रत्नपार्कमा सुगा देखाएर भविश्य बताउने खेला होइन सेयर बजार: इन्भेष्टर्स फोरमका उपाध्यक्ष रौनियारको विचार



अहिले बैंकको ब्याजदर केही घट्न थालेको छ । घटेपनि ब्याजदर अझैपनि उच्च नै छ । त्यसको असर सेयर बजारमा प्रत्यक्ष रुपमा परेको छ र सेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ ।

बैंकको ब्याजको रेट बढेको कारणले नै बजार घटेको हो । बैकको व्याज र सेयर बजारको सम्बन्ध एक अर्कामा विपरीत हुन्छन् ।

बैंकको ब्याज घट्दा सेयर बजार बढ्न जान्छ भने बैकको ब्याज बढ्दा सेयर बजार घट्न जान्छ । ८–९ प्रतिशत ब्याज दिएका बैंकले हाल १५ प्रतिशतसम्म ब्याजदिने भएका छन्, त्यसको असर सोझै बजारलाई परेको हो ।

नेपाल राष्ट्र बैंकले हकप्रदमा कुनै अंकुश लगाएको छैन । जसका कारण अहिले हकप्रदमा बाढी नै आएको छ । बैंकको पूँजी ४ गुणा बढाउने राष्ट्र बैंकले, बैंक तथा वित्तीय संस्थालाई हकप्रदमा खुल्ला छोडदिएको छ । खुल्ला छोडेकै कारण बैंक तथा वित्तीय संस्थाले हकप्रद जारी गर्न रिजर्भ र सरप्लसबाट बोनस दिने निर्णय गरे ।

वास्तवमा हकप्रद जारी गर्न बैंकको रिजर्भ कोषमा पर्याप्त रकम हुनुपर्छ । रिजर्भ पूँजीमा सबल भएका बैंकलाई मात्र योग्य बैंक मानिन्छ । तर, अवस्था ठ्याक्कै त्यस्तै रहेको छैन, हकप्रदको बाटो टेकेर योग्य नरहेका बैंकले समेत हकप्रदमा जान रुचाएका छन् ।
अर्कोतर्फ एउटा बैंकसंग अर्को बैंक नै मर्ज हुँदा राम्रो हुने भएपनि मर्जरको स्वरुप त्यस्तो देखिएको छैन । यसले समेत बजार बढ्न दिएन । राष्ट्र बैंकले समेत आईपिओ, एफपिओमा मात्रै ध्यान केन्द्रित गरेको देखिएको छ ।

यसको प्रभाव बीमा समितिबाटै छर्लङ्ग हुन्छ । जीबन बीमातर्फ २ सय करोड तथा निर्जीवन बीमातर्फ १ सय करोड पूँजी वृद्धीको लागि हकप्रद कै सहायता लिएको देखिन्छ ।

सेयर लगानीकर्ताको ४ खर्ब रुपैयाँ गुम्यो । बजारपूँजीकरणको गिरावटको सास्ती भोगेका लगाानीकर्ता यति सजिलै तङ्ग्रीन सक्दैनन् । बजारमा लगानीमा सहभागी भएकाहरु निराश हुनु भनेको नयाँ लगानीकर्ताको बाटो नै थुन्नु जस्तै हो ।
विज्ञले जथाभाबी बोल्न हुँदैन ।

 

यस्तो अवस्थामा सकेकाले बोनस दिने तथा नसक्नेले हकप्रद नै जारी गरेको पाइन्छ ।
पहिले २ सय करोड लिक्यूडीटी थियो, जुन बेलमा समेत बजार चलेकै
थियो । अहिले बजारमा ८ सय करोड लिक्यूडिटी क्रन्च हुँदा पैसा कता गयो होला त ? अहिले त्यस्ता ठूला कारखाना खुलेका छैनन्, कतै सडक निर्माण भएको छैन, अनि कहाँ पुग्यो होला त्यत्रो पैसा ?

सबै पैसा राइट तथा प्रमोटरमा गएको छ । आइपिओ, एफपिओमा गएको छ । त्यहीँ पैसा सूचीकृत भएर बजारमा आएको छ । अब यस्तो अवस्थामा बजार बढ्ने अवस्थापनि भएन ।

नियामक निकायले पूँजीवृद्धिलाई नै ठूलो उपलब्धी मानेका छन् । अहिले बजारमा माग बढाउनेमा कसैको ध्यान नगएकाले यस्तो अवस्थामा पुगेको हो । सैद्धान्तिक रुपमा राम्रो देखिएपनि व्यवहारिकतामा धेरै नै कमजोरी छ । सप्लाई अनुसारको खपत हुने ठाउँ नभएपछि अब सप्लाईको माने के नै रहयो र ?

