बुझेको अर्थमन्त्री हुनुहुन्छ, त्यसैले ब्याज घट्छः अनिल शाह




अहिले बैंकको वित्तीय विवरण आएपछि धेरैले ब्याजदर अन्तर (स्प्रेड) बढी लिएर नाफा लिएको आरोप लगाएका छन् । अहिले ५ प्रतिशतको स्प्रेड बैंकलाई छ । र, अब साढे ४ प्रतिशतको व्यवस्था लागू हुँदैछ ।

सर्वप्रथम गएको आर्थिक वर्षमा नबिल बैंकले नै २२ वटा शाखा खोलेको छ । १२ वटा शाखा अतिदुर्गम क्षेत्रमा खोलेको छ । यसैगरी सबै वाणिज्य बैंकले शाखा विस्तार गरेका छन् । गएको आर्थिक वर्षमा जतिवटा शाखा खुल्यो नेपालको बैकिङ क्षेत्रको इतिहासमा त्यतिवटा शाखा खुलेको थिएन । बैंकको पहुँच धेरै नै बढेको छ ।

निक्षेपको कुरा गर्नुहुन्छ भने हाम्रो बैंकको बृद्धिदर १५ प्रतिशत छ भने कर्जाको बृद्धिदर २० प्रतिशत छ । कारोबार गर्ने ठाउँहरु बढेको छ । निक्षेप र कर्जामा कारोबार गर्ने ठाउँ बढेको छ । जब कारोबार बढ्छ भने नाफा पनि बढ्छ ।

राष्ट्र बैंकले बैंकको पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने नियम बनायो । हरेक बैंकको पुँजी ८ अर्ब पुगेको छ । यो भनेको ५ तारे होटल, जसको एकदेखि डेढ सय वटा कोठा भएकोमा एकैपटक चारसय वटा कोठा भएको जस्तो भएको हो । एक सय कोठा भएकोले त्यही व्यवसाय गर्ने थियो भने चारसय पुगेपछि त्यही अनुसार गर्नुपर्यो । हाम्रो पनि ८ अर्ब पुँजी पुगेपछि त्यही अनुसारको व्यवसाय गर्नुपर्यो ।

सरकार र राष्ट्र बैंकको नीतिले १० वर्षपछि वाणिज्य पुग्ने ठाउँमा हामी यो वर्ष नै पुगेका छौं । बैंकको शाखा पनि बढेको छ, निक्षेप पनि बढेको छ भने कर्जा र नाफा पनि बढेको छ ।

वित्तीय क्षेत्रले यति जोखिम बोकेर ५ प्रतिशत स्प्रेडमा यति नाफा कमाउन सक्छ भने अरु क्षेत्रले किन नसक्ने ?

स्प्रेडमा मात्र खेलेर हामीले नाफा बढाएको होइन । अहिले स्प्रेड बढाएर मात्र नाफा गर्यो भन्ने कुरा आएको छ, त्यो होइन । हाम्रोमा संविधान छ । संविधानमा समाजवादी व्यवस्था भनेर भनिएको छ ।

नेपाली जनताले भोट गरेर नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार बनेको छ । समाजवादी सरकारलाई नेपाली जनताले समर्थन गरेको छ । ५ प्रतिशत स्प्रेड खाएर बैंकले अर्बाैं रुपयाँ कमाएको छ । तर, यसमा जोखिम कति छ ?

मेरो बैंकमा नै हेर्नुस् । हामीले १ खर्ब ५० अर्ब रुपैयाँ ऋण दिएका छौं । त्यसको जोखिम कति छ हामीलाई थाहा छ । हामीले ५ प्रतिशत स्प्रेड राखेर ४ अर्ब रुपैयाँ नाफा कमाएका छौं । यो व्यवस्थालाई राष्ट्रिय बहस नै बनाउनु भयो । वित्तीय क्षेत्रले यति जोखिम बोकेर ५ प्रतिशत स्प्रेडमा यति नाफा कमाउन सक्छ भने अरु क्षेत्रले किन नसक्ने ?

हरियाणामा बनेको मोटरसाइकल ट्रकमा बोकेर यहाँ ल्याएर नेपाली जनतालाई ३० देखि ३५ प्रतिशत स्प्रेड खाएर बेचिएको छ । यस्तै सरकार आफैले बेच्ने पेट्रोलियम पदार्थ होस् या अन्य वस्तु जस्तै आलु, चामल, दाल ५ प्रतिशत स्प्रेडमा बेच्न सकिन्छ ?

