उद्योगी प्रवलजंगको प्रश्नः हामीसँग भएको विदेशी मुद्राले रक्सी किन्ने कि विकास गर्ने सामान ?



कुनैपनि प्रोजेक्ट बिस्तार गर्दाखेरी व्यवसायीको मूख्य आधार भनेकै बैंक लोन हो । उद्यमी/व्यवसायीसँगै सबै पुँजी आफ्नो हुँदैन । बैंकबाट ऋण लिएर उद्योग खोल्ने हो । बैंकको पुँजी लिने भनेकै हामीजस्तो उद्यमीले हो । किनभने पैसा बैंकको भएपनि जोखिम भने उद्यमीको हुन्छ । भोलि त्यो ब्यवसाय असफल भयो भने बैंकले हाम्रो घरघरानाबाट असूल गर्छ ।

कुनै एउटा उद्योग स्थापना गर्नका लागि सम्पूर्ण कागजात मिलाएर बैंकसँग ऋण सम्झौता गर्यो । यो फेजमा यति ब्याजदरमा यसरी पैसा आउने र त्यो उद्योगबाट यति नाफा हुने भनेर क्याल्कुलेशन गर्यो । तर, बैंकले एक/दुई महिनामै ब्याज बढाइहाल्छ । ब्याजदर बढेपछि त्यो प्रोजेक्ट नाफामूलक हुँदैन । त्यसैले उद्यमी/व्यवसायीहरु चुपचाप बस्नुको बिकल्प रहँदैन ।

हामीसँग भएको विदेशी मुद्रा सञ्चिति के किन्नमा खर्च गर्ने भन्ने कुरामा सरकार प्रष्ट हुनुपर्छ । औद्योगिक कच्चा पदार्थ किन्नमा खर्च गर्ने कि मदिरा, हाम्रो नीति खै ?

त्यतिमात्रै होइन, बढी ब्याज दिन्छु भन्दा पनि बैंकबाट ऋण नपाइने अबस्था छ । यस्तो अवस्थामा कसरी उद्योगीहरुले नयाँ उद्योग स्थापना गर्न सक्छन् ? उद्योगीले नयाँ उद्योग स्थापना गरेनन् भने मुलुकमा रोजगारी सिर्जना हुँदैन, आर्थिक गतिविधिहरु बढ्दैनन् । जसको प्रत्यक्ष असर राष्ट्रिय अर्थतन्त्रमा पर्छ ।

तर किन सरोकारवालाहरु यसमा गंभीर भइरहेका छैनन् ? सरकारमा बस्नेहरु झन् बढी संवेदनशील हुनुपर्ने हो ।

बैंकिङ क्षेत्रको तलता अभावका कारण ब्याजदर बढ्दा र ऋण दिन नसक्दा सबैभन्दा ठूलो असर उद्योगीलाई नै पर्छ । किनभने कुनै उद्योगीले उत्पादन गरेर बजारमा पठाएको सामाग्रीको ब्यापार गर्न सम्बन्धीत ब्यापारीले पनि बैंकबाट ऋण पाइरहेको हुँदैन । र, त्यो वस्तु उत्पादन गर्ने उपभोक्ताले पनि बैंकबाट ऋण पाइरहेको हुँदैन । वा पाए पनि महंगो छ भने लिँदैले । जसले गर्दा उद्योगीले उत्पादन गरेको वस्तु बजारमा बिक्री हुँदैन । त्यसको सीधै असर उद्योगीलाई नै पर्छ । अर्थात् बिनजेशको साइकलमा प्रभाव पार्छ । यस्तो परिस्थितिमा मुलुकमा औद्योगीक वातावरण बन्दैन ।

प्रत्येक वर्षको केही महिना बैंकहरुसँग फालाफाल तरलता हुन्छ । सस्तो ब्याजमै ऋण दिन्छु भन्दै बैंकरहरु उद्योगीको ढोका ढक्ढकाउन आउँछन् । ल ब्याजदर सस्तो छ कुनै नयाँ बिजनेश गरौं न त भनेर काम अघि बढायो ऋण लिने बेलामा बढिहाल्छ । त्यसैले अब वित्तीय प्रणालीमा बारम्बार आउने गरेको तरलताको समस्या दीर्घकालीनरुपमा समाधान गर्नु अत्यावश्यक भइसकेको छ ।

वित्तीय क्षेत्रमा तरलता अभाव हुनुको मूख्य कारण हो दिनानुदिन चुलिँदै गएको ब्यापार घाटा । निर्यातको तुलनामा प्रत्येक महिना, प्रत्येक वर्ष आयात चुलिँदो छ । आयात बढ्नुको अर्थ के हो भने हामीले कमाएको पैसा विदेशीनु हो । हाम्रो देशमा भएको पैसा बाहिरिनु हो । आयात बढेकै कारण देशको भुक्तानी सन्तुलन नकरात्मक छ । चालू आर्थिक वर्षको पहिलो ३ महिनामै देश भित्रिने भन्दा देशबाट बाहिरिने रकम ३५ अर्ब रुपैयाँले बढी छ ।

देशमा भएको पैसा सामान किनेर विदेश पठाएपछि कसरी वित्तीय क्षेत्रमा तरलता हुन्छ त ?

बैदेशिक रोजगारीमा गएका नेपालीहरुले पठाएको पैसाले जसोतसो अर्थतन्त्र धानिँदै आएको थियो । तर, त्यस्तो पैसा पनि अर्बौंको मदिरा, चाम, तरकार, गाडी, मोवाइल जस्ता उपभोग्य वस्तु किन्नमा खर्च गरिरहेका छौं । हामी पेट्रोलियम पदार्थको आयात कम गर्ने भनेर लागिरहेका छौं । तर, उता रक्सीको आयात बढिरहेको छ ।

काठमाडौंमा विद्युतीय मोटरसाइलक मात्रै चलाउन दिने भन्ने नीति सरकारले ल्याउने हो भने पेट्रोल किन्न विदेशीने ३६ अर्ब रुपैयाँ त देशमै बस्यो नि ।

हामीसँग भएको विदेशी मुद्रा सञ्चिति के किन्नमा खर्च गर्ने भन्ने कुरामा सरकार प्रष्ट हुनुपर्छ । औद्योगिक कच्चा पदार्थ किन्नमा खर्च गर्ने कि मदिरा, हाम्रो नीति खै ?

जस्तो काठमाडौंमा १० लाखवटा बाइक छन् । एउटा बाइकले एक दिनमा १ लिटर पेट्रोल खपत गर्छ । एक वर्षमा ३६ करोड लिटर पेट्रोल खपत हुन्छ, जसको मूल्य ३६ अर्ब हुन्छ । काठमाडौंमा विद्युतीय मोटरसाइलक मात्रै चलाउन दिने भन्ने नीति सरकारले ल्याउने हो भने पेट्रोल किन्न विदेशीने ३६ अर्ब रुपैयाँ त देशमै बस्यो नि ।

वार्षिक अर्बौंको फलफुल तरकारी किन्छौं । हामीसँग यतिठूलो संभावना छ । हामी हाम्रा ठाउँलाई अग्र्यानिक वस्तु उत्पादन गर्ने क्षेत्रको रुपमा विकास गर्न सक्छौं । र, अग्र्यानिक वस्तु बिक्री गरेर विदेशी पैसा कमाउन सक्छौं ।

तर, किन सरकारले यसमा लगानी आकर्षित गर्न सकिरहेको छैन ? लगानीकर्ताहरुसँग बसेर समस्याहरु पहिचान गरेर समाधान गर्न खोज्दैन ?


पुष्प दुलाल