बजारमा गलत व्याख्या तथा नराम्रा प्रचारबाजी हाबी छन् । प्यान, भ्याट र सिजिटिको गतल प्रचार भएको छ । बजारमा हल्ला फिजिएको मात्र होइन सरकारी अंगबाट नै यस्ता प्रचार हुनु दुःख कै कुरा हुन् । यहीँ कारणले साढे १६ करोडको बजार घट्न थालेको थियो ।

अहिले हाम्रो बजारपूँजीकरण घटिरहेको छ । नेप्सेको २१ खर्ब बजारपूँजीकरण क्षमता रहेको छ । अहिले पोहोरको १८ खर्बबाट समेत घटेर १४ खर्बमा आइपुगेको छ । यस्ले बार्डलाई, नेप्सेलाई, राष्ट्र बैंकलाई त केही फरक पारेन होला, तर प्रत्यक्ष यसको मारमा परे सेयर लगानीकर्ता ।

सेयर लगानीकर्ताको ४ खर्ब रुपैयाँ गुम्यो । बजारपूँजीकरणको गिरावटको सास्ती भोगेका लगाानीकर्ता यति सजिलै तङ्ग्रीन सक्दैनन् । बजारमा लगानीमा सहभागी भएकाहरु निराश हुनु भनेको नयाँ लगानीकर्ताको बाटो नै थुन्नु जस्तै हो ।
विज्ञले जथाभाबी बोल्न हुँदैन ।

तोरीलाहुरे पाराले अल्पज्ञानको पण्डित्याई गर्ने विज्ञहरुको पनि हामी कहाँ कमी छैन् । रत्नपार्कमा सुगा देखाएर भविश्य बताउने खेला होइन सेयर बजार । कताकता बजार घट्दा बानेश्वरमा लगानीकर्ताले आत्महत्या गरेकोपनि सुनिया, यो कति सत्य हो त्यो थाहा छैन्, तर बजार यस्तो अवस्थामा आईपुग्नु भनेको रत्तिभरपनि ठीक होइन् ।

सबैलाई चित्त बुझ्ला कि नबुझ्ला, तर बजनारमा गलत प्रचारबाजीले ठूलै भूमिका खेलेको छ । वास्तवमा लगानीकर्ताको मनोबल बढाउन सबैपक्षबाट पहल भएमा मात्र बजारको वातावरणमा सहजता आउँछ ।

त्यतिधेरै निराशपनि हुनु पर्दैन, हामी कहाँ पूँजी बजारमा सुन्दर भविष्य नभएकोपनि होइन् । बोर्ड तथा नेप्से एक किकिमका हाम्रा अभिभावक नै हुन् । ती निकायबााट जिम्मेवारी पूरा गर्दा हामीले धन्यवाद दिनुपर्छ, नगर्दा खबरदारी समेत गर्नुपर्छ ।
हामीसंग ५० वटा ब्रोकर र ४१ वटा रिमोट वोर्किङ् स्टेशन(आरडव्लूएस) छन् । अनलाइन प्रणाली आएपछि यसको दायरामा वृद्धि हुन्छ । ७७ जिल्लाबाटै र विदेशबाट समेत कारोबारमा सहजता हुन्छ । बजारको व्यापकता बढनुपर्ने आजको माग हो । हाम्रो बजारको आयतन, घनत्व बढ्नु जरुरी हुन्छ ।

एनआरएनको सन्दर्भमा बोर्डले बोलेको ३ बर्ष भयो । यसरी गैर आवासीय नेपालीलाई प्रवेशद्वार खोलेर बोर्डले स्वागत गर्ने हिम्मत नै गर्न सकेको छैन । डाक्न त डाकेको छ, तर झ्यालबाट मात्र । झ्यालबाट असल मान्छे आउँदैनन्, आउँछन् त केवल चोरहरु

