अर्थमन्त्रीले सेयरको मूल्य बढाउनु पर्यो भन्दै भाषण गर्नुपर्ने हो ?: नीरव पुडासैनीको बिचार



विश्व अर्थतन्त्रको ऐना स्वरुप रहेको पुँजी बजारका औजारहरु र तिनका परिसूचकहरु तत् देशका अर्थतन्त्रलाई प्रतिबिम्बित गर्दै चलायमान भइरहेका हुन्छन् । तर, हाम्रो सन्दर्भमा अर्थतन्त्रको प्रतिबिम्ब सेयरबजारका अंकहरुमा देखिने बित्तिकै किन अनावश्यक रोदन गरिन्छ ।

संसययुक्त केही छैन । सेयरबजार परिसूचक निरन्तर ओरालो लाग्नु वा बढ्नुले अर्थतन्त्रलाई धेरै हदसम्म प्रतिबिम्बित गर्छ । यसो हुँदा हुँदै पनि किन हामी अर्थमन्त्री वा अन्य कुनै अमूक नेताको नाम भजाएर सेयर बजारमा कारोबार गर्न लालायित हुन्छौं ।

नेताको राजनीतिक भाषणले भविश्यको कार्ययोजनाको दिशाबोध गर्छ । यो सत्य हो । तर, अहिलेका हाम्रा आर्थिक सूचकाङ्कहरु कहाँ सुधारिएका छन् ?

देशका आर्थिक सूचकहरु उपभोक्ता मूल्य सूचकांक, उत्पादन मूल्य सूचकांक, ब्याजदर, रोजगारीका आँकडाहरु आदिमा खोई त प्रगति भएको ? यस्ता यक्ष प्रश्नहरुको उत्तर नमागिकन हामी सेयरबजारका अंकहरुको दुहाई लगाइरहेका छौं । के यस्ता आर्थिक सूचकहरु कमजोर रहेको स्थितिमा सेयरबजारका अंकहरुमात्र सकारात्मक हुनु प्रत्युत्पादक हुँदैन ? त्यसकारण सेयरबजार अर्थतन्त्रको ऐना हो भने यो अवस्थाको परिकल्पना लगानीकर्ताले पक्कैपनि गरेका थिए होलान् ।

भाषणको प्रभाव क्षणिक हुन्छ । छोटो समयको लागि कारोबार गर्नेहरु मात्र यस्ता भाषणबाट हतोत्साही वा उत्साही हुन्छन् । तसर्थ अर्थमन्त्रीको भाषणको आधारमा सेयर बजार घट्यो वा बढ्यो भन्नु मित्था मात्र हो ।

त्यसकारण त्यही भाषणको आधारमा बजारका अंकहरु सकारात्मक हुनु पर्ने मान्यता हामी किन पालिरहेका छौं । जुन कदापि दिगो हुँदैन ।
विश्व बजारमा धेरै कम्पनीका सेयरहरु विभिन्न कमोडिटीका मूल्यहरु जस्तै सुन, चाँदी, कच्चा तेल, तामा आदि । अमूक नेताका भाषण र कार्यनीतिहरुका आधारमा त्यसका मूल्यहरुमा परिवर्तन आउनु स्वभाविक हो ।

तर, ती तर्कयुक्त हुन्छन् । जस्तै ट्रम्पको इरानी नीतिले हालै कच्चा तेलको मूल्यमा तरङ्ग ल्याउने प्रयास नभएको होइन । तर, अमेरिकाको तेल मौज्दात ओपेकको उत्पादन नीति तथा क्यानेडी कच्चा तेलको भण्डार आदिका कारण मूल्यमा भाषण र नीतिको प्रभाव खासै परेन ।

भाषणको प्रभाव क्षणिक हुन्छ । छोटो समयको लागि कारोबार गर्नेहरु मात्र यस्ता भाषणबाट हतोत्साही वा उत्साही हुन्छन् । तसर्थ अर्थमन्त्रीको भाषणको आधारमा सेयर बजार घट्यो वा बढ्यो भन्नु मित्था मात्र हो । हाम्रो बजारमा बैंकहरुको हिस्सा ठूलो मात्रामा छ । पुँजी बृद्धि भएको छ । यो अवस्थामा तुलनात्मकरुपमा विगतका वर्षहरुमा जस्तै गुणात्मक प्रतिफलको अपेक्षा गर्नु नै गलत हो ।

