मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? कस्तो हेलमेटले प्रयोग गर्ने



काठमाडौं । हेलमेट मोटरसाइक चालकका लागि अनिर्वाय बस्तु हो । हेलमेट लगाउनु पर्ने अनिर्वाय नियम भएपनि चालकको सुरक्षामा लागि अतिनै महत्वपूर्ण पनि छ ।

मोटरसाइकल चालकले सावधानी अपनाउँदा अपनाउँदै पनि कहिले काँही मोटरसाइकल दुर्घटना हुन्छ । दुर्घटना हुँदा हेलमेटले चालकको टाउँको सुरक्षा गर्ने गर्छ । सामान्यदेखि ठुलो दुर्घटनामा पनि हेलमेटले चाललको टाउँको सुरक्षित गर्न सक्छ ।

जसका कारण हेलमेट लगाउन गाह्रो माननहुने ट्राफिक प्रहरीको भनाइ छ । मोटर साइकलमा सवार गर्ने चालकले मात्रै नभइ अरुले पनि हेलमेट लगाउने सुरक्षाको हिसाबले अति नै राम्रो हो ।

कतिपयले चालकले छोटो दुरी भन्दै कहिलेकाही हेलमेट नै प्रयोग नगरी मोटरसाइकल चलाइरहेका हुनछन् । यो सुरक्षाको हिसाबले अतिनै नाजायज काम हो । हेलमेट नलगाई मोटरसाइकल प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले फेला पारेको अवस्थामा समेत उनीहरु उल्टै झर्किने प्रवृत्ति छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार राजधानीमा सवारीसाधनमध्ये मोटरसाइकल बढी दुर्घटना हुने गरेको छ । त्यसो त राजधानीका सडक यतिबेला मोटरसाइकलका लागि निकै जोखिमयुक्त छन् ।

त्यसका पनि पछिल्लो समय उपत्यकाका टिपरको आतंक नै मच्एिको छ । दैनिक जस्तो टिपरले मोटरसाइकल चालकलाई ठक्कर दिँदै आएको छ । जेठ महिनामा मात्रै टिपरको ठक्करबाट चार जनाको ज्यान गइसकेको छ । साथै गत ११ महिनामा मात्रै टिपरेको ठक्करबाट ४० जनाको ज्यान गइसेको छ ।

सामान्य दुर्घटनामा हेलमेटको प्रयोगले आफुलाई सुरक्षित बनाउन सक्छ । महंगा हेवी मोटरसाइकल खरिद गर्ने तर हेलमेट खरिदमा भने रकम खर्च भएको जस्तो गर्ने मनासय राख्ने काम बन्द गर्नु पर्ने हुन्छ ।

थोरै मूल्यको कमसल हेलमेट किन्ने काम गर्नु भनेको आफु असुरक्षित हुन हो । हेलमेट प्रयोग गर्दा आफ्नो टाउकोको साइज अनुरुपको हुनुपर्छ । अहिले बजारमा बजारमा ५३ तथा ५४ सेन्टिमिटरको ‘एक्सट्रा स्मल’, ५५ तथा ५६ सेन्टिमिटरको ‘स्मल’, ५७ तथा ५८ सेन्टिमिटरको ‘मिडियम’ ५९ तथा ६० सेन्टिमिटरको ‘लार्ज’ र ६१ तथा ६२ सेन्टिमिटरको ‘एक्सट्रा लार्ज’ साइजका हेलमेट उपलब्ध छन् ।

सोही अनुसार आफ्नो टाउँको साइज अनुसारको हेलमेट खरिद गर्नुपर्छ । यसैगरी मोटरसाइकल चालकले मौसम तथा तापक्रम अनुसारको हेलमेट प्रयोग गर्नु उचित हुन्छ । गर्मीको मौसममा फूल हेलमेट भन्दा हाल्फ वा ओपन हेलमेटको प्रयोग ज्यादा मौसम अनुकुल मानिन्छ । यद्यपी सुरक्षाको हिसाबले हाल्फ भन्दा फुल हेलमेटको प्रयोग गर्नु राम्रो हो । यसैगरी हेलमेटको गुणस्तर, सवारी अनुसारको हेलमेटको प्रयोगले पनि आफुलाई केही मात्रामा भने पनि सुरक्षित बनाउन सक्छ । यसैगरी हेलमेटलाई सफा गर्ने बानी पनि गर्नुपर्छ । यसैगरी सकिन्छ भने लामो समयसम्म एउटै हेलमेट प्रयोग गर्नुहुँदैन ।


क्लिकमान्डु