कमर्सियल बैंकलाई ब्रोकर लाईसेन्स दिने नीति आफैमा प्रशंसनीय छ । यसरी बच्चा गर्भ मै रहँदा तुहायाउने प्रयास भए झैं कतिपय ब्रोकर यसको विरोधमा समेत लागेको देखिन्छ । यो विरोधमा लाग्नु साह्रै नराम्रो कुरा हो । जालझेल सुरु भैसक्यो, त्यसकारण सतर्कता आवश्यक छ । बजारमा जस्ले चाहेपनि कारोबार गर्न पाउनु पर्छ । पैसा हुनेले सबै पैसा बजारमा हालेकै हुन्छ भन्ने हुन्न । यसरी नै थोरै पैसा लगानी गर्दापनि सोही लगानीकर्तालाई त्यो पैसा धेरै लागेको हुनसक्छ । यसरी हरेक कुराले लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पार्ने भएकाले हरेक पक्ष सेयर बजारको विषयमा संवेदनशील बन्नुपर्ने हुन्छ ।

रिङ रोडभित्र मात्रै सेयर बजार सीमित छ । अझ सीमित ठाउँ मात्र हुने कारोबार प्रणालीबाट नयाँ आशा गर्न सकिन्न । नियामकले यस्ता कुरामा ध्यान दिनुपर्छ । सेयर बजारको दायरा बढ्दा सबैलाई फाइदा हुन्छ । यसरी फाईदा हुने काममा आधिकारिक निकायले काम नै गर्नु जरुरी छ ।

आगामी दिनमा नियामकले मार्केट मेकरमा ध्यान दिंदा राम्रो हुन्छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतले बजारमा सन्तुलन कायम राख्न मद्दत गर्छन् । बजार घट्दा सेयर किन्ने तथा बढ्दा बेच्ने किसिमको सन्तुलन राख्न सकिएन भने बजारमा अन्योलता देखापर्छ । त्यस्ता अन्यौलताले लगानीकर्ताको मनोविज्ञानमा सिधैं असर गर्छ । अहिले त्यहीँ अवस्थामा नै हामी गुज्रीरहेका छौं भन्दा फरक पर्दैन ।

एनआरएनको सन्दर्भमा बोर्डले बोलेको ३ बर्ष भयो । यसरी गैर आवासीय नेपालीलाई प्रवेशद्वार खोलेर बोर्डले स्वागत गर्ने हिम्मत नै गर्न सकेको छैन । डाक्न त डाकेको छ, तर झ्यालबाट मात्र । झ्यालबाट असल मान्छे आउँदैनन्, आउँछन् त केवल चोरहरु । यस्तो अवस्थाको सिर्जना गर्नु भनेको आफ्नै खुट्टामा आफैंले बञ्चरो प्रहार गर्नु जस्तै हो ।

केही कामहरु भएका छन्, तर त्यो कछुवाको गतिमा मात्रै सीमित छ । सरकारी पारमा मात्र काम गर्दा लगानीकर्ताको उठिबास लागिसक्यो । लगानीकर्तालाई कुनैपनि हालतमा त्रासमा राख्नु हुन्न, यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्याओस् ।

अहिलेको त्रासको बाताबरणमा सुधार गरेर उत्साह भर्ने काम गर्न सक्नु पर्छ । कोर क्यापिटल र सरप्सलमा वृद्धि गर्नतर्फ ध्यान गएमा अन्यौलता बिस्तारै हट्दै जान्छ ।
हकप्रद दिंदापनि कम्पनीको अवस्था कमजोर छ भने प्रति सेयर आम्दानी (इपीएस) मा नै नोक्सान हुनपुग्छ । पेड अफ क्यापीटल विचार गरेर मात्र हकप्रदतर्फ ध्यान पुर्याउँदा उत्तम हुन्छ ।

हाल बजारमा अन्योलताको परिवेश देखिएपनि नयाँ लगानीकर्ता आईपिओ मार्फत बजार प्रवेश गर्न भने उत्तम मौका यही हो । दोस्रो बजारमा जान चाहेमापनि लगानीकर्ताले कम्पनीले सार्वजनिक गरेका वित्तीय विवरणको अध्ययन गरेर जान सक्ने छन् । यो सालको मात्र नभएर अघिल्ला बर्षमा विवरणमा ध्यान दिंदा बुझाइमा स्पष्टता ल्याउन मद्दत गर्छ । साथै खर्च सन्तुलन गरेर सेयरमा लगानी गर्ने बानी गरेमा आत्तिहाल्नु पर्ने अवस्था खासै आउँदैन ।

(नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले क्लिकमाण्डु संवाददाता नबिन पोखरेलसँग गर्नुभएको कुराकानीमा आधारित)


क्लिकमान्डु