‘जति ठूलो संघर्ष, त्यति ठूलो सफलता’



ओलम्पिक स्वर्ण पदक बिजेताविल्मा रुडोल्फले भनेकी छिन्- संघर्षबिनाको पुरस्कारको त्यति महत्व हुँदैन ।’

ढुंगे युगदेखि आजको बैज्ञानिक युगसम्म आईपुग्नको लागि मानिसले ठुलो संघर्ष गरेका छन् । संघर्ष बिनाकुनै पनि सफलता, कुनै पनि परिवर्तन सम्भव छैन् । मानिसको शारिरीक परिवर्तनमापनि संघर्ष आवश्यक हुन्छ, चाहे त्यो सामान्य प्राकृतिक परिवर्तन वा त्यो अप्राकृतिक परिवर्तन नै जुनसुकै परिवर्तन होस् ।

कुनै मानिस कठिन परिस्थितिसँग संघर्ष गर्न डराएर बिग्रिन्छन् भने कुनै मानिस कठिन परिस्थितिसँग डटेर सामना गरी निख्रिन्छन् ।संघर्ष गर्न डराउने ब्यक्तिहरु समाजमा बिचाराको पात्र हुन्छन् भने संघर्ष गर्ने ब्यक्ति समाजमा उदाहरणीय प्रियपात्र बन्छन् ।

हिन्दिमा एउटा कबिता छ– ‘एकपत्थर चोट खाके कंकड कंकडहो गया, एक पत्थर चोट सहेके शंकर शंकर हो गया ।’

दुईवटा ढुंगाहरु (भगवानको मूर्तिवाला ढुंगा र मन्दिर जाने बाटोको सिंढीको ढुंगा) कुराकानी गरिरहेको थियो । कुराकानीमा सिंढीवाला ढुंगाले मूर्तिवाला ढुंगासंग रुंदै आफूलाई मानिसले हेला गरेको कुरा सुनाउँदै भन्दैथ्यो- ‘यार साथी, तिमी र म एउटै जातको, एउटै कुलको र एउटै खानीबाट एकैदिन निकालिएको हो । तर तिमिलाई मानिसहरुले श्रद्धा गरेर पूजा गर्छन, दुध चढाउँछन्, ढोग्छन् । तर, मलाई लात्तीले हानेर हिँड्छन्, थुक्छन् । हामी दुईमा यत्रो भेदभाव किन ?

सफलता एकैपटक आउँदैन । सफलता प्राप्त गर्नको लागि गरिने कार्यहरुमा बिभिन्न बाधा तथा अड्चनहरुसँग डटेर संघर्ष गर्नुपर्छ । भनिन्छ एक तोला सुन निकाल्नको लागि कैंयौ टन माटो खन्नुपर्छ ।

सिंढीवाला ढुंगाको कुरा सुनेर मूर्तिवाला ढुंगाले भन्यो- ‘हेर साथी, हामी एउटै खानीबाट एकैदिन निकालेर मूर्तिकारले दुबैलाई मूर्ति बनाउन लागेकै हो । मूर्तिकारले मूर्ति बनाउन तिमीमाथि छिनो बर्साउँदा छिनोको पिडा सहन नसकि तिमी फूटिदियौ । तर, म त्यो छिनोको पिडा सहेर बसिरहें । मूर्ति बनाउने क्रममा मैले छिनोको हानेको पिडा सहिरहें । मूर्तिको आकार मिलाउनका लागि धेरै ठाउँमा काटियो । यसरी काट्दा मलाई यति दुख्थ्यो कि भन्दा पनि आङ्ग सिरिङ्ग हुन्छ । त्यसपछि पनि मूर्तिलाई चिल्लो बनाउनको लागि म माथि खाग्सी रगड्दा पुरा खालो गएर कति तड्पिन्थें कति । भर्खरै रगडेर चिल्लो बनाएको त्यो आलो घाउमा अझ आकर्षक बनाउनको लागि बिभिन्न प्रकारका रंगहरु दल्दा घाउले झनै पोल्दा कति मूर्छा परें कति । तैपनि एकदिन आफू राम्रो हुने आशमा पिडालाई सहेरै बसिरहें । र, त्यही पिडा सहेको पुरस्कार स्वरुप अहिले मलाई मूर्ति बनाईदिए । र, मलाई साराले पुजा गर्छन्, दुध चढाउंछन, ढोग्छन् । तर, पिडा सहन नसकि मूर्ति बन्नबाट पछाडी हटेको कारणले मानिसले तिमिलाई उनीहरु हिँड्ने भुईँमा बिछ्याईदिए । र, अहिले तिमीलाई लात हान्छन्, थुक्छन् ।