बढेको पुँजीको आधारमा र सँगै सरकारले गर्ने नयाँ विकास खर्च र अन्य लगानीका आयोजनाहरुको आधारमा यदी भविश्यमा पुँजी निर्माणका कार्यहरुमा सुधार आएमा अर्को आर्थिक वर्षदेखि अपेक्षाकृत आम्दानीको अपेक्षा गर्न सकिन्छ । साथै स–साना पुँजीहरुको व्यवस्थापन गर्न खोजिएका म्युच्युअल फण्ड नामक पसलहरुले आ-आफ्नो इकाई धनीहरुको पुँजीको सही रुपमा व्यवस्थापन गर्न नसक्नु पनि बजार घट्नुको मुख्य कारण हो ।

यस्ता पसलहरु १०-२० प्रतिशतको कमाइमा रमाउँदै च्याँखे थाप्दै बजारबाट बाहिरिने वा आफ्नै सहायक बैंकमा मुद्दतीमा रकम जम्मा गर्ने प्रबृत्ति मुख्य जिम्मेवार हो, आजको स्थितिमा ।

अर्थमन्त्री समक्ष यस्ता तार्किक बुँदाहरु लिएर किन जाँदैनन् कोही ? मूल्य घट्यो भनेर रोइलो गर्नुको के अर्थ ? के अर्थमन्त्रीले मूल्य बढाउनु पर्यो भनेर भाषण गरिदिनु पर्ने हो कि ?

यिनीहरु अन्य क्षेत्रमा पुँजीको निर्माण गर्दै लगानी गर्न सक्दैनन् । ठूला आयोजनाहरुमा लगानी गर्न यिनलाई यदि धितोपत्र बोर्डको नीति तथा नियमले रोकेको हो भने अबिलम्ब फुकुवा गरियोस् ।

अर्थमन्त्री समक्ष यस्ता तार्किक बुँदाहरु लिएर किन जाँदैनन् कोही ? मूल्य घट्यो भनेर रोइलो गर्नुको के अर्थ ? के अर्थमन्त्रीले मूल्य बढाउनु पर्यो भनेर भाषण गरिदिनु पर्ने हो कि ?

पुँजीबजारको औजारहरुको सीमा बढाउन हामी किन जोड गर्दैनौं । सेयर फ्यूचर, अप्सन, कमोडिटी फ्यूचर आदि जस्ता औजारहरु भित्र्याउने प्रयास किन गर्दैनौं ? किन धितोपत्र बोर्ड यसतर्फ उन्मुख हुँदैन ?

निकट भविश्यमा कमोडिटी बजारको नियमनको तयारी गरिरहेको बोर्ड देखासिकीबिना सुझबुझ लगानी गर्ने लगानीकर्ताहरुको मानसिकताको आधारमा नियमन गर्न उद्दत हुनु पर्छ । अन्यथा यो भन्दा ठूलो रोदन सुन्न तयार भए हुन्छ ।

त्यसकारण कमोडिटी बजारका मूल्यहरु कसरी सञ्चालित गर्ने भन्ने कुरामा बोर्डले सबैभन्दा पहिला गृहकार्य गर्नु जरुरी छ । यसको नाउँमा धेरै समय लगाउनु उचित हुँदैन । किनभने अहिलेका कमोडिटी लगानीकर्ताहरु पलायन हुने स्थितिको अवस्था आउन सक्छ । साथै माग र आपूर्तिको सिद्दान्तको आधारमा बजारका मूल्यहरु चलायमान हुने सिद्दान्तलाई आत्मसाथ गर्दै बोर्डले यस बजारको नियमन अबिलम्ब गरोस् । तर यो संगै पूर्णस्वचालित बजार चलाउन राष्ट्र बैंक पनि केही उदार हुनु आवश्यक छ ।

समग्र आर्थिक सुचकहरु क्रमिक रुपमा सकारात्मक हुने संकेत देखिएसंगै सेयर बजारमा सुचिकृत कम्पनीहरुको नाफामा सुधार आउने आशा गर्न सकिन्छ । तसर्थ भोलिका दिनहरूमा ति कम्पनीहरूले राम्रै गर्ने छन् ।

उदाहरणका लागि हालै फण्ड ट्रान्सफरमा तोकिएको सीमाले नै यस बजारको बिस्तारको बाधक बन्छ । सँगै कमोडिटी बजारको ढाँचा कुन रुपमा हुने हो, त्यो प्राथमिक विषय हुनु पर्छ । जसको आधारमा कमोडिटी एक्सचेन्ज, मार्केट मेकर, बैंकर, क्लियरिङ हाउस आदिको पुँजी कति थप गर्ने/नगर्ने भन्ने निर्णय गर्न सकिन्छ । यसका लागि बोर्डले अन्य देशहरुको अनुशरण गर्नु उत्तम हुन्छ । बजार कति समय चल्ने, एक्सचेन्ज दर कसरी कति समयको लागि तोक्ने, अन्तर्राष्ट्रिय बजार भाउको आधारमा नेपालको माग र आपूर्तिलाई कमोडिटी एक्सचेन्जले प्रदान गर्ने भाउमा कसरी समन्वय गर्ने आदि ।

यस्ता अनुत्तरित धेरै प्रश्नहरुको जवाफ तयार गरेर बोर्डले यथाशीघ्र यसको नियमन गरोस् । यसको साथै नेप्से र धितोपत्र बोर्डबीचको जुहारी पनि सदाको लागि अन्त्य गरिनु पर्छ । जसले लगानीकर्ताहरुमा अन्यौल छाउँछ ।

हालै धितोपत्र बोर्ड र नेप्सेबीच कम्पनी सूचिकरण सम्बन्धि बिवादका कारण पनि लगानीकर्ताहरु अन्यौलमा परेका छन् । जुन विवाद बाहिर आउनु आवश्यक थिएन । तर किन आइरहेको छ ?

के पुँजी बजारको कारोबार सबैका लागि लगानीयोग्य कारोबार हो यो यक्ष प्रश्न स्वयम् लगानीकर्ताहरुले आफैंलाई गर्न आवश्यक छ । उत्तर जे आउँछ, सो अनुसार गर्नु उत्तम हुन्छ । पुँजी बजारका कारोबारमा नेपालमा सेयरबजार बाहेकमा प्रत्यक्ष मार्जिक कारोबार हुन्छ । प्रत्येक कारोबार आफैंमा लिभरेजयुक्त हुन्छ । जसको अर्थ कम लगानीमा पनि ठूलो परिमाणको कारोबारको सुबिधा । के लगानीकर्ता त्यसको भार बहन गर्न सक्षम छन् ? उत्तर स्वयम् लगानीकर्ताले दिनु पर्छ ।

यस्तै सेयरबजारमा पनि ऋणको वा ब्याजको रकममा कसैले गर्छ भने माथिको उत्तर दिनु आवश्यक हुन्छ । अन्यको हकमा पनि त्यो लागु हुन्छ । हामीले लगानी गरेको रकमको कति प्रतिशत हिस्सासम्म जोखिम बहन गर्न सक्ने, नाफाको मात्र होइन घाटाको पनि हिसाब गर्न सक्नुपर्छ । त्यसकारण बिज्ञ मन्त्रीहरु र जानकार सरकारी कर्मचारीहरुसँग मूल्य घटेको कुरामा रोइलो गर्नु भन्दा समग्र पुँजी बजारको नीति, कार्ययोजना र विकासको बारेमा बहस तथा छलफल गर्नु लाभदायक होला ।

समग्र आर्थिक सुचकहरु क्रमिक रुपमा सकारात्मक हुने संकेत देखिएसंगै सेयर बजारमा सुचिकृत कम्पनीहरुको नाफामा सुधार आउने आशा गर्न सकिन्छ । तसर्थ भोलिका दिनहरूमा ति कम्पनीहरूले राम्रै गर्ने छन् ।


पुष्प दुलाल