अब सबैले बिचार गरेर देशमा ५ प्रतिशत स्प्रेड सबै क्षेत्रमा लागू गर्नुपर्यो । नेपाललाई समाजवादी देश बनाउने हो भने यो व्यवस्था कार्यान्वयन गर्नुपर्यो । सर्वसाधारण नेपालीको जीवनस्तर उकास्नको लागि ५ प्रतिशत स्प्रेडको व्यवस्था सबै ठाउँमा लागू गर्नुपर्यो ।

हरियाणामा बनेको मोटरसाइकल ट्रकमा बोकेर यहाँ ल्याएर नेपाली जनतालाई ३० देखि ३५ प्रतिशत स्प्रेड खाएर बेचिएको छ । यस्तै सरकार आफैले बेच्ने पेट्रोलियम पदार्थ होस् या अन्य वस्तु जस्तै आलु, चामल, दाल ५ प्रतिशत स्प्रेडमा बेच्न सकिन्छ ?

बैंकलाई ५ प्रतिशत बढी भयो भनेर साढे चार प्रतिशत बनाउन खोजिएको छ । बैंकलाई साढे ४ प्रतिशत गरौं, अरुलाई ५ प्रतिशतको स्प्रेडको व्यवस्था गरौं । अहिले अरु व्यवसायलाई वैधानिक रुपमा २० प्रतिशत स्प्रेडको व्यवस्था छ । त्योपनि कार्यान्वयन भएको छैन । सबै चिज ५ प्रतिशत स्प्रेडमा बेच्न पाउने व्यवस्था गरौं न त ।

अहिले नाफा बढाउन ऋणीलाई मात्र पेलेको भन्ने आवाज उठेको छ । नबिल बैंकमा झण्डै ६ लाख ग्राहक छन् । २५ हजार ऋण लिने ग्राहक छन् । अहिले ब्याजदर बढेर सर्वसाधरण नेपालीले ब्याजदर बढ्दा बढी ब्याजदर पाउनु भएको छ । सरकारले हेर्ने भनेको निक्षेपकर्तालाई पनि हो । ऋणीलाई मात्र होइन होला । ऋणीको ठूलो स्वर छ भन्दैमा उनीहरुको मात्र कुरा सुन्नु भएन ।

ब्याज बढी हुँदा कसलाई मार पर्यो ? अहिले निक्षेपकर्तालाई फाइदा भएको छ । अहिले हामीले सबैभन्दा बढी ब्याजदर सर्वसाधारणलाई दिएका छौं । अहिले मुद्दती निक्षेपमा मुद्रास्फीतिभन्दा बढी ब्याज पाएका छन् ।

रकारले हेर्ने भनेको निक्षेपकर्तालाई पनि हो । ऋणीलाई मात्र होइन होला । ऋणीको ठूलो स्वर छ भन्दैमा उनीहरुको मात्र कुरा सुन्नु भएन ।

जब यहाँ ब्याज कम थियो, जसले ऋण लिएर काम गर्नु भएको थियो, उहाँहरुले मूल्य घटाएको जस्तो त लागेन । ७ प्रतिशत ब्याजदरमा ऋण पाउदा केही सामानको मूल्य घटेको थियो ? अहिले ब्याजदर बढ्दा मात्र हल्ला बढी भएको छ ।

बैकिङ क्षेत्रलाई मात्र बढी प्रश्न उठेको छ । जुन स्वभाविक पनि छ । नेपाल राष्ट्र बैंक जस्तो नियामक निकाय अरु क्षेत्र कोही पनि छैन । जुन किसिमले मेरो तलबदेखि सबै कुरालाई राष्ट्र बैंकले नियमन र सुपरिवेक्षण गरेको छ । नियामकले गर्दा वित्तीय क्षेत्रमा पारदर्शीता छ । अरुले के गर्छ भन्ने कुरा थाहा छैन । तर, वित्तीय क्षेत्रमा सबै कुरा खुल्ला छ ।

नेपालका बैंकहरुमा कहिले पैसा बढी हुने, कहिले नहुँने समस्या छ । यो माग र आपूर्तिको कारण निर्देशित हुनेछ । कुनै बेला तराई मधेशमा आन्दोलन थियो । त्यो बेलामा आलु अभाव थियो । त्यो बेला आलुको भाउँ २ सय प्रतिशतले बढेको थियो । जब ऋण दिनको लागि चाहिने रकमको अभाव हुन्छ, त्यो बेलामा निक्षेपको ब्याजदर बढ्छ र जसले गर्दा कर्जाको ब्याजदर स्वभाविक रुपले बढ्छ ।

जब यहाँ ब्याज कम थियो, जसले ऋण लिएर काम गर्नु भएको थियो, उहाँहरुले मूल्य घटाएको जस्तो त लागेन । ७ प्रतिशत ब्याजदरमा ऋण पाउदा केही सामानको मूल्य घटेको थियो ?

