्छ ?

लगानी सम्मेलनबाट आउने लगानीमा म निकै नै आशावादी छु । अहिले रकम भने तोक्न मिल्दैन । धेरै ठूलो रकम पनि हुनसक्छ । लेख्नको लागि आउने आयोजना र रकम हाम्रो प्राथमिकता होइन । यस्तै खालको ६ खर्बको लगानी गर्ने भनेर आएको प्रोजेक्टलाई हामीले रिजेक्ट गरेका छौं ।

आन्तरिक स्रोतले हामीलाई पुग्दैन । प्राविधिक रुपमा हामी आन्तरिक सक्षम छैनौं । प्रविधि सहितको बैदेशिक लगानी ल्याएर विकास गर्नु छ । यसको लागि विदेशी लगानीकर्तालाई जानकारी गराउनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय प्राटिक्स हेर्ने हो भने पहिलो, दोस्रो र तेस्रो लगानी सम्मेलन पनि लगानी भित्रिएको छ । भारतमो गुजरातको उदाहरण हेर्ने हो भने उसले देशभित्रै अर्को प्रदेशको लगानी समेत भित्राएको देखिन्छ । त्यहापनि धेरै पटक सम्मेलन गरेपछि लगानी भित्रिएको छ ।

अर्को अब यो सम्मेलन पछि हामीले प्रदेश अनुसारको लगानी सम्मेलन गर्ने छौं । प्रदेशहरु लगानी सम्मेलन गर्न पनि इच्छुक छन् । यो राष्ट्रिय भयो । प्रदेशले बनमा कति दिनमा सुविधा दिन सक्नुहुन्छ ? प्रदेशले गर्न सक्ने अधिकारको आधारमा सम्मेलन गर्नुपर्छ । यो निरन्तरता दिने कुरा हो ।


पुष्प दुलाल