बोनस सेयर नपाएको झोकमा लगानीकर्ताले १० अर्ब गुमाए



काठमाडौं । गतवर्षको नाफाबाट १४ प्रतिशत नगद लाभांश घोषणा गर्यो । नगद लाभांश घोषणा गर्ने अगाडि सानिमाको सेयर मूल्य प्रतिकित्ता ३३४ रुपैयाँ थियो । अहिले सानिमाको सेयर मूल्य ३२० रुपैयाँ झरेको छ ।

नगद लाभांश घोषणा गर्नु अगाडि सानिमाको बजार पुँजीकरण २६ अर्ब ३२ करोड २४ लाख रुपैयाँ थियो । अहिले यो घटेर २५ अर्ब ६० करोड क४१ लाख रुपैयाँमा झरेको छ ।

सानिमा बैंकले सेयरधनीलाई विगतमा दिएको लाभांश हेर्ने हो भने १४ प्रतिशत लाभांश नराम्रो होइन । बैंकले पछिल्लो ५ वर्षमा नगद लाभांश कर प्रयोजन बाहेक दिएको छैन ।

साधारण लगानीकर्ताले बोनस सेयरको आश गरेका थिए । तर,बोनस नदिएपछि नगद लाभांश घोषणा गरेदेखि अहिलेसम्म सानिमाको बजार पुँजीकरणको आधारले लगानीकर्ताको ७२ करोड रुपैयाँ गुमिसकेको छ ।

सेयर बजारमा नगद लाभांश कि बोनस सेयर भन्ने विषयमा सधै विवाद नै हुन्छ । संसारमा राम्रा कम्पनीले कहिल्लै पनि बोनस सेयर दिएका हुँदैनन् । तर,नेपालको सेयर बजार भने ठिक उल्टो छ । यद्यपी नगद लाभांश मात्र दिने युनिलिभरको सेयर मूल्य सबैभन्दा बढी भएपनि यसको सेयर आम लगानीकर्तासँग छैन ।

एभरेष्ट बैंकले पनि लगानीकर्तालाई बोनस सेयर दिएन । एभरेष्टले २० प्रतिशतको दरले नगद लाभांशको वितरण गर्ने घोषणा गर्यो ।

एभरेष्ट बैंकले नगद लाभांश घोषणा नगर्दासम्म यसको सेयर मूल्य प्रतिकित्ता ६२० थियो । अहिले यसको सेयर मूल्य ५८५ मा झरेको छ । बजार पुँजीकरणको आधारले हेर्दा नगद लाभांश घोषणा गर्नु अगाडि एभरेष्टको बजार पुँजीकरण ४९ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ थियो ।

अहिले यसको बजार पुँजीकरण घटेर ४६ अर्ब ९५ करोड रुपैयाँमा आएको छ । अर्थात नगद लाभांशको घोषणापछि मात्र बजार पुँजीकरणको आधारले एभरेष्टका लगानीकर्ताले २ अर्ब ८१ करोड रुपैयाँ गुमाएका छन् ।

अब कुरा गरौ स्टाण्डर्ट चाटर्ड बैंकको । स्टाण्डर्ट चाटर्ड बैंकले १७.५  प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।

यसको असरपनि सेयर बजारमा देखियो । स्टाण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य लाभांश घोषणा गर्नु अगाडि ६९० रुपैयाँ थियो । हिजो आइतबार ५९ रुपैयाँले घटेको चाटर्डको मूल्य आजको दिनपनि प्रतिकित्ता १९ रुपैयाँले घटेको छ । आजको कारोबारबाट स्टाण्डर्ट चाटर्डको सेयर मूल्य ६१३ मा झरेको छ ।

बजार पुँजीकरणको आधारमा हेर्दा नगद लाभांश घोषणा गर्नु अगाडि स्टाण्डर्ट चाटर्डको बजार पुँजीकरण ५५ अर्ब २७ करोड रुपैयाँ थियो । यो अहिले घटेर ४९ अर्ब ११ करोडमा घटेको छ । अर्थात दुईदिनमा नै बजार पुँजीकरणको आधारमा लगानीकर्ताले स्टाण्डर्ट चाटर्डबाट ६ अर्ब १६ करोड रुपैयाँ घाटा भोगेका छन् ।

नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको अधिपत्य छ । अझ सेयर संख्याको आधारमा वाणिज्य बैंकहरुको सेयर मूल्य र तिनले गर्ने घोषणाले सेयर बजारलाई नै असर पार्छ । तीन बैंकले नगद लाभांश घोषणा गरेपछि सेयर बजारबाट मात्र लगानीकर्ताको सम्पत्ति करिब १० अर्ब रुपैयाँले गुमेको छ ।

सेयर बजारका जानकार दिलिप मुनकर्मी लगानीकर्ताको उल्टो मनोविज्ञानको कारण आफैलाई घाटा भएको बताउँछन् ।

‘बोनस सेयर आएन भनेर सस्तो मूल्यमा सेयर बेच्दा आफैलाई घाटा छ,सधै बोनस सेयर आउने आश लगानीकर्ताले गर्नु भएन,’उनले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु