चिनियाँ सपनामा हिडेका देशहरु, के छ त्यहाँको अवस्था ?



चीनका राष्ट्रपती शि जिनपिङले वान बेल्ट वान रोड परियोजनालाई प्रोजेक्ट अफ दि सेञ्चुरी भनेका थिए ।

चीनको वान बेल्ट वान रोड परियोजनामा ७८ देश सामेल छन् । यो विश्वकै महत्वकांक्षी विकास परियोजना हो । आलोचकहरुका अनुसार यो परियोजनामा सामेल देश चिनियाँ ऋणमा डुबेका छन् । पाकिस्तान, श्रीलंका, मोटेनेग्रो, लाओश र मलेशिया चिनियाँ कर्जामा डुबेका छन् ।

यी देशहरुमा चिनियाँ ऋणमा भईहरुको काम निकै गोप्य राखिएको छ । यी देशमा वान बेल्ट वान रोडका लागि कति लगानी भईहरेको छ भनेर समेत सार्वजनिक गरिएको छैन ।

वान बेल्ट वान रोड परियोजनामा सामेल धेरै देशको अर्थव्यवस्था पहिलेदेखि नै कमजोर थियो । क्रेडिट रेटिङ एजेन्सी मूडीका अनुसार वान बेल्ट वान रोड परियोजना सञ्चालन हुने ७८ देशहरुको अर्थव्यवस्था लगानी गर्न योग्य छैन ।

पाकिस्तान

उदाहरणको लागि ओईसीडी र्याङ्कीङमा पाकिस्तान सातौं स्थानमा परेको छ । पाकिस्तान यही महिनाभित्र अन्तर्राष्ट्रिय मुद्रा कोषमा बेलआउटका लागि निवेदन पठाउने तयारी गरिरहेको छ । चाईना–पाकिस्तान करिडोर अन्र्तगत चीनले पाकिस्तानमा ६० अर्ब डलर बराबरको रकम लगानी गरेको छ । चिनियाँ ऋण चुक्ता गर्दैमा पाकिस्तानको विदेशी मुद्रा सञ्चय सकिएको छ ।

कम्बोडिया पनि तनाबमा

पाकिस्तानपछि कम्बोडियापनि यही परियोजनाका कारण आर्थिक संकटमा फसेको छ । वान बेल्ट वान रोड परियोजनाका लागि कम्बोडियाले भारी मात्रामा समान आयात गरेको छ । जसका कारण उसको व्यापार घाटा १० प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, श्रीलंकालेपनि आर्थिक कठिनाई भोग्नुपरेपछि पहिले नै हम्बानटोटा बन्दरगाहा चीनलाई सुम्पिएको थियो । मोटेन्ग्रोलेपनि चीनबाट यही परियोजनाको लागि भन्दै ८ सय ९ मिलियन युरो ऋण लिएको थियो । यही ऋणका कारण उसको क्रेडिट रेटिङ कमजोर भएको छ ।

यता, लाओसले पनि चीनसंग रेल निर्माणमा सम्झौता गरेको छ । ६ अर्ब डलरको यो सम्झौता लाओसको जीडीपीको ४० प्रतिशत हिस्सा हो ।

यति मात्रै होइन चीनबाहिर काम गरिरहेका ठूला चिनियाँ कम्पनीपनि घाटामा चलिरहेका छन् । फाईनान्सीयलको एक अध्ययनका अनुसार चीन बाहिर काम गरिरहेको १० ठूला कम्पनी घाटामा चलिरहेका छन् । (एजेन्सीहरुबाट)


क्लिकमान्डु