विश्व पौडेलको प्रश्नः अर्थमन्त्रीज्यू, डुइङ बिजनेश इन्डेक्स स्वेतपत्र निकाल्दाभन्दा पनि तल झर्यो नि !



अर्थमन्त्रीले पोहोर साल श्वेतपत्रमा हाम्रो अर्थतन्त्र झुर छ भनेर ल्यारेटिभ ब्युल्ट गर्ने क्रममा उल्लेख गर्नुभएको एउटा सुचकांक डुइङ बिजनेश इन्डेक्स पनि थियो (हेर्नुस्स् श्वेतपत्र बुँदा ८)।

पोहोर साल हाम्रो वरियता क्रममा स्थान १०५औं थियो। भारत को १००औं थियो। श्रीलंका १११औं थियो।

परार साल हाम्रो स्थान १०७औं थियो। भारत १३०औं थियो। श्रीलंका ११०औं थियो। पोहोर साल हाम्रो २ स्थान ले सुधार भएको थियो।

यसपाली नयाँ वरियता आएको छ। यस अनुसार हाम्रो वरियताक्रममा स्थान ११०औं छ र भारत ७७ औं, भुटान र श्रीलंका (१००औं स्थानमा, पोहोर भन्दा उल्लेखनीय ११ स्थान सुधार) भन्दा पछाडि परेका छौं। यसपाली हामी झन खस्केका छौं। छिमेकी भारत भने गएको दुई वर्षमा नै १३०औं स्थान बाट ७७ औं मा उक्लेको छ।

कुल १९० मुलुकको बरियता गरिएको छ।  अर्थमन्त्रीलाई यी बरियताक्रमको बारेमा थाहा पनि थियो, उहाँले पुर्वसरकारले छोडेको अर्थतन्त्रको बारेमा मुल्यांकन गर्दा यो उल्लेख पनि गर्नु भयो। मलाई के आशा थियो भने अब भारतमा जस्तै यो वरियताक्रममा देशलाई माथि पार्न मुलुकमा काम होला।

तर एकसेएक भाषणबाज भएको हाम्रो देशमा आफैंले भनेका कुराहरुमा फ्लअ‍ेअप नगर्ने चर्को प्रवित्ति छ। उच्च पदमा रहेका अधिकांश व्यक्तिहरु भाषण गर्नु नै शासन गर्नु हो झै गर्छन्।

जसले गर्दा भाषण नै हास्यास्पद हुने र दिगो प्रगती हासिल नहुने स्थिति छ ।  उदाहरणको लागि हामीले सुनेको सडकका खाल्डाखुल्डी वैशाख १५ सम्म पुर्ने, असोजसम्म पानी ल्याउने जस्ता डुइङ डेट भ गए, अब, जहाँ सम्म लाग्छ, पुष सम्म पानी जहाज चढाउने अर्को ड्युइ डेट आउँदैछ।

सरकारी आँकडा अनुसार २०७४ साउन देखी माघ सम्म १४ अरब ३४ करोड वैदेशिक लगानी भित्रिएकोमा वर्तमान सरकार आएपछी फागुनदेखि असारसम्म जम्मा ३ अर्ब १७ करोड रुपैयाँमात्र लगानी भित्रिएको थियो। सरकारको मुख्य गोल आफ्ना नागरिकलाई ङ्याकेर कर बढी उठाउने र विभिन्न नाममा आफ्ना मान्छेहरुलाई वितरण गर्ने मात्र हैन।

दिगो बिकासका स्रोतहरु पहिल्याउने पनि हो। स्वदेशी विदेशी लगानीको बातावरण नबनाइ यो मुलुक अगाडि बढ्दैन र त्यसका लागि लगानिकर्ताहरुको विश्वास जित्नसक्नुपर्छ।

म अहिले उद्योगी व्यवसायीहरुसँग बस्दा उनीहरु कोही पनि उद्योगमन्त्रीसँग खुशी भएको कुरा गर्दैनन् बरु अनपेक्षित महेश बस्नेत राम्रा थिए भन्छन्। यो वर्षको डुइङ बिजनेश इन्डेक्स र्याङिकलेले सरकारलाई आफ्ना अहिलेसम्म का नीति, नेतृत्व र कार्यक्रमहरु समिक्षा गर्न प्रेरणा दिओस भन्ने आशा गरौं।

अर्थशास्त्री पौडेलको फेसबुकबाट


क्लिकमान्डु