बोल्दैमा रेल बन्दैन, १० तिर होइन एउटा आयोजना छनोट गरौंः इन्जिनियरद्वय पोखरेल र नेपालको बिचार



नेपाल जस्तो भौगोलिक अवस्था भएको देशलाई रेल्वे सेवा एउटा महत्वपूर्ण आवश्यकता हो । गएको पाँच वर्षमा नेपालमा ४० हजार ७७१वटा सडक दुर्घटना भएका छन् ।

र, करिब ९ हजार नेपालीले अनाहकमै ज्यान गुमाउनु परेको छ ।योभन्दा ठूलो संख्यामा मानिसहरु घाइते रअपांग भएका छन् । यसले के देखाउछ भने रोड पर फ्याटल्टी नेपाल विश्वको अग्रस्थानमा पर्दछ । सर्वप्रथम रेल्वे नेपालकोलागि सुरक्षित यातायातको माध्यम बन्न जरुरी छ , ताका हामी कसैले यात्रा गर्दा अनाहकमा ज्यान गुमाउन नपरोस् ।

रेल्वे नेटवर्क को निर्माण को कुरा गरिरहदा हामीले सबै भन्दा पहिले हाम्रो देश विकासको निम्ति गर्नुपर्ने महत्वपूर्ण कुराहरु (जस्तोजलविद्युत, रेल, यातायात, शिक्षा, स्वास्थ्य र प्रविधि, सडक आदि) लाई प्राथमिकताको आधारमा बर्गीकृत गर्न जरुरी छ ।यदि हामीले रेल्वे नेपालको अपरिहार्य आबश्यकता हो भनेर निस्कर्ष निकालौय भने त्यसपछि हामीले रेल सेवा कुन प्रायोजनको निम्ति (जस्तोमाल सामान ढुवानी, अथवा मास ट्रान्जिटको लागि) प्रयोग गर्ने भनेर निक्र्यौल गर्नु पर्यो ।

सत्य कुरा के हो भने नेपालको वर्तमान अर्थतन्त्रले हामी आफैले रेल्वे नेटवर्क निर्माण गछौँ भन्यो भने त्यो सुन्दर दिवा सपना हुन सक्छ ।

नेपाल जस्तै भौगोलिक संरचना भएका स्विजरल्याण्ड, पेरु, बोलिभिया र हाम्रै छिमेकी देश भारतका पहाडी प्रदेशहरु हिमान्चल, उत्तराखण्डलगायत जम्बुकश्मिरमा रेल्वे सेवा महत्वपूर्ण अंगको रुपमा स्थापित भएको छ । निश्चित रुपमा नेपाललाई समून्नत बनाउने अभियानमा यो एउटा कोशे ढुंगा हुन सक्छ । रेल्वे सर्बसुलभ, सुरक्षित र वातावरणमैत्री यातायातको रुपमा बिकास हुन सक्ने कुरालाई नकार्न सकिदैन ।

धेरैको बिचार भूकम्पको उच्च जोखिममा रहेको हुँदा नेपालमा रेलको विकास हुन नसक्ने भन्ने छ । नेपालको निम्ति छिमेकी देश चीनलेतिब्बतमा पुर्याएको रेल उदाहरण हुन सक्छ । अति नै जोखिमपूर्ण भौगोलिक बनावट र भूकम्प जाने संम्भावना हुँदाहुँदै पनि १९५६ किलोमिटर लामो रेल्वे नेटवर्क चीनमा निर्माण भएको छ । जसले चाहना हुने हो भने कुनै पनि कुरा हासिल गर्न सकिन्छ भन्ने कुराको पुष्टिगर्दछ । त्यसैले नेपालमा रेल्वे नेटवर्क स्थापना गर्न नसकिने भन्ने हुँदैन ।

संम्भावना हुँदा हुँदा हुँदै पनि नेपालमा रेल्वे नेटवर्क बनाउनका लागि ठूलो लगानी चाहिन्छ । रेल्वे संरचानाहरु बनाउदा सिमेसिक लोडिङ हेर्नुपर्ने हुन्छ । साथै टनेलहरु धेरै बनाउनुपर्ने ट्रायक इन्र्फमेशन स्ट्रेन्थिक गर्नुपर्ने रेटिनेङि वाल र अन्य अन्य प्रतिरोधान्मक उपायहरु अपनाउदा खर्चलाई बढाउछ ।

तर, सडक यातायातकोसंजाललाई रेल्वेबाट केही हदसम्म विस्थापित गर्न सकियो भने सडक निर्माण र मर्मतमा हुने खर्चलाई रेल्वेमा लगानी गर्न सकिने छ ।जसले केही मात्रामा आर्थिक भारलाई घटाउने छ ।

जापान बिश्वको सबैभन्दा बढी भुकम्प जाने देश हो । र, आज जापानमा दैनिक करोडौँ मानिसहरु रेलबाट यात्रा गर्दछन् । यस्तै टर्की, इन्डोनेसिया जस्ता भूकम्पका उच्च सम्भवना भएका देशहरुमा आज करोडौ मानिसले दैनिक रेल प्रयोग गर्दछन् ।

रेल्वेको सुरुवातदेखि अहिलेसम्म आइपुग्दा यसले प्रविधिको विकासमा ठूलो फड्को मारेको छ । अवश्य पनि प्रविधिहरु दिनानुदिन परिवर्तनहुदैछन् । तर मुख्य कुरा यसको फन्डामेन्टल ट्रयाक स्ट्रकचरमा त्यस्तो ठूलो परिवर्तन भएको छैन । बालस्टिटेड ट्रायक स्टक्चर मा जादा नेपाललाई सस्तो पर्छ ।

सिग्नलिङ, कन्ट्रोल सिस्टम रइनफरमेसन कम्युनिकेसन टेक्नोलोजीको एडेप्टाबिलिटीले गर्दा अटोमेटीक ट्रेन प्रोटेक्सन युरोपियन ट्रेन कन्ट्रोलसिस्टम,कम्युनिकेशन बेस्ड ट्रेन कन्ट्रोल मा जान सकियो भने सबैभन्दा राम्रो हुन्छ । उर्जाको कुरा गर्दा विद्युतीय रेल हुनुपर्छ ।

रेल्वे लिक बनाउन निकै महंगो हुन्छ । हाम्रो अर्थतन्त्रको आकार अहिले बल्ल ३० अर्ब अमेरिकी डलर पुगेको छ । सत्य कुरा के हो भने नेपालको वर्तमान अर्थतन्त्रले हामी आफैले रेल्वे नेटवर्क निर्माण गछौँ भन्यो भने त्यो सुन्दर दिवा सपना हुन सक्छ । सरकारले प्रथमत सबैठाउँमा रेल्वे, मोनो रेल बनाउनु भन्दा पनि संभावनाका बारेमा राम्रोसँग अध्ययन गरेर राष्ट्रिय रुपमा एउटा नमुना रेल्वे नेटवर्क निर्माण गर्न सकियो भने मात्र अन्य विकल्पको बारेमा बहस गर्न सकिन्छ ।

अहिले स्थानीय तहले पनि रेलको बनाउने कुरा गरेका छन् । यस्तै प्रदेश र केन्द्र सरकारले पनि रेल बनाउने कुरा गरेका छन् । नेपाली अर्थतन्त्रको आकार अनुसार रेल कहाँ बनाउने निर्णय गरेपछि त्यो केन्द्र सरकारले हेर्ने हो ।

अहिले जसरी रेल बनाउने चर्चा हरेक स्थानमा गरिएको छ, त्यो सम्भव हुँदैन ।उदाहरणका निम्ति पूर्वपश्चिम राजमार्गको समान्तर रुपमा जग्गा अधिग्रहण र वातावरण संरक्षण सजिलोभएकाले निर्माण प्रक्रिया सुरु गर्न सजिलो हुन सक्छ । साथै मर्मत सम्भारलाई पनि सजिलो हुन्छ । जसले पूर्व पश्चिम जोड्ने रेल्वे नेटवर्कको एउटा आधार स्थापना हुन्छ ।

जहासम्म व्यववस्थापनको कुरा त्यो आंशिक विदेशी सहयोगमा सरकारले पब्लिक प्राइभेटपार्टनरसिपको अवधारणालाई अगाडि बढाउन सक्छ । उदाहरणका लागि सरकारले काठमाडौंदेखि चितवनसम्म रेल्वे नेटवर्क बनाउदा ८०अर्ब रुपैयाँ लाग्छ भने ३० अर्ब रुपैयाँ बैदेशिक सहयोग, २० अर्ब नेपाल सरकार र ३० अर्ब रुपैयाँ जनताबाट उठाउन सक्छ ।

जसले गर्दाजनता पनि प्रत्यक्ष लाभान्वित हुनेछन् र प्रत्येक नेपालीले यस परियोजनामा गौरबको महशुस गर्नेछन् ।यस महत्वपूर्ण अभियानमाअन्तराष्ट्रिय क्षेत्रको आर्थिक र प्राविधिक सहयोग र संसार भर छरिएर रहेका नेपालीहरुले पनि महत्वपूर्ण योगदान पुर्याउन सक्छन् ।सरकारले विदेशी सहयोग जुटाउनमा महत्वपूर्ण नीति बनाउन आवश्यक छ, जसले गर्दा नेपालको रेल्वे नेटवर्क निर्माणको लागि कुनै पनिदेशसँग असमान सम्झौता गर्न नपरोस् ।

रेल्वे निर्माणको कुरा गर्दा आर्थिक लगानी मात्रै होइन, रेल्वे नेटवर्क निर्माणदेखि संचालनलाई चाहिने दक्ष जनशक्ति हामीसँग छैन ।त्यसलाई सरकारले कसरी पूर्ति गर्न सक्छ भन्ने विषय अत्यन्तै चासोको विषय हो । त्यसका अलावा रेल्वेलाई चाहिने ऊर्जा हामीले कहाँबाटल्याउने रु त्यसको बारेमा पनि गम्भिर छलफल हुन आवश्यक छ ।

३० अर्ब अमेरिकी डलरको अर्थतन्त्रको आकारलाई रेल्वेको निर्माणले ज्यादै नै महत्वपूर्ण योगदान गर्नेछ । यसले आन्तरिक, बाहय परिवर्तनर यात्रालाई मात्रै महज बनाउने होइन कि बिदेशी पर्यटकलाई पनि हिमाली रेलवे यात्राको लागि लोभ्याउन सक्छ, जसले गर्दा नेपालकोपर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हुनेछ ।अर्को महत्वपूर्ण उपलब्धी भनेको यसले हजारौ युवालाई रोजगारीको अवसर प्रदान गर्नेछ ।नेपाललाई समुन्नतिको दिशातर्फ अगाडि बढाउन सकारात्मक भूमिका खेल्ने छ ।

पोखरेल अष्ट्रेलियाको सिड्नी ट्रेन्समा बरिष्ठ इन्जिनियर पदमा कार्यरत छन् भने नेपाल सिड्नी रेलमा कन्ट्रोल सिस्टममा बरिष्ठ इन्जिनियर पदमा कार्यरत छन् ।


क्लिकमाण्डू