प्रदेश नम्बर १ मा सबैभन्दा बढी मकै उत्पादन, २ र ४ प्रदेशमा घट्दो




काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा प्रदेश नम्बर १ मा सबैभन्दा बढी मकै उत्वादन भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेश नम्बर १ मा चालु आर्थिक वर्षको मंसिरमा ७ लाख ७३ हजार ९ सय ८५ मेट्रिक टन मकै उत्पादन भएको देखाएको छ ।

उक्त मकै प्रदेश नम्बर १ को २ लाख ७४ हजार ५ सय ५५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको हो । यो वर्ष गत वर्षको तुलनामा २६ हजार ३ सय १ मेट्रिकटनले मकैको उत्पादन वृद्धि भएको हो । गत वर्ष २ लाख ८१ हजार २ सय ६७ हेक्टर क्षेत्रफलमा ७ लाख ४७ हजार ६ सय ८४ मेट्रिकटन मकै उत्पादन भएको थियो ।

२०७३÷७४ सालमा कुल २ लाख ६४ हजार ६ सय ५१ हेक्टर क्षेत्रफलमा ६ लाख ६० हजार ९ सय ७५ मेट्रिकटन मकै उत्पादन भएको थियो ।
प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षको मंसिरसम्ममा १ लाख ५० हजार ३ सय २२ मेट्रिकटन मकै उत्पादन भएको छ । ८ जिल्लाका ५२ हजार ७ सय ५३ हेक्टर क्षेत्रफलमा उक्त मकै उत्पादन भएको हो । प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षमा १८ हजार ६ सय ५४ मेट्रिकटनले मकैको उत्पादन वृद्धि भएको हो । गत वर्षको चालु आर्थिक वर्षमा प्रदेश नम्बर २ मा ५२ हजार २६ हेक्टर क्षेत्रफलमा १ लाख ३१ हजार ६ सय ६८ मेट्रिकटन मकै उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७३÷७४ सालमा ४८ हजार ९ सय ५२ हेक्टर क्षेत्रफलमा १ लाख १६ हजार ३ सय ९८ मेट्रिकटन मकै उत्पादन भएको थियो ।

प्रदेश नम्बर ३ मा ३ हजार मेट्रिक टनले उत्पादनमा कमी

प्रदेश नम्बर ३ मा चालु आर्थिक वर्षमा १ लाख ९१ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा ५ लाख ९८ हजार मेट्रिकटन मकै उत्पादन भएको छ ।
चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा ३ हजार ५ सय २० मेट्रिकटन कम मकै उत्पादन भएको हो । गत वर्ष १ लाख ९९ हजार ९ सय ५९ हेक्टर क्षेत्रफलमा ६ लाख १ हजार ५ सय २० मेट्रिकटन मकै उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०७३÷७४ सालमा १ लाख ८८ हजार १ सय ४६ हेक्टर क्षेत्रफलमा ५ लाख ३१ हजार ७ सय ६२ मेट्रिकटन मकै उत्पादन भएको थियो ।

प्रदेश नम्बर ४ मा ११ हजार मेट्रिकटनले घट्यो मकै उत्पादन

प्रदेश नम्बर ४ मा चालु आर्थिक वर्षमा १ लाख ३९ हजार ३ सय १ हेक्टर क्षेत्रफलमा ४ लाख २३ हजार ३ सय १० मेट्रिकटन मकै उत्पादन भएको छ । प्रदेश नम्बर ४ मा ११ हजार २५ मेट्रिकटनले घट्यो मकै उत्पादन घटेको हो  ।

गत वर्ष प्रदेश नम्बर ४ मा १ लाख ४५ हजार ३ सय २९ हेक्टर क्षेत्रफलमा ४ लाख ३४ हजार ३ सय ३५ मेट्रिकटन मकै उत्पादन भएको थियो ।
आर्थिक वर्ष ७३÷७४ सालमा १ लाख ३६ हजार ७ सय ४४ हेक्टर क्षेत्रफलमा ३ लाख ८३ हजार ९ सय ६५ मेट्रिकटन मकै उत्पादन भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

प्रदेश नम्बर ५ मा चालु आर्थिक वर्षमा १ लाख ४२ हजार ५ सय ३४ हेक्टर क्षेत्रफलमा २ लाख ६९ हजार ८ सय ९८ मेट्रिकटन मकै उत्पादन भएको छ ।

चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा १४ हजार ७ सय ७ मेट्रिकटन मकै उतपादन वृद्धि भएको हो । गत आर्थिक वर्षमा १ लाख ४५ हजार ३ सय ७४ हेक्टर क्षेत्रफलमा ३ लाख ५५ हजार ८१ मेट्रिकटन मकै उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७३/७४ सालमा १ लाख २६ हजार ७ सय ८६ हेक्टर क्षेत्रफलमा ३ लाख १३ हजार ९ सय ३ मेट्रिकटन मकै उत्पादन भएको थियो ।

यस्तै प्रदेश नम्बर ६ मा चालु आर्थिक वर्षमा ९१ हजार ३ सय १५ क्षेत्रफलमा २ लाख १७ हजार ६० मेट्रिकटन मकै उत्पादन भएको छ । चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा २ हजार ४ सय ३४ मेट्रिकटनले मकैको उत्पादन वृद्धि भएको हो । गत आर्थिक वर्षमा ९३ हजार ३ सय १५ हेक्टर क्षेत्रफलमा २ लाख १४ हजार ६ सय २६ मेट्रिकटन मकै उत्पादन भएको थियो । आर्थिक वर्ष २०७३÷७४ सालमा ८७ हजार ८ सय ३ हेक्टर क्षेफलमा १ लाख ८९ हजार ७ सय ३६ मेट्रिकटन मकै उत्पादन भएको थियो ।

प्रदेश नम्बर ७ मा चालु आर्थिक वर्षमा ४९ हजार ७ सय ७१ क्षेत्रफलमा १ लाख २३ हजार २ सय २५ मेट्रिकटन मकै उत्पादन भएको छ । चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा २ सय ९८ मेट्रिकटनले मकैको उत्पादन बढेको हो । गत आर्थिक वर्षमा ५१ हजार ४९ हेक्टर क्षेत्रफलमा १ लाख ११ हजार ९ सय २७ मेट्रिकटन मकै उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७३/७४ सालमा ४७ हजार ३३ हेक्टर क्षेत्रफलमा ९८ हजार ९ सय ४७ मेट्रिकटन मकै उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।


पुष्प दुलाल