बैंकमा ऋण दिने रकमको अभाव निजी क्षेत्रले काम गरेर भएको होइन । गएको आर्थिक वर्षमा नेपाल सरकारले समयमा खर्च गर्न सकेन । नेपाल सरकारले विभिन्न कर उठाएको हुन्छ । गतवर्ष ७ खर्ब ३१ अर्ब रुपैयाँको राजस्व उठेको थियो । त्यो पैसा सरकारको ढुकुटीमा बस्दा हामीले खर्च गर्न सक्दैनौं । हामीले सरकारको बजेट अनुसारको प्लान बनाउने हो । पैसा खर्च नभएपछि निक्षेप तानातानको अवस्था भयो । ब्याज बढाउने निक्षेपकर्ता आकर्षित गर्नको लागि हो ।

अर्को हाम्रोमा आयात बढिरहेको छ । जसले गर्दा शोधानान्तर घाटा बढेको छ । हाम्रो देश रेमिटेन्सले धानेको हो । म जस्तो बिजनेश क्लासमा हिड्नेले देश धानेको होइन । क्याप लगाएर इकोनोमी क्लासमा हिड्ने नेपालीले पठाएको पैसाको कारण देश चलेको हो ।

रेमिटेन्सको बृद्धिदर घट्दै गएको छ । रेमिटेन्सको मुल स्रोत कतार हो । कतारमा सन् २०२२ को विश्वकपमा बनेको पूर्वाधार बनिसकेको छ । उहाँहरु फर्केपछि केमा काम गर्ने, के गर्ने प्रष्ट छैन ।

रेमिटेन्सको बृद्धिदर घटेपनि आयात अत्याधिक बढेको छ । अहिलेसम्म आयात धान्न सक्ने विदेशी मुद्रा सन्चिती १० महिना जतिको छ । तर, संकेतहरु राम्रो देखिएको छैन । यसमा अहिलेदेखि नै सरकारले ध्यान दिनुपर्ने हुन्छ ।

बैंकले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने भन्ने कुरा हुँदैन । बैंकले आफै हाइड्रो खोल्दैन । उद्योग खोल्दैन । हाम्रो ग्राहकले एलसी खोलेर बाइक आयात गर्छ भने हामीले लगानी किन नगर्ने ?

बैंकले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने भन्ने कुरा हुँदैन । बैंकले आफै हाइड्रो खोल्दैन । उद्योग खोल्दैन । हाम्रो ग्राहकले एलसी खोलेर बाइक आयात गर्छ भने हामीले लगानी किन नगर्ने ?

बैंकले अहिले निक्षेपमा ब्याजदर घटाएका छन् । नयाँ कर्जामा पनि घटेको ब्याजदरमा नै ऋण दिएको अवस्था छ । पुरानो ऋणको विषयमा असोज महिनापछि ब्याजदर घट्छ ।

अहिले अर्थमन्त्री अर्थतन्त्रको बारेमा निकै नै जानकार हुनुहुन्छ । यो पटक सरकारको विकास खर्च विगतमा जस्तो ढिलो हुने र भुक्तानी पनि ढिलो समस्या नआउने अपेक्षा हाम्रो छ । यसमा अर्थमन्त्रीज्यूले यो समस्या समाधान गर्नुहुन्छ भन्ने अपेक्षा हो । सरकारले समयमा विकास खर्च नगर्दा बैंकमा पैसा नआउने हो । त्यो भएपनि निक्षेपको ब्याजदर बढी हुन्छ । यो पटक त्यो हुँदैन ।

अर्को अघिल्लो वर्ष बैंकको पुँजी एकैपटक ८ अर्ब पुग्यो । त्यो अनुसारको व्यवसाय विस्तारको दवाव पनि भयो । सो अनुसारको व्यवसायको निरन्तरता यो वर्ष हुने हो । त्यसैले असोजदेखि ब्याजदर घट्न थाल्छ ।
(नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहसँगको कुराकानीमा आधारित)


क्लिकमान्डु