कालीमाटी बजारको विवाद के हो ? वाणिज्य, उपभोक्ता तथा आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचनको बयान



कृषकको फार्मबाट तरकारीहरु कालिमाटी थोक बजारमा आउँदा के कस्ता व्यवहारहरु हुने गरेका छन् । किसानको बालीबाट उब्जिएको तरकारी मूल्य किसानले भन्दा बिचौलियाले धेरै लिने गरेका छन् ।

किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महङ्गो मूल्यमा खरिद गर्नु परेको गुनासो आए । बिचौलियाका कारण तरकारी महङ्गो भएको निश्कर्ष सहित त्यसको पहिचान गर्न अनुगमन गरेका सोमबार र मंगलबार कालीमाटी तरकारी तथा फलफुल बजारको अनुगमन गरेका हौँ ।

म र हाम्रो टोली कालीमाटी बजार पुग्दा बिचौलिया भागे, उनीहरुलाई समाउन सकेनौं । तरकारी ढुवानी गरेर ल्याउने चालकलाई नियन्त्रणमा लियौं ।

हाम्रो टोली अनुमगनका लागि सोमबार बिहान ३ बजे त्यहाँ पुगेको थियो । तर हामी पुग्नु अघि तरकारी आईसकेको रहेन छ । हामी पुग्दा २ वटा ट्रक तरकारी ल्याएर आएका रहेछन् । अनी हामीले समायौं । तर, एउटा ट्रक चालकलाई नियन्त्रणमा लिन सकेनौँ ।

हामीले एउटालाई सोधपुछ गर्दा कहाँबाट ल्याएको ? कतिमा ल्याएको केही भन्न सकेन र बिलबिजक पनि देखाउन सकेन । ती चालकलाई समातेपछि व्यवसायीले व्यापक नाराबाजी गरे ।

हाम्रो टोली घेराउमा पर्यो, त्यसपछि थप प्रहरी परिचालन भयो र त्यहाँबाट कर्मचारी फर्के ।

त्यहाँको समस्या के हो ? भन्ने बारेमा थप अध्ययन गर्न अहिले समिति गठन भएको छ । अनुगमन र विवादपछि व्यवसायीहरुले तरकारी बजार बन्द गर्ने प्रेस विज्ञप्ती पायौं ।

भोलिपल्ट बजार केहीबेर खुल्यो तर कारोबार कम भयो । बुधबार व्यापारीले फेरी बजार खोलेका छन्, अहिले बजार पहिले जसरी नै सुचारु छ । हाम्रो कुरा के हो भने तीब्र रुपमा बजार अनुगमन गर्नेछौं र बिचौलियालाई कारबाही गर्ने भनेका छाँै ।

तर, एकैचोटी बल्खु र कालिमाटीमा अनुगमन गर्दा उनीहरुले बन्द गरे भने उपभोक्ता मारमा पर्छन्, त्यसकोपनि हामीले ख्याल गरेर अहिले अनुगमन गरेका छैनौँ । तर, त्यसको मतलब हामीले केही नगर्ने हैन ।

कृषि मन्त्रालय, वाणिज्य मन्त्रालयले यो सबै विषयमा अध्ययन गरेर बिचौलियाको पहिचान गरी उनीहरुलाई ठीक ट्रयाकमा ल्याएरै छाड्छौं । त्यसैले हामीले कालीमाटी तरकारी बजारलाई कसरी व्यवस्थित गर्ने भनेर छलफल गरिरहेका छौं ।

खेतबारीमा कृषकले उत्पादन गर्ने र कृषकले सहकारी लगायत अन्य कम्पनीहरुलाई तरकारी दिने गर्छन् । कृषकले उत्पादन गरेको तरकारी चालकहरुले ढुवानी गर्छन्, त्यहाँ बिचौलिया उपस्थित हुँदैनन् । व्यापार नै गर्ने भए फर्म दर्ता गरुन्, तर उनीहरुले त्यत्तिकै जे पायो त्यही गर्न पाउँदैनन्, कृषक र उपभोक्ता दुबैलाई ठग्न पाउँदैनन् ।

हामी पहिला बिचौलिया पहिचान गर्छौँ र तिनीहरुलाई कारवाहीको दायरामा पनि ल्याउँछौं । बिचौलियाले बिना दर्ता व्यापार गर्न पाउँदैन, हामी आगामी दिनमा अनुगमनको कामलाई अझ सक्रियतासाथ अघि बढाउँछौं र गैरकानूनी कामलाई नियन्त्रण गरेरै छाड्छौं । यसमा आम कृषक र उपभोक्ता ढुक्क भए हुन्छ ।
(क्लिकमाण्डु संवाददाता गिता भुजेलसँगको कुराकानीमा आधारित ।)


क्लिकमान्डु