संसारका खर्बपतिको बैठकमा के भन्लान् प्रधानमन्त्री ओलीले ?



काठमाडौं । संसारका खर्बपतिहरुको क्लब मानिने विश्व आर्थिक मञ्चको बैठक स्वीटजरल्यणडको एक पहाडी इलाका डाबोसमा सुरु भएको छ ।

तर औपचारिक रुपमा भने मंगलबारदेखि बैठक सुरु हुनेछ । संसारका ठूला देशका सरकार प्रमुख, राष्ट्रप्रमुख तथा २ हजार बढी व्यापारिक संघ संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ ।

सो बैठकमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज साँझ त्यसतर्फ प्रस्थान गर्दैनछ ।

विश्वका आर्थिक रुपमा सम्पन्न राष्ट्रका राष्ट्र प्रुमख तथा सरकार प्रमुखको समेत सहभागिता रहने उक्त बैठकमा आर्थिक परिदृश्य र त्यसका विविध आयमका बारेमा छलफल हुने र एउटा निचोड दिने कार्यक्रम तय भएको छ ।

स्वीटजरल्यण्डाले आफ्नो पहाडी क्षेत्रमा भएको विकास र समृद्धिलाई समेत संसारका नेता तथा खर्बपतिहरुलाई जानकारी गराउने र देखाउने लक्ष्यका साथ उक्त सम्मेलनको आयोजना गरेको हो ।

प्राप्त विवरणअनुसार उक्त बैठकमा नेपालका प्रधानमन्त्री ओलीले दुई वटा सत्रलाई विशेष सम्बोधेन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयलकाअनुसार बैठकमा प्रधानमन्त्रीले दक्षिण एशियामाथिको रणनीतिक दृष्टिकोण र लोकतन्त्रको भविष्य दिशानिर्देश विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्ने लक्ष्यका साथ अगाडि बढेका नीति तथा कार्यक्रमलाई बढावा दिन र नेपालमा लगानीका थप सम्भवना खोज्न बैठक फलदायी हुने विश्वास समेत लिइएको छ ।

सन् २०१८ को बैठकमा भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, अलिबाबाबा प्रमुख ज्याक मालगायतले बैठकलाई सम्बोधन गरेका थिए । यस्तै जर्मनीका चान्सलर एन्जेला मार्केल, बेलायती प्रधानमन्त्री थेरेसा मेल गायतले पनि सम्बोधन गरेका थिए ।

वैदेशिक लगानी गर्ने आर्कषक मञ्चको रुपमा विश्व भर नै लिइने उक्त बैठकमा सहभागिताका लागि पहिलो पटक नेपालले अवसर पाएको हो । आर्थिक विकास र समृद्धिका लागि भन्दै सरकारले नारा दिइरहेको बेला सम्मेलन थप महत्वपूर्ण एवं कायवायी हुन सक्ने अनुमान पनि लगाइएको छ ।

तर नेपालले उक्त बैठकमा आफ्नो तर्फबाट के कस्तो एजेण्डा प्रस्तुत गर्दछ र कुन रुपमा आफ्ना धारण प्रस्तुत गर्छ भन्ने विषय नै महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तो बैठक विगत ५० वर्षदेखि यो वा त्यो रुपमा आयोजना हुँदै आएको छ ।

नेपालले लगातार ३ आर्थिक वर्षदेखि ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर हासिल गरिरहेको र आगामी केही वर्षभित्रै दोहोरो अंकको आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको सन्दर्भमा बैठकमा केही महत्वपूर्ण एजेण्डा र कार्यसूची प्रस्तुत गनैृपर्ने वाध्यता पनि रहेको छ ।

स्वदेशी लगानीले मात्रै ठूला भोतिक पूर्वाधारको विकास गर्न असम्भव रहेको अवस्थामा सरकारले त्यस्ता बैठकमा सम्बोधन गरेर मात्रै नहुने पनि अवस्था रहेको छ । घरेलु रुपमा नीति नियमलाई समयानुकूल बनाउनुपर्ने आवश्यकता पनि देखिएको छ ।

विगतमा राजनीतिक अस्थिरता र राजनीतिक उपलब्धीका लागि आन्दोलन बाँकी रहेको भन्दै राजनीतिक नेतृत्वले सुख पाएपनि आगामी दिनमा भने त्यो भन्न पाउने अवस्था छैन ।

तर घरेलु रुपमा समयानुकूल बनाउनुपर्ने नीति नियम सच्याउने तर्फ सरकारले ध्यान दिन सकेको छैन ।

अझै पनि लगानीमैत्री वातावरण नभएको निजी क्षेत्रको भनाइ रहँदै आएको छ । तर नेपालको निजी क्षेत्रले भने जतिसुकै सकारात्मक वातावरण भएपनि वातावरण भएन भन्दै आएको तथ्यलाई पनि मसिनोसँग केलाएर लगानी भित्र्याउने तर्फ ध्यान दिनु जरुरी भइसकेको छ ।

बैठकको पहिलो सत्र आयोजक मञ्चका प्रमुख क्लाउस स्केवाभले सुरु गर्नेछन् । उनी बैठकको अध्यष समेत रहनेछन् । बैठकमा विश्व अर्थतन्त्र, लगानीका अवसर, गरिबी पिनवारण तथा आर्थिक विकासका विविध आयमका बारेमा महत्वपूर्ण छलफल गर्ने कार्यक्रम रहेको छ ।

यस्तै विश्व अर्थतन्त्रमा देखिएका चुनौती तथा लगानीका आयामका बारेमा समेत महत्वपूर्ण छलफल हुने कार्यक्रम रहेको छ ।

नेपालले आफ्नो एजेण्डा र विकासको लक्ष्यलाई इमान्दारीपूर्वक बैठकमा राख्ने प्रयास गरेको खण्डमा ममहत्वपूर्ण उपलब्धी लिन सक्छ ।

धनीहरुको क्लबमा नेपालमा लगानीको अवसर छ, लगानी गर्न आउनुस्, हामी लगानी र प्रतिफलको सुरक्षा गर्छौ भन्ने स्पष्ट दृष्टिकोण राखेको खण्डमा त्यसले महत्वपूर्ण लगानीको वातावरण समेत सिर्जना गर्न सक्छ ।

तर तयारी हेर्दा नेपालको तर्फबाट खासै तयारी भए जस्तो भने देखिदैन ।


पुष्प दुलाल