यी हुन् दिदीभाई मिलेर गरेका केही सफल उद्यमहरु



दाजुबहिनी, दिदीभाईको सम्बन्धलाई सम्झिने पर्व तिहार हो । यसबाहेक अर्को चाड हो रक्षा बन्धन । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन पर्वका दिन नेपालमा जनै पूर्णिमापनि मनाइने गरिन्छ ।

विशेष गरी भारतमा मनाइने रक्षाबन्धन पर्व नेपालमा तराई हुँदै भित्रिएको हो । यस पर्वलाई दाजुबहिनी र दिदीभाई बीचको अटुट सम्बन्धको रुपमापनि मनाइने गरिन्छ । यसदिन लामो समयदेखि चिसिएको भाईबहिनीको सम्बन्ध समेत राम्रो हुने गर्छ भन्ने विश्वास रहेको छ ।

तर, आज हामी केही यस्तो उदाहरणहरु दिन गइरहेका छौँ, जुन दिदीभाई वा दाजु बहिनीलेसँगै काम गरेर विश्व मै चर्चा पाएका छन् ।

स्लाईड सेयर

सामाजिक सञ्जालको प्रयोग गर्ने प्रायः मानिसहरुलाई यो वेभसाइटको बारेमा राम्रो ज्ञान हुन्छ । यसलाई रश्मी र अमित रन्जनले मिलेर सुरु गरेका हुन् । यसको मद्दतबाट प्रेजेन्टेशन बनाउन सकिन्छ । यो वेभसाइट २०१२ मा लिंकक्ड इनले किनेका थिए ।

होमग्रोन

फेशन, आर्ट, कल्चर र लाईफस्टाइलसँग जोडिएको यो वेभसाइट वरुण र वर्षा पात्राले सुरु गरेका थिए । भारतमा यो वेभसाइटलाई फलो गर्ने मानिसरुहको संख्या बढ्दो क्रममा रहेको छ ।

क्याम्पस सूत्र

यो पहिरन उद्योगसँग जोडिएको स्टार्टअप हो । जुन खुश्बू अग्रवाल, आदित्य अग्रवाल र सोनल अग्रवालले मिलेर खोलेका हुन् । यो कम्पनीले विद्यार्थीहरुलाई ध्यानमा राखेर टिसर्ट, ज्याकेट, ब्याग आदि चिज बनाउने गर्थे । फिल्प कार्ट, ऐमजन, जबन्ग र मिन्त्रामा यसका कपडाहरु किन्न सकिन्छ । यसको सुरुवात २०१३ मा भएको थियो र यस कम्पनीले सेल्समा १ सय करोड भारु कारोबार गरेको थियो ।

खिजूङ्गा

भारतको दिल्लीमा बस्ने आकाश र नीतू भाटियाले २००७ बाट यसको सुरुवात गरेका हुन् । यसको सहयोगमा क्रिकेट, थीम पार्क, टूर आदिका लागि टिकट बुक गर्न सकिन्छ । यो भारतको एक मात्र यस्तो टिकट कम्पनी हो, जुन ओलम्पिक जस्तो इभेन्टको लागि टिकट बुक गर्ने गर्छ ।

इमार्टिकस लर्निङ

मुम्बईको यो वेभसाइट सोनिया र निखिलले सुरु गरेका हुन् । २०१२ मा सुरु भएको यो संस्थाले प्रोफेशनल एजुकेशन दिने गथ्र्यो । विश्वभरमा यसले अहिलेसम्म ३० हजार भन्दा बढी विद्यार्थीलाई शिक्षा प्रदान गरेको छ । यस संस्थाले भारतका साथै दुबई र अफ्रिकामा पनि शिक्षा प्रदान गरेको छ ।
(एजेन्सीहरुबाट)


क्लिकमान्डु