थिंक एण्ड ग्रो रिच पुस्तकका बिश्वबिख्यात लेखक नेपोलियन हिलले भनेका छन्- ‘सक्षमता र सफलता निरन्तर मेहनत र संघर्षबाट प्राप्त हुन्छ । यस संसारमा सफल ब्यक्तिहरुको जिवनी अध्ययन गर्ने हो भने उनीहरु सफल हुनुमा निरन्तर मेहनत र कडा संघर्षको मुख्य भूमिका रहेको पाइन्छ । आइपर्ने समस्यासँग संघर्ष नगरी सफलता प्राप्त गर्नु सम्भव छैन । मानिसमा मात्र होईन यो संसारमा सबै बस्तुहरुमा समस्या आउँछ । र, उनीहरुले उक्त समस्यासँग संघर्ष गर्नैपर्छ । सूर्यलाई पनि ग्रहण लाग्छ ।

बिनोद चौधरीको उक्त कठोर निर्णयको फलस्वरु पनि र्वाणले आज चौधरी ग्रुपको प्रवन्ध सञ्चालकको जिम्मेवारी सम्हाली पिता बिनोद चौधरीको ब्यवसायलाई उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

तर ग्रहण लाग्यो भन्दैमा सूर्यले प्रकाश दिन छोड्दैन । सूर्यलाई बादलले पनि छेकिदिन्छ तै पनियसले प्रकाश दिनभने छोड्दैन । र, बादल माथि बिजय प्राप्त गरेरै छाड्छ । चन्द्रमामा पनि दाग हुन्छ, घट्छ पनि तै पनि यसले बिस्तारै आफ्नो आकारमा आउँछ । अकार सानो भयो भन्दैमा यो चम्कन छोड्दैन । सबै मानिसलाई जिन्दगीमा समस्या आउँछ । जिवनमा कुनै पनि समस्या भोग्नु नपर्ने कुनै पनि मानिस हुँदैन । जुनब्यक्तिले समस्यासँग जुधेर संघर्ष गर्न सक्छ, त्यो मानिस सफल हुन्छ भने समस्यासँग डराएर संघर्षबाट टाढा भाग्छ, उसले असफलता भोग्नु पर्छ ।

सफलता एकैपटक आउँदैन । सफलता प्राप्त गर्नको लागि गरिने कार्यहरुमा बिभिन्न बाधा तथा अड्चनहरुसँग डटेर संघर्ष गर्नुपर्छ । भनिन्छ एक तोला सुन निकाल्नको लागि कैंयौ टन माटो खन्नुपर्छ । यो संसारको नियमले पनि यस्तै भन्छ, जुनचिज सजिलै पाईँदैन अर्थात जुन चिज दुर्लभ हुन्छ, त्यो चिज प्राप्त गर्नको लागि बढी मेहनत अर्थात बढी संघर्ष गर्नुपर्छ ।

एकजना किसान आफूले मेहनत गरेर लगाएको बालीलाई ठुलो हावाहुरी आएर ढालेर नोक्शान पुर्याएकोले भगवानको ध्यान गर्न थाल्यो ।

किसानको ध्यानबाट प्रसन्न भई भगवानले किसानलाई बरदान माग भन्नभयो । किसानले भगवानलाई भन्यो- हे भगवान, मैले यति धेरै मेहनत गरेर बाली लगाउँछु । तर ठुलो हावा हुरी आएर बालीलाई नोक्शान पुर्याइदिन्छ । कृपया मैले लगाएको बालीलाई आवश्यक पर्ने हावाहुरी म आफैंले दिने शक्ति प्रदान गरिदिनुभयो भने मैले बालीबाट ठुलो मात्रामा उब्जाउ गरी लाभलिन सक्नेथिएँ । भगवानले तथास्थतु भन्नुभयो ।

डिजिटलको जमाना आउनुभन्दा पहिला फोटोलाई नेगेटिभ रोलमा कैद गरिन्थ्यो । र, अंध्यारो कोठामा धुलाएर फोटो निकालिन्थ्यो ।जिन्दगी पनि त्यही नेगेटिभ रोलबाट धुलाएर निकाल्ने फोटो जस्तो हो, जसलाई अंध्यारो अर्थात समस्याबाट पार गर्दै–गर्दै अगाडी बढ्नुपर्छ ।

बरदान पाएपछि किसानले बाली लगाउन थाल्यो । र, बालीलाई एकदमै स्याहर सुसार गरेर बालीलाई थोरै थोरै मात्र हावा दिनथाल्यो ताकि, बाली नढलोस् । एवं रितले दिनबित्दै गयो र बालीले फलदिने बेलाहुनथाल्यो । तर, धेरै बालीमा फूलफूल्दै फूलेन र कुनै फूलफूलेको बाली पनि भांच्चिन थाल्यो । बालीको यस्तो अवस्था देखेपछि किसानले फेरी भगवानलाई पुकार्यो र भगवान पनि उपस्थित हुनुभई किसानको सबै कुरा सुन्नुभयो । किसानको कुरा सुनेपछि भगवानले भन्नुभयो- तिमीलाई मैले बालीलाई आवश्यक हावाहुरी दिनसक्ने शक्ति त प्रदान गरें ।

तर तिमीले बालीलाई अति मायाँ गरेर ढल्ला कि भनेर निक्कै कम मात्र माहा वा मात्र दियौ बालीलाई मज्जाले हल्लाउन सक्ने हुरी भने दिएनछौं । बाली फूल्न र फल्नको लागि ठुलो हुरीको आवश्यक थियो । ठुलो हुरी आएको भए हुरीबाट बच्नको लागि उसले आफ्ने जरा राम्रोसँग फैलाउँथ्यो र आफूलाई मजबुत बनाउन सक्थ्यो साथै हुरीले फूलहरुलाई एउटा बोटबाट अर्काे बोटसम्म उडाएर लैजान्थ्यो । र, जसको कारणले धेरै फलहरु उत्पादन गर्न सक्थ्यो । थोरै हावा मात्र दिएको कारणले धेरै बोटले फल उब्जाउन सकेन । र, जसले उब्जाउन खोज्यो त्यसको बोट नै कमजोर भएको कारणले भांच्चियो । भगवानको कुरा सुनेर किसानले आफ्नो गल्ती महशुस् गरी बरदान फिर्ता माग्यो ।

किसानको कथाबाट भविष्यमा सफलताको स्वाद चाख्नुछ भने बर्तमानमा पिडा सहनुपर्छ भन्ने शिक्षा पाईन्छ । बास्तवमा धेरै आमाबुवाहरुले आफ्ना बच्चाहरुलाई किसानले बालीलाई मायाँ गरेजस्तै गरी पाल्छन् । र, उनीहरुलाई संघर्षको शिक्षाबाट टाढा नै राख्छन् । बिनोद चौद्यरीले आफ्नो आत्मकथामा छोरा निर्वाण चौद्यरीलाई ६ बर्षको सानै उमेर माभारतको देहरादुनस्थित वेलह्याम्स् होष्टलमा राखिदिएको प्रसंग उल्लेख गरेका छन् । बास्तवमा एउटा अर्बपति बुवाको यो साहसिक निर्णय थियो ।

६ बर्षको निर्वाणले पापा….., मम्मी मलाई तपाईंहरुसंगै राख्नुस् भनेर चिच्याउँदा एउटा पिताको मनमा माया-ममता भएता पनि छोराको भविष्यको लागि उसलाई संघर्ष गरी मजबुत बनाउनको, संसारको बातावरणको लागि, आफूलाई आत्मनिर्भर हुनसिकाउनको लागि, संसारभरका ब्यक्तिहरुसंगको सम्पर्क निकट बनाउनको लागि परिवारबाट टाढा राख्ने कठोर निर्णय लिएकाथिए । बिनोद चौधरीको उक्त कठोर निर्णयको फलस्वरु पनि र्वाणले आज चौधरी ग्रुपको प्रवन्ध सञ्चालकको जिम्मेवारी सम्हाली पिता बिनोद चौधरीको ब्यवसायलाई उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

डिजिटलको जमाना आउनुभन्दा पहिला फोटोलाई नेगेटिभ रोलमा कैद गरिन्थ्यो । र, अंध्यारो कोठामा धुलाएर फोटो निकालिन्थ्यो ।जिन्दगी पनि त्यही नेगेटिभ रोलबाट धुलाएर निकाल्ने फोटो जस्तो हो, जसलाई अंध्यारो अर्थात समस्याबाट पार गर्दै–गर्दै अगाडी बढ्नुपर्छ ।

बच्चाले दुदे दाँत झर्ने बेलामा ठुलो पिडा पाउँछ । तर, त्यो पिडा सहेपछि केहि दिनपछि त्यो भन्दा बढी मजबुत दाँतउम्रन थाल्छ । सामान्य मानिसहरु भगवानसँग प्रार्थना गर्दा मेरो जिवनमा केहि समस्या नआओस् भनेर माग्छन् भने महान तथा सफल मानिसहरु मलाई समस्यासँग जुध्ने अर्थात संघर्ष गर्ने साहास दिनुहोस् भनेर माग्छन् । समस्या नआओस् भनेर माग्ने पनि होईन, संघर्ष नगरी भाग्ने पनि होईन् । समस्यासँग सामना गरौं । सामना गर्ने सहासको लागि कामना गरौं ।

संघर्ष गर्न छोडे असफलता प्राप्त गर्छ भने- ‘जति ठुलो संघर्ष गर्नसक्छ, त्यति नै ठुलो सफलता प्राप्त गर्छ । ’

लेखक मल्ल ओम डेभलपमेन्ट बैंकका डेपुटी सीइओ हुन् ।


पुष्प